२०७७ फाल्गुण १० सोमबार, खत्याड गाउँपालिका(मुगु)‘ढुङ्गा खोज्दा देवता मिल्यो’ भने झैँ खत्याड गाउँपालिका–१० मुगु निवासी २९ वर्षीया निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जु¥यो । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिनअघि हवाईजहाजबाट नेपालगञ्ज जान उहाँ बाजुराको कोल्टी विमानस्थल पुग्नुभयो । खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकाले चँदारा कोल्टी पुग्नुको विकल्प थिएन ।नेपालगञ्ज उड्नका लागि विमानस्थलमा पुगेकी उहाँलाई हवाईजहाज चढ्न त्यहाँका कर्मचारीले चिकित्सकको सिफारिस अनिवार्य चाहिने कुरा गरे । च्यापिरहेको पीडा सहन गर्दै उहाँ कोल्टी विमानस्थल नजीक रहेको बूढीनन्दा नगरपालिकाको प्राथमिक उपचार केन्द्र पुग्नुभयो र त्यहाँको चिकित्सकसँग नेपालगञ्ज जानका लागि सिफारिस दिन अनुरोध गर्नुभयो । संयोगवशः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एनेस्थेसिया विशेषज्ञ डा अर्जुनप्रसाद तिवारीको नेतृत्वमा बालरोग विशेषज्ञ डा नम्रता सिन्दान र स्त्रीरोग विशेष अनुभव प्राप्त डा दिलसाही रोकाको टोली केन्द्रमै पुगेको थियो । सिफारिस लिन आएकी चँदारालाई देख्नेबित्तिकै चिकित्सक टोलीले परिचयसहित उहाँको समस्याबारे जानकारी लियो ।चिकित्सक टोलीले सिफारिस लिन आएकी चँदाराको प्रारम्भिक अवस्था बुझ्नाका साथै केही बेरसम्मको संवादपछि उहाँलाई त्यही प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सकिने कुरा राख्यो । सिफारिस लिएर जतिसक्दो छिटो नेपालगञ्जको फ्लाइट भेटाउने ध्याउन्नमा रहेकी उहाँ (चँदारा)लाई भने केही शङ्का र अलि अप्ठ्यारो लागिरहेको थियो । उहाँलाई विश्वस्त बनाउन चिकित्सक टोली सफल भयो । “केन्द्रमा उहाँलाई त्यतिबेला नै जाँचपड्ताल ग¥यौँ । बच्चा ९ट्रान्सभर्सलाई० उल्टो अवस्थामा रहेछ”, डा तिवारीले भन्नुभयो, “आमा र बच्चा दुबैको ज्यान खतरामा भएकाले चँदारा र उहाँको आफन्तलाई राजी बनाएर तत्काल हामी शल्यक्रिया गर्ने निधोमा पुग्यौँ । साधनस्रोतको अभावमा उपचार केन्द्रमा शल्यक्रिया गर्न भने निकै चुनौतीपूर्ण थियो ।”उहाँले अगाडि भन्नुभयो, “स्थानीय साधनस्रोत र केही आफूले बोकेको उपकरणको सहयोगबाट सिजेरियन सेक्शन ९सिएस० ग¥यौँ । शल्यक्रिया सफल भयो । सुत्केरी गराउँदा (बर्थ एस्फाजिया) अर्थात् बच्चाले आफ्नो दिसा आफैँले खाएको थियो । त्यसको सबै व्यवस्थापन गरियो ।” अहिले भने बच्चा र आमाको अवस्था सामान्य रहेको एनेस्थेसिया डा तिवारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठान जुम्लाको डा टोलीका सदस्यका साथै बूढीनन्दा नगरपालिकाको प्राथमिक उपचार केन्द्रमा कार्यरत स्टाफ नर्स मुना देवकोटा, अनमी त्रय चन्दाकुमारी दानी, दाना जोशी र मनिषा रसाइलीसहितका स्वास्थ्यकर्मीको अथक प्रयासबाट आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिएको हो ।बूढीनन्दा नगरपालिका कोल्टी बाजुराको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा राजुराज जैसीले कोल्टीमा गरिएको शल्यक्रिया शाखामा पहिलोपटक शल्यक्रिया भएको राससलाई जानकारी दिनुभयो । “यसअघिका सबै जटिल खालका बिरामी हामीले नेपालगञ्ज नै सिफारिस गर्ने गथ्र्यौं”, मेडिकल अधिकृत डा जैसीले भन्नुभयो, “यतिबेला प्रतिष्ठान जुम्लाको चिकित्सक टोलीले ठूलो सहयोग गरेको छ ।”यस ऐतिहासिक सफलतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ठूलो हात रहेको बताउँदै उहाँले यो संयोगले मातृशिशुको ज्यान मात्र नभएर लाखौँको खर्च पनि जोगिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि हामीले जटिल खालका बिरामीको उपचारका हेलिकोप्टर मगाउने र हवाईजहाजमा पठाउने गथ्र्यौं । भाग्यवशः यतिबेला निर्मलालाई ठूलो राहत मिलेको छ ।” केन्द्रमै कार्यरत आफ्नै चारजना गर्भवती कर्मचारीलाई समेत नेपालगञ्ज पठाएको मेडिकल अधिकृत जैसीले सबै खाले स्वास्थ्य उपचार सेवा अभावले विकट क्षेत्रका नागरिकलाई महँगो खर्चले गरिबीतर्फ धकेल्न बाध्य बनाएको प्रतिक्रिया दिनुभयो ।