धनगढी २२ चैत्र– विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले शिक्षा शाखाका कर्मचारी र शिक्षकहरुलाई निर्देशन दिएका छन् ।शुक्रवार धनगढी उप–महानगरपालिकाको शिक्षा शाखाले विद्यार्थी भर्ना अभियानका लगि गरेको सरोकारवालाहरु संगको छलफल कार्यक्रममा यस्तो निर्देशन दिएका हुन् । नगरप्रमुख वडले घरघरमा पुगेर भएपछि विद्यालय बाहिर रहेका विद्यालय उमेरका वालबालिकालाई भर्ना गर्न आग्रह गरे ।अहिले पनि नगरक्षेत्रमै थुप्रै बालबालबालिकाहरु विद्यालय बाहिर रहेका छन् नगरप्रमुख वडले भने, ‘भर्ना अभियानलाई औपचारिकतामा मात्रै सिमित नबनाउनु होला ।’ भर्ना अभियान कस्तो भैरहेको छ भन्ने बारेमा नियमित अनुगमन गर्न शिक्षा शाखाका कर्मचारी र श्रोत ब्यक्तिहरुलाई निर्देशन दिए । विद्यार्थी भर्ना अभियानमा समुदाय संग समन्वय गरेर सफल पार्नुहोला नगरप्रमुख वडले भने, ‘म आफै पनि प्रभावकारीता बुझ्न बस्तीमा पुग्छु ।’नगरप्रमुख वडले शिक्षाको गुणस्तरता अहिले आवश्यकता भएको बताए । ‘शिक्षक सेवा पास गरेर आएका ब्यक्ति यहाँहरु हो’ नगरप्रमुख वडले भने, तपाईहरुलाई निजी विद्यालयले चुनौती दिएका छन् । यही अवस्था रहेमा सामुदायीक विद्यालयका शिक्षकलाई आफ्नो अस्थीत्व बचाउन समस्या हुने नगरप्रमुख वडले बताए ।सुदूर डेलीका अनुसार धनगढी उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख बिरबहादुर नेपालीले बैशाख २ गते देखि १६ गतेसम्म भर्ना अभियान चल्ने बताए । धनगढी उप–महानगरपालिका भित्र ७३ वटा विद्यालय छन् ।