आमचोक गाउँपालिका अब चिया व्यवसायिक खेतीतर्फ

१ वर्ष अगाडि ७६१ खवर

काठमाडौं, ३१ भदौ । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले अबको ५ वर्ष भित्र आम्दानीको मुख्य श्रोत चिया तथा कफी उत्पादनबाट गर्ने लक्ष्य लिएको छ । स्थानीय तहको निर्वाचनसँग जनप्रतिनिधि आप्mना गाउँ नगरलाई परिचय तथा आत्मनिर्भर बनाउन लागि परेको उदाहारण हो आमचोक गाउँपालिका । गत आर्थिक वर्ष २०७४।७५ बाट नै चिया तथा कफीका लागि गाउँपालिकाले काम सुरु गरिसकेको छ । चिसो मौसमको आमचोक चिया तथा कफी उत्पादनका लागि मौसम अनुकुल रहेको विज्ञको प्रतिवेदन पछि काम सुरु गरिएको गाउँपालिकाका सूचना अधिकारी नविन श्रेष्ठले ७६१ खबरसँगको टेलिफोन कुराकानीमा जानकारी दिए । सूचना अधिकारी श्रेष्ठका अनुसार आ.व. २०७४।७५ को गाउँपालिकाको बजेटबाट चिया तथा कफी उत्पादनलाई सुरु गरिएको हो । लगभग ५२० रोपनी (४० विघा) क्षेत्रमा चियाका विरुवा रोपिएको जानकारी दिए । उनका अनुसार सार्वजानिक जग्गामा गाउँपालिकाको पहलमा स्थापना भएको सामुदायिक उपभोक्ता समितिमार्फत चिया खेति सुरु गरेको हो । सामुदायिक चिया तथा कफी सुरु गरेपछि आमचोकबासीको जीवनस्तरमा परिवर्तन आउने आसा गाउँपालिकाले लिएको छ । निजी क्षेत्रले पनि चिया तथा कफी खेती गर्न चाहेमा उचित सल्लाह तथा परामर्शको साथै निःशुल्क विरुवा प्रदान गर्ने नीति गाउँपालिकाको रहेको छ । आमचोकबासीको आत्मनिर्भरतालाई चिया तथा कफीको व्यावसायिक खेतीले मद्दत पुग्ने कुरामा गाउँपालिका ढुक्क छ । रानीटारमा सडक पुल नबन्दा सडक सञ्जाल भएर पनि टाडा तथा घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् आमचोकबासी । रानीटारको झोलुंगे पुलबाट यात्रा गरि आवतजावत गरिन्छ । यदि रानीटारमा सडक पुल बन्ने हो भने आमचोकबासीलाई निक्कै सुविधा हुने कुरामा जोड दिए सूचना अधिकारी श्रेष्ठले । रानीटारमा मोटरेवल पुलको निर्माण हुने हो भने चिया तथा कफीको व्यावसायिक खेतीका लागि पनि निक्कै सहजता हुने थियो । साथै अन्य विकास निर्माण तथा दैनिक कामकाजका लागि पनि यो सडक सञ्जाल उपयोगी हुने थियो । फरक प्रसंगमा सूचना अधिकारी श्रेष्ठले गाउँपालिकाको केन्द्रमा इन्टरनेटको सेवा उपलब्ध भएको तर अन्य वडा कार्यालयहरुमा इन्टरनेटको सेवा नभएको जानकारी दिए । साथै उनले अबको आर्थिक वर्षमा सबै वडाहरुमा पनि इन्टरनेट सेवा पुर्याउन बजेट विनियोज गरेको र ५ वर्षभित्र गाउँपालिकालाई पेपर लेस बनाउने योजना रहेको पनि बताए ।