ख्वप कलेज : नगरपालिकाले सञ्चालन गरेको नमूना कलेज

भक्तपुर, १८ असोज - भक्तपुर नगरपालिकाद्धारा सञ्चालित भक्तपुरको एउटै कलेज हो, ख्वप कलेज । नयाँ समयसँगै नयाँ विषयहरुलाई ठाउँ दिंदै आएको यस कलेजले यस वर्षदेखि बी.बी.एम. (ब्याचलर अफ बिजनेश म्यानेजमेन्ट) विषयको पनि सुरुवाट गर्न लागिएको छ । यो विषय भक्तपुरमै पहिलोपटक हो ।

कलेजका प्राचार्य रुपक जोशीले त्रिभुवन विश्वविद्यालय अन्तगर्तका आंगिक (सरकारी) र सम्बन्धन प्राप्त (निजी तथा सामुदायिक) कलेजहरुमध्ये सबैभन्दा कम शुल्कमा पढाई सुरु गर्न लागिएको बताए । कलेजले सार्वजनिक गरे अनुसार बी.बी.एम. कार्यक्रमका लागि आठ सेमेष्टरमा कुल ३ लाख ४७ हजार शुल्क लाग्ने सार्वजनिक गरेको छ ।

“यो कलेज नगरपालिकाबाट सञ्चालित भएकोले सम्पूर्ण भौतिक संरचना नगरपालिका आफैंले गरिदिन्छ । कलेजले सञ्चालन खर्चका लागि मात्रै विद्यार्थीसँग शुल्क उठाउँछ । त्यसै हामीलाई सञ्चालन खर्च मात्रै उठे पुग्छ, नाफा चाहिंदैन । फेरि हामीलाई बी.बी.एम.को कार्यक्रम सञ्चालन गर्न थप भौतिक संरचना पनि आवश्यक छैन, कलेजको पहिलेकै भौतिक संरचनाबाट काम चलाउन सकिन्छ ।” प्रार्चायले आफ्नो तर्क राख्दै भनें ।

यस कलेजले कम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विभिन्न वर्षहरुमा कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय टप तथा गोल्ड मेडलिष्ट पनि हासिल गरिसकेका छन् ।

कक्षा दसैं पछाडिबाट मात्रै सुरु हुने कलेजले जनाएको छ । कक्षा सञ्चालनका लागि कलेजले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यालयबाट सम्बन्धन (स्वीकृति) प्राप्त गरिसकेको छ । स्वीकृति प्राप्त गरसँंगै यो वर्षदेखि बी.बी.एम.को पढाईका लागि भर्ना लिएको हो । यसअघि नै सम्बन्धन शुल्कका लागि आवश्यक १५ लाख रुपैयाँं कलेजले तिरिसककेको छ ।

कलेजमा स्नातक तहमै बीएड, बीबीएस, बीए, बीएएसडव्लू, बीएस्सी फिजिक्स, बीएस्सी इन्भारामेन्ट साइन्सलगायतका विषयमा पनि पढाई भइराखेका छन् । साथै स्नातकोतर तहमा पनि विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका विभिन्न विषयहरुमा पढाई भइराखेका छन् ।

१ वर्ष अगाडि हिना सुवाल