ओखलढुङ्गा, २८ माघ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई नमूना प्रदेश बनाउने बताउनुभएको छ । ओखलढुङ्गाको वर्णालुमा आईतबार रुम्जाटार अटो मोबाइल्सले सञ्चालन गरेको महेन्द्र कम्पनीको शोरुम उद्घाटन गर्दै मुख्यमन्त्री राईले निजी क्षेत्रलाई नाफा मनाउने मात्र नभई मुलुक निर्माणमा पनि भूमिका खेल्न आग्रह गर्नुभयो ।कार्यक्रममा ओखलढुङ्गाका प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ र सोलुखुम्बुका प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले प्रदेश १ नं को नाम सगरमाथा राख्न आग्रह गर्नुभयो । रासस