१३औं नाडा अटो शो : कुन गाडी कति मूल्यका ?

११ महिना अगाडि ७६१ खवर डटकम

काठमाडौं, २९ भदौ । राजधानीको भृकुटीमण्डपमा गत मंगलबारवाट नाडा अटो शो चलिरहेको छ । नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसनको आयोजनामा भएको यो गाडी मेलामा विभिन्न कम्पनीका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीका साधन प्रदर्शनीमा छन् ।

योे मेलामा थुप्रै कम्पनीले आफ्ना उत्पादनका पछिल्ला सस्करण पस्केका छन् । त्यसमा पनि विभिन्न छुटसहित वुकिङको व्यवस्था गरिएको छ । आयोजकका अनुसार यो मेलामा थुप्रै छुट सहितका गाडीहरु बुकिङ भइरहेका छन् ।

भदौ ३१ गतेसम्म चल्ने यो १३ औं नाडा अटोशोमा यसपटक पनि विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन प्रदर्शनीमा छन् । आयोजकका अनुसार यो पटक मेलामा १९ वटा चार पाङ्ग्रे र २० वटा दुई पाङ्ग्रे सवारी साधहनको सहभागिता रहेको छ । यो सँगै सवारी सम्वन्धी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका स्टल पनि मेलामा राखिएका छन् । विभिन्न ७१ कम्पनी सहभागि मेलामा १ सय ३४ वटा स्टल छन् ।

मेलामा विभिन्न अफर समेत चलिरहेका छन् । यस पटकको यो मेलामा कुन कुन कम्पनीका कस्ता गाडी कति मूल्यमा वुकिङ गर्न सकिन्छ भन्ने आम सवारी पारखीको जिज्ञासा रहन्छ । हेर्नुहोस कुन कम्पनकिो गाडीको मुल्य कति छ ।