पानीको अभावमा तुम्बेवाका दुई वडा बस्तीविहीन बन्दै

११ महिना अगाडि ७६१ खबर डटकम

पाँचथर, १८ असोज । पिउने पानीको चरम अभाव खेप्न नसकेपछि पूर्वी नेपालको एक पहाडी जिल्लाको स्थानीय तहका वडा बस्ती विहीन हुने अवस्थामा पुगेका छन् ।

बर्षौदेखि पिउने पानीको अभाव खेप्दै आएका सर्वसाधारण भएका पानीका मूल पनि सुक्न थालेकाले अन्यत्र बसाँईसरी जानेक्रम तिव्र भएपछि एउटा स्थानीय तहका केही वडानै खाली हुने अवस्थामा पुगेका हुन् ।

यो समस्या पूर्वी नेपालको पाँचथर स्थित तुम्बेवा गाउँपालिकाको हो । यो गाउँपालिकाका सर्वसाधारणले २० औं बर्षदेखि पिउने पानिीका लागि कष्ट खेप्दै आएका थिए । एक गाग्री पानीका लागि घण्टौ समय विताउनुपर्ने वाध्यता रहेका उनीहरु अहिले त एक गाग्री पानी लिन पनि खेताला राख्नुपर्ने अवस्थामा पुगेका हुन् ।

पानीको समस्या निराकरणका लागि दिर्घकालिन योजना बन्ने तयारी भएपनि समस्इा समाधान हुने अवस्था नदेखेकाले गाउँपालिकाका २ वटा वडाका सर्वसाधारण बँसाई सरी अन्यत्र गएका हुन् । तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश बस्ती अहिले खाली नै भएका छन् ।
यहाँवाट अहिले जिल्ला सदरमुकाम फिदिम, झापा, धरान, दमक लगायतका स्थानमा बसाईसरी गएपछि बस्ती खाली भएका छन् ।

तुम्बेवा १ का नेत्रबहादुर तामाङ पानी अभावले काकाकुल बन्नु परेकाले नै बसाइँ सरेको बताउँछन् ।
तुम्बेवाको आहाले, चनौटे, लुमाङदिङ, आम्बोटे, माखिम, रातमाटे, थेपाङ, सोभारा, चुवाडे, मेवा, भर्लेनी, तिल्केनी लगायतका गाउँमा पानीको समस्या अधिक छ ।