काठमाडौं, तनहुँको बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि सर्वसाधारणले रु पाँच करोड ६० लाख मूल्य बराबरको जग्गादान गरेका छन् । वडा कार्यालयको भवन निर्माणका लागि बन्दीपुर गाउँपालिका र कास्की जिल्ला निवासी सर्वसाधारणले चार रोपनी जग्गादान गरेका हुन् ।बन्दीपुर गाउँपालिका–१ निवासी कृष्णराज अधिकारी, सुनिलबहादुर अधिकारी, अन्नपूर्ण गाउँपालिका–११ निवासी कुलप्रसाद गुरुङ, कृष्णकुमारी गुरुङ, पोखरा महानगरपालिका–७ निवासी मोहनकुमारी कटुवाल, पोखरा महानगरपालिका–१८ निवासी दुर्गादेवी थापा, पोखरा महानगरपालिका–१२ निवासी हेमबहादुर थापा र पोखरा महानगरपालिका–७ निवासी वसन्त कटुवालले जग्गादान गरेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो ।राससका अनुसार पृथ्वी राजमार्गसँगै जोडिएको रिमाल्नीको जग्गाको मूल्य प्रतिरोपनी रु एक करोड ४० लाख रहेको छ । भाडाको घरमा सञ्चालन हुँदै आएको वडाको भवन निर्माणका लागि जग्गा खोज्ने क्रममा सर्वसाधारणले जग्गा उपलब्ध गराएको वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।उक्त जग्गामा वडा कार्यालयको भवन निर्माण शुरु भइसकेको छ । जिल्ला समन्वय समिति तनहुँ र गाउँपालिकाको रु ८८ लाखको लागतमा भवन निर्माण शुरु गरिएको हो ।बन्दीपुर गाउँपालिका सबै वडा कार्यालयको भवन निर्माण गर्न जुटेको छ । भवन निर्माणका लागि जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त हुनासाथ भवन निर्माण थालिने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । उहाँका