विराटनगर, ३० असार - प्रदेश १ सरकारले बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ दिने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले मृतक परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।प्रदेश सरकारले बाढीपहिरोवाट घाइते भएकाको सरकारी अस्प्तालमा निःशुल्क उपचार गरिने र नीजि अस्पतालमा ५० हजार रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने निर्णय गरिएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार विपतमा परेकालाई १ लाखसम्मको आर्थिक सहयोग गर्ने कार्यविधि भएको भए पनि मन्त्रिपरिषद्को बैठकबाट थप एक लाख दिने निर्णय भएको हो । बाढीपहिरोका कारण प्रदेश १ मा १९ जनाको मृत्यु भइसकेको छ।