प्रदेश १ : दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले नाम र राजधानीको टुंगो लगाउने

१० महिना अगाडि ७६१ खवर डटकम

संखुवासभा - प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आगामी दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने बताउनुभएको छ । प्रदेशको नाम र राजधानी घोषणा अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री कार्कीले हिउँदो अधिवेशनले दुई टुंगाउने बताउनुभएको हो ।

संखुवासभाको सदरमुकाम खाँदबारीमा आइतबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कानुनमन्त्री मन्त्री कार्कीले माघको दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले प्रदेशले नाम र राजधानीको टुंगो लगाउने दावी गर्नुभयो । उहाँले प्रदेशका केही नाम आइसकेको संकेत गर्दे अब ढिलाइ नहुने बताउनुभयो । पार्टीभित्र तथा बाहिरबाट समेत प्रदेशको नाम र राजधानीको विषयमा चाडै टुंगाउन दवाब आएकाले यो विषयमा ढिला नहुने उनको भनाइ थियो। प्रदेश १ का नागरिकले अब नाम र राजधानीको नाम पाउन धेरै कुर्न नपर्ने जिकिर गर्नुभयो ।