जुवाखालबाट हाम फाल्दा दुईको मृत्यु

१ वर्ष अगाडि



साँखु, काठमाडौँ, २० असोज ः कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ ।
काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा स्थानीय ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक भोटेचौर निवासी सुमन लामाको मृत्यु भएको हो ।

प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई पक्राउ गर्नाका साथै रु चार लाख ५८ हजार र केही थान सुनका गरगहना बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो । उक्त स्थानबाट केही खुकुरी र मोटरसाइकलका साथै जुवा खेलाउन प्रयोग गरिने केही सामग्री समेत बरामद गरिएको छ ।रासस