प्रदेश २ को राजधानी बर्दिबास बनाउन प्रदेश सांसदको माग

१० महिना अगाडि ७६१ खवर डटकम

बर्दिबास - प्रदेश नम्बर २ को राजधानी बर्दिबास बनाउन प्रदेश सांसदहरुले जोडदार माग गरेका छन् । प्रदेश २ का सबै जिल्लाका लागि बर्दिबास पहुँचका हिसाबले उपयुक्त रहेको भन्दै बर्दिबासमा कुनै पनि हालतमा राजधानी हुनुपर्ने सांसदले माग गरेका हुन ।

प्रदेश सभा सदस्य शारदादेवी थापाले प्रदेश २ को राजधानी बर्दिबास बनाउन माग गर्दै यसको विकल्प कही हुन नसक्ने जिकिर गर्नुभयो । महोत्तरीको क्षेत्र नम्बर १ (क) बाट निर्वाचित थापाले बर्दिबास नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्दै भन्नुभयो, ‘बर्दिबास प्रदेश राजधानीका लागि उपयुक्त ठाउँ हो’, उनले भनिन्, ‘प्रदेश २ का सबै जिल्लाका लागि बर्दिबास पहुँचका हिसाबले सही छ।’