सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

३ महिना अगाडि

  • काठमाडौं,१६ जेठ – सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभएको छ ।आगामी आर्थिक वर्षदेखि सरकारले सात वटै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ ।

  • बजेट वक्तव्यमार्फत मन्त्री खतिवडाले सातै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग ‘चार्ज स्टेसन’राख्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । यात्रुले सार्वजनिक यातायातका साधन प्रयोग गर्दा शुल्क तिर्नका निम्ति विद्युत्तीय कार्डको व्यवस्था गरिने जानकारी छ ।

  • तयस्तै बजेटमा, तोकिएको समयमा यात्रा शुरु गरी तोकिएकै समयमा गन्तव्यमा पुग्ने योजना सुनिश्चित गरिने उल्लेख गरिएकोछ ।

  • सथै सार्वजनिक यातायात व्यवस्थापनका लागि जिपिएस प्रविधिको प्रयोग गरी सार्वजनिक सवारी साधनको अनलाइन स्थिति अनुगमन गरिने जानकारी छ । सार्वजनिक सवारी साधनको प्रभावकारी व्यवस्थापन गर्न मुलुकका प्रमुख शहरमा सार्वजनिक निजी साझेदारीमा बसपार्क र पार्किङस्थल निर्माण अगाडि बढाइने जानकारी छ ।

  • सरकारले काठमाडौँ उपत्यका र सातै प्रदेशका प्रमुख शहर र आसपासका क्षेत्रमा नेपाल सरकार,प्रदेश र स्थानीय तह एवं निजी क्षेत्र समेतको सहभागितामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने बजेटमा उल्लेख गरिएको छ ।

  • सरकारले आगामी आवमा यातायात व्यवस्थापन शीर्षकमा रु एक अर्ब ५३ करोड विनियोजन गरेको छ ।