२९३ मध्ये अव्वल दर्जामा भक्तपुर नगरपालिका

भक्तपुर, भदौ २२ गते । २००८ सालमा सफाई कार्यालयको नामबाट सुरु भएको भक्तपुर नगरपालिकाको ६५ वर्षको इतिहासमा दक्षिण एशियामै नमूना योग्य नगर बन्न सफल भएको छ । यसको लागि विभिन्न आरोह अवरोह भने सहनु प¥यो । बारम्बार नगर पंचायत समिति समेत विघटन गर्ने धम्कीका बाबजुद केन्द्रीय सरकार भन्दा अगाडि रहेर यो नगरपालिकाले काम गर्ने गरेको पाइन्छ ।२०४५ सालमा आएर राज्य स्तरबाट रचेको भक्तपुर काण्डको बेला त यो नगर पंचायतलाई केन्द्रीय सरकार श्री ५ को सरकारले विघटन नै गरिदियो । त्यसको निकै धेरै कारण थिए । त्यस मध्ये यहाँ दुई तीन कुरालाई अगाडि सार्न सकिन्छ ।


१) पारदर्शी र शिक्षा क्षेत्रमा अग्रज ः तत्कालीन श्री ५ को सरकारले प्राथमिक तहसम्म निःशुल्क शिक्षा लागू गर्नु भन्दा पूर्व नै भक्तपुर नगर पंचायत भित्र निर्वाचित २०३९ सालका जनप्रतिनिधिहरुले कक्षा ४ सम्म निःशुल्क शिक्षा प्रदान गरेको थियो ।त्यसको लागि नगर पंचायत बोर्डका सदस्य आफ्नो तलब समेत नलिई काम गरेको कुरा तत्कालीन प्रधानपंच ज्ञान बहादुर न्याइच्याईले बारम्बार बताउनु हुन्थ्यो । हुन पनि प्रतिक्रियावादी भन्दा प्रतिक्रियावादी संघ संस्थामा पसेर जनताको सेवा गर्नु पर्दछ भन्ने लेनिनवादी नीति अनुरुप नै तत्कालीन नेपाल मजदुर किसान संगठनसंग आवद्ध नेता र कार्यकर्ताहरु पंचायती व्यवस्था भित्र प्रवेश गरी जनताको सेवामा लागेका थिए । ‘पंचायत’ नामबाट प्रकाशित त्यो बेलाको नगर पंचायतको मुखपत्रमा पनि कभर पेजमै रंगीन रुपमा माक्र्स, लेनिन, स्टालिन र माओ त्सेतुङका फोटोहरु छाप्थे । पंचायती व्यवस्थाको बिरोध गरी रचना गरेका अभिब्यक्तिहरु ‘पंचायत’ मा प्रकाशित गर्ने गरेको थियो ।




२) ३० वर्ष अगाडिसम्म भक्तपुर शहर देशकै फोहर शहरको रुपमा चिनिन्थ्यो । तर जब नेपाल मजदुर किसान संगठनमा आवद्ध नेताहरु पंचायती निर्वाचन मार्फत् जनताको सेवा गर्ने उद्देश्य राखी निर्वाचित भए, तब एक जातिले मात्रै सफाई गर्नु पर्छ भन्ने धारणा अन्त्य भयो । एक समय भक्तपुर लगायत उपत्यका भित्र सबै जसो स्थानमा तल्लो जाति भनिएको पोडेहरुले मात्रै सफाईका काम गर्दथे । त्यसको खिलापमा एक दरो भावनाले ओतप्रोत भएर नेपाल मजदुर किसान संगठनका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले टोल टोलमा ज्याापु समुदायबाट पनि सफाई मजदुर नियुक्त गर्न थाले । काम गर्न सजिलो थिएन । वडा अध्यक्ष आफै अगाडि बसी सफाई मजदुरहरुलाई बाहिर ल्याएर काम गराउँथे ।

त्यसको प्रतिरोध र घोर बिरोध पनि भयो । कतिपय सफाई मजदुरहरुलाई भाई टिकाको बखत पूजा गर्न वा भाईटिका गर्न पनि दिदीहरु आएनन । भिनाजु सफाई मजदुर भएको कारण दिदी आफ्नो भाईको भाईटिकामा आएको बखत आफ्नो आगनमा प्रवेश गर्न दिएनन् । त्यो एक हिसावले वर्ग संघर्ष जस्तै देखा प¥यो । तर पछि संगठनको तर्फबाट नाटक, कथा लगायत सार्वजनिक समारोहहरुमा काम प्रति माया मोह हुनुपर्ने धारणा अगाडि सारी सफाई अभियान चलाएपछि २०४२ सालमा सुरु भएको सफाई अभियान आजसम्म निरन्तर कायम रहेको छ । त्यो पनि एक हिसावले पंचायती व्यवस्थाले नगरेको काम नेपाल मजदुर किसान संगठनका अग्रहजहरुले गरेको उदाहरणको रुपमा लिन सकिन्छ ।



यस प्रकार सफाईमा हाल दक्षिण एशियाकै नमूना योग्य नगर भक्तपुर बनेको छ । २०५४ सालको स्थानीय निर्वाचन ताका नगर प्रमुुख प्रेम सुवालले नमूना नगर बनाउने घोषणा गर्नु भएको थियो । अन्तिममा उनले आफ्नो कार्यकाल मै संयुक्त राष्ट्र संघीय विज्ञान तथा शैक्षिक संस्था युनेस्कोको तर्फबाट दक्षिण एशियाकै सफा नगरको उपाधि पाए । ट्रान्सपरेन्सी इन्टनेशनलले यो नगरलाई ‘सदाचारको टापू’ को परिभाषा दिएर उपाधि प्रदान गरेको छ । २०२५ साल श्रावण २ गते र २०२६ साल असार १९ गते भक्तपुरमा भ्रष्ट व्यक्तिहरुलाई उल्टो टोपी लगाएर जनता आफै सडकमा उत्रेर सजायँ गरेको भ्रष्टाचार बिरोधी दिवस मनाउने नगर भक्तपुर नगर मात्रै छ । त्यसैले त गत वर्ष नेपाल मजदुर किसान पार्टीले उक्त नगरमा मेयर, उपमेयर सहित सम्पूर्ण वडामा अत्यधिक बहुमतले विजय हासिल ग¥यो । नेपालमा भक्तपुर नगर मात्रै त्यो नगर हो जहाँ एउटै दल नेमकिपाले सम्पूर्ण सिट ‘क्लिन स्वीप’ गर्न सफल भयो । पारदर्शी र पंचायत कालदेखि नै शिक्षा र स्वास्थ्य क्षेत्रमा अगाडि देखा परेको यो नगरपालिकाले हाल विश्वविद्यालयको धारणा अगाडि बढाएर विधेयक तयार पारी सदनमा दर्ता गरिसकेको छ । २०३९ सालदेखि कक्षा ४ सम्म निःशुल्क शिक्षा दिएपछि पंचायतले पनि पछि ४ कक्षासम्म निःशुल्क ग¥यो । पंचायती व्यवस्थाले ४ कक्षासम्म निःशुल्क गर्दा भक्तपुर नगर पंचायतले ७ कक्षासम्म पाठ्यक्रम र पोशाक समेत दिएर निःशुल्क गरिदियो । साथै पंचायती व्यवस्थाले ७ कक्षासम्म निःशुल्क गर्दा भक्तपुर नगर पंचायतले १० कक्षासम्म निःशुल्क गरेको थियो । अहिले कक्षा १० सम्म देशभर निःशुल्क गरेको बखत भक्तपुर नगरपालिकाले उच्च शिक्षा सञ्चालन गरी विज्ञान, व्यवस्थापन, मानविकी तथा अन्य संकायको सञ्चालन मात्रै होइन कि ख्वप विश्वविद्यालय स्थापनाको लागि पहल अगाडि बढिसकेको छ । शिक्षा स्थानीय स्तरलाई दिनुपर्छ भनी माग अगाडि सारेर आफ्नो तर्फबाट २०५४ सालदेखि उच्च मावि, कलेज सञ्चालन गरी सुरु गरेको शिक्षा अभियान अन्तर्गत हाल विश्वविद्यालय सम्मको धारणा अगाडि सारिरहेको मेयर सुनिल प्रजापतिले बताउँछन् ।



यस्तो नमूना योग्य भक्तपुर नगरपालिकाले हाल १५० जना किसान समुदायकै सफाई मजदुरहरु नियुक्त गरी निरन्तर सफाई अभियानलाई सञ्चालन गरिरहेको छ । त्यसैगरी ७ वटा संकायमा ४००० विद्यार्थी देशका सबैजसो जिल्लाबाट भर्ना लिएर शिक्षाको ज्योति फैलाउने काम गरिरहेको छ । त्यसैगरी ख्वप अस्पताल सुरु गरिसकेको छ भने ख्वप विश्वविद्यालयको अवधारणा अनुरुप काम अगाडि बढाइरहेको अवस्था छ । साथै निकट भविष्यमै ख्वप टेलिभिजन, ख्वप एफ. एम. र ख्वप टाइम्स दैनिक पत्रिका निकाल्ने जस्तो लक्ष्य लिएर अगाडि बढिरहेको अवस्था छ । भक्तपुर नगरपालिकालाई पारदर्शी र सफाईको क्षेत्रमा नमूना बनाउन यो भन्दा अगाडिका मेयर ज्ञानबहादुर न्याइच्याई, आशाकाजी बासुकला र प्रेम सुवालले जस्तै मेयर सुनिल प्रजापतिले पनि अझ आफै मासिक दुई पल्ट १ गते र १५ गते सांस्कृतिक स्थलहरुमा सफाई अभियान सञ्चालन गरी आफै सरिक भएर थप समृद्धिमा ध्यान पु¥याइरहेको देखिन्छ ।

१ वर्ष अगाडि ७६१ खवर डटकम