काठमाडौं – सरकारले हालै मात्र देशभरका ७५३ स्थानीय तहलाई विभिन्न मापदण्डका आधारमा ४ वर्गमा बर्गीकरण गरेको छ । स्थानीय तहको विकासका लागि योजना निमार्णमा समेत सहज हुने भन्दै सरकारले गरेको स्थानीय तहको वर्गीकरण अनुसार देशकै राजधानी रहेको काठमाडौंका स्थानीय तह र हिमाली जिल्ला हुम्लाका स्थानीय तहवीचको भिन्नता अधिक देखिएको छ ।सरकारले गरेको बर्गीकरण अनुसार ३ नम्बर प्रदेशको काठमाडौंका सवै स्थानीय तह ‘घ’ बर्गमा अर्थात सुगम र कर्णाली प्रदेशको हुम्लाको सबै स्थानीय तह ‘क’ वर्ग अर्थात दुर्गममा परेका छन् । मुलुकको नयाँ संरचना अन्तर्गतका ७५३ स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ बर्गमा बर्गीकरण गरेको हो । मन्त्रालयले स्थानीय तहलाई यातायातको पहुँच, प्रदेश राजधानीदेखिको दुरी, जिल्ला सदरमुकाम देखिको दुरी, दुरसञ्चार सुविधा, शिक्षा, स्वास्थ्य, विद्युत सुविधा भौगोलिक अवस्था र मानव सुचाङ्क लगायतलाई आधार मानेर ४ वटा बर्गीकरण गरेको हो ।सरकारी बर्गीकरणमा दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह परेका छन् । सरकारले ७७ जिल्ला समन्वय समितिवाट उपलब्ध स्थानीय तहको विवरणमा आधारित रहेर वर्गीकरण गरेको हो ।यस्तै, यो बर्गीकरणमा स्थानीय तहको चित्त नबुझेमा आवश्यक राय सुझाव उपलब्ध गराउन भनेको छ । स्थानीय तहलाई मन्त्रालयमा उजुरी गर्नसमेत आग्रह गरेको हो ।यस्तो छ वर्गीकरण, कुन स्थानीय तह कुन बर्गमा ? (सूचीसहित) Click Here