स्थानीय तहमा स्वास्थ्य निकाय आएपछि औषधि पर्याप्त

स्थानीय तहमार्फत सञ्चालित स्वास्थ्यचौकीबाट सुरक्षित मातृत्व सेवा, पोषण वृद्धि कार्यक्रम, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोग निवारणका लागि डट्स कार्यक्रम, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा, प्रयोगशाला परीक्षणजस्ता कार्यक्रम शुरु गरिएका छन् । धनसिंहपुर स्वास्थ्यचौकीका इञ्चार्ज शकुन्तला रोकायाले औषधि पर्याप्त भएपछि बिरामीसमेत बढेको बताउनुभयो । ‘‘विगतमा महिनामा चार सय जना सम्म बिरामी आउंँथे, हाल आठ सयसम्म पुग्न थालेका छन्’’ इञ्चार्ज रोकायाले भन्नुभयो, ‘‘ पर्याप्त औषधि, ल्याब सेवा जस्ता कार्य शुरु भएपछि बिरामी बढेका हुन् ।’’

६ महिना अगाडि