भ्रमण वर्ष र सगरमाथा सम्बाद स्थगित
भक्तपुर, १९ फागुन - कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए ।
सगरमाथा सम्बाद स्थगित
सरकारले पहिलोपटक अन्तर्रा्ष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ स्थगित गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सगरमाथा संवाद सचिवालयका पदाधिकारीसँग भेटवार्ता गर्दै यस विषयमा छलफल गरेका थिए । मन्त्रालयले चैत २० देखि २२ सम्म काठमाडौंमा आयोजना गर्न लागेको संवादमा करिब १ सय ५० विदेशीसहित २ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको थियो ।
१० महिना अगाडि