बर्दघाट नगरपालिका मेयरले क्यान्सर पीडितलाई सहयोग गरे

१ वर्ष अगाडि नारायण कुवँर

नवलपरासी ३ असोज। रक्त क्यान्सरका कारण भरतपुर क्यान्सर अस्पतालको शैयामा जीवन मरणको दोसाँधमा छट्पटाईरहेका बर्दघाट नगरपालिका वडा नम्बर ४ का प्रेम जैसीलाई बर्दघाट नगरपालिकाका मेयर धिरज शर्माले २५ हजार सहयोग गरेका छन् । शर्माले मंगलबार अस्पतालमै पुगेर जैसीकी श्रीमती दानकुमारी जैसीलाई सहयोग बापत २५ हजारको चेक हस्तान्तरण गरेका थिए । शर्माले विरामीको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालका डाक्टरहरु संँग समेत जानकारी लिएका थिए । प्रेम जैसी विगत ६ बर्ष देखि रक्त क्यान्सबाट पीडित रहेका छन ।

क्यान्सर अस्पतालमा उपचार गरिरहेका जैसीको लागि अस्पतालले तत्काल २५ लाख खर्च लाग्ने बताएपछि परिवारमा कसरी आर्थिक सहयोग जुटाउने भन्ने चिन्ता छाएको छ । अस्पतालको सैयामा जीवन मरणको दोसांधमा छट्पटाइरहेका जैसीले आफूलाई बचाईदिन सवैसंग आग्रह समेत गरेका छन ।