८७ स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक

१ वर्ष अगाडि ७६१ खबर

काठमाडौं, १९ असोज देशभर अहिले ७५३ वटा स्थानीय तह छन् । देशको पुर्नसंरचना भएपछि निर्धारण भएका यी स्थानीय तहमा अनिवार्य बैंकिङ पहुँच पुर्याउन सरकारको नीति थियो ।

सोही अनुसार ‘क’ बर्गका बैंकलाई शाखा विस्तारगरि ती स्थानीय तहमा जान नेपाल राष्ट्र बैंकले निर्देशन दियो । तर, अहिले पनि मुलुकका ७५३ स्थानीय तहमध्ये ८० भन्दावढी स्थानीय तहमा बैक पुग्न सकेका छैनन् । वाणिज्य बैंकलाई राष्ट्र बैंकले दिएको निर्देशन अनुसार अहिले पनि सबै स्थानीय तहमा उनीहरु जान नसकेका हुन् ।

बैंकहरुले भौतिक कठिनाई, सुरक्षाको अभाव, सञ्चार प्रविधी लगायतलाई जान नसक्नुको कारण देखाएका छन् । बैंकहरुको यो समस्याकै कारण अहिले पनि ८७ स्थानीय तहमा बाणिज्य बैंक पुग्न सकेका छैनन् ।

अहिलेसम्म प्रदेश १ का १३७ स्थानीय तहमध्ये ११८, प्रदेश २ का १३६ स्थानीय तहमध्ये १३०, प्रदेश ३ का ११९ स्थानीय तहमध्ये १०८, प्रदेश ४ का ८५ स्थानीय तहमध्ये ८०, प्रदेश ५ का १०९ मध्ये १०६, प्रदेश ६ का ७९ वटा स्थानीय तहमध्ये ५९ र प्रदेश ७ का ८८ मध्ये ६५ मा वाणिज्य बैंकका शाखा पुगेका छन् ।