सुदूरपश्चिम प्रदेश : नागरिक सहायताका लागि कार्यविधि स्वीकृत

१० महिना अगाडि ७६१ खबर

धनगढी, ६ माघ - सुदूरपश्चिम प्रदेश सरकारले भारतसँग जोडिएका केही सीमा नाकामा नागरिक सहायता कक्ष सञ्चालनका लागि बनेको कार्यविधि स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यविधिलाई स्वीकृति दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता मानसिं बिष्टले जानकारी दिनुभयो । पहिलो चरणमा प्रदेश सरकारले कञ्चनपुरको गड्डा चौकी र कैलालीको त्रिनगर चौकीमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।

बैठकले कैलालीको मलाखेती अस्पताल, जोगबुढा अस्पताल, दार्चुला अस्पतालसहित चार वटा अस्पतालको स्तरोन्नति गर्नेलगायत निर्णय गरेको छ । रासस