मैवाखोलामा २० करोड १८ लाखका योजना

१ वर्ष अगाडि ७६१ खवर डटकम

मैवाखोला, ८ भदौ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गत आवमा २० करोड१८ लाख ६० हजार रुपैयाँ बरावरको आय व्ययभित्र रहेर योजना कार्यान्वयन गरेको छ ।

गाउँपालिकाले गत आवमा संघीय सरकारवाट १८ करोड ८ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको थियो । जस अन्र्तगत वित्तिय अनुदान ११ करोड ५७ लाख २ हजार, सशर्त अनुदान ६ करोड ५१ लख ५३ हजार रहेको छ ।

गाउँपालिकाले अनुमानित आन्तरिक स्रोतवाट ६ लाख ५० हजार ५ सय, स्रोत बाँडफाँडवाट ५० हजार, गत आवको वाँकी रकम करिव ५० लाख र सामाजिक सुर(क्षा अनुदान एक करोड ५३ लाख ३८ हजार ४ सय रुपैयाँ व्यवस्था गरेको छ ।