भोटेकोशी गाउँपालिकालाई हाईड्रोपावरको हब बनाउन सम्भव छ

११ महिना अगाडि ७६१ खवर डटकम

राजकुमार पौडेल(अध्यक्ष) भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका विकास निर्माणका सवालमा निकै अगाडि देखिन्छ । गाउँपालिकामा पछिल्लो समय विकास निर्माणले गति लिन थालेको छ । विकास निर्माणमा सक्रिय गाउँपालिका अध्यक्ष राजकुमार पौडेलसँग हामीले कुराकानी गरेका छौ । ७६१ खवर डटकमका लागि दिनेश दुलालले गाउँपालिकाको विकास निर्माण, गतिविधी, आगामी योजना तथा कार्यक्रमलगायत समग्र गाउँपालिकाको विषयमा केन्द्रित भएर अध्यक्ष पौडेलसँग कुराकानी गरेका छन्। प्रस्तुत छ, गाउँपालिका अध्यक्ष पौडेलसँग गरिएको कुराकानीको सम्पादीत अंश;

भोटेकोशी गाउँपालिका अध्यक्षको हौसियतमा अहिलेसम्म विकास निर्माणका लागि के कस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढिरहनु भएको छ ?

विशेष गरेर भोटेकोशी गाउँपालिकाको पहिलो प्राथमिकता भनेको शिक्षा, स्वास्थ्य, खानेपानी हो । त्यसका साथसाथै त्यहाँ भएको बाटो घाटो, खानेपानी, कुषि लगयत विभिन्न आधारभुत कुराहरुको व्यवस्थित ढङ्गले जोड दिनुपर्ने देखिन्छ ।

तपाईले अगाडि सार्नुभएको योजनाहरु के कत्ति पूरा भए ?

विशेष गरेर हामीले सुरुवती कामलाई अगाडी बढायौ । केन्द्र सरकार र प्रदेश सरकारबाट नीति तथा कार्यक्रम नै समयमा आएको थिएन । त्यस्तै ऐन, कानुन पनि बनेको थिएन । त्यसकारण हामी केही समय अन्यौलमा पिल्सीएर बस्नुपर्ने अवस्था आयो । जसले गर्दा पहिलो बर्ष हामीलाई विकास निर्माण लग्यतका विषयहरुमा काम गर्ने असहज नै भयो । अहिले भने हामीलाई काम गर्न सहज बनेको छ, कामहरु पनि तीव्र तरिकाले बढेका छन, सबै कुराहरु राम्रा हिसावले गर्न सहज भएको छ ।

केन्द्र सरकार र प्रदेश सरकारले तपाईंको स्थानीय तहका ठूला आयोजनाहरुलाई कत्तिको प्राथमिकतामा राखेको छ ?

यस भोटेकोशी गाउँपालिकामा २०७२ सालको भूकम्पले बढि मात्रमा क्षति पु¥याएको हुनाले प्रदेश सरकारले तातोपानी धारा लगायत त्यहाँको सडक बाटो, भवनलाई, विशेष प्राथमिकतामा राखेको छ । केन्द्र सरकारले जति रुपमा यस गाउँपालिकालाई हेर्नुपर्ने थियो, त्यो तरिकाले हेरेको अवस्था भने छैन । यद्यपि पक्कै पनि केन्द्र सरकारबाट यतिधेरै तहसनहस भोटेकोशी गाउँपालिकाको लागि बजेट आउँछ र आवश्यक योजनाहरु पर्छन भन्ने कुरामा हामीले अपेक्षा गरेका छौं ।


कतिपय जनप्रतिनिधि सेवासुवाधको हिसावले विवादमा तानिएका छन् यहाँहरुले चाँही यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?

भाटेकोशी गाउँपालिकामा हामी सेवा सुविधाको हिसाबले विल्कुलै दुविधामा छैनौं । म त्यहाँको अध्यक्षको हैसियतले राज्यको सेवासुविधा र भत्ता केही पनि लिईदिन । त्यहाँ भएका विभिन्न संरचना, अपाङ्ग असहाय, दलित बालबालिका छन् त्यस्ता कुराहरुमा मैले खर्च गर्ने भनेर भनेको छु । हाम्रो गाउँपालिकामा भएका अन्य जनप्रतिनिधिहरु पनि सेवा सुविधाको हिसाबले आजको दिनसम्म कुनै विवादमा आएको अवस्था छैन, सेवा सुविधाको कुरा विवाद आउदैन भन्ने कुरामा हामी दुविधामा छैनौं ।

कर्मचारी संयन्त्र र विपक्ष दलहरुसँग कसरीसमन्वयगर्नुभएको छ ?

कर्मचारीतन्त्र र विपक्ष दलहरुसँग भन्नुपर्दा भोटेकोशी गाउँपालिकामा तीन वटा वडाहरु काङगे्रस, दुई वटा वडाहरुमा हामी नेकपाले जितेको अवस्था हो, तर हामी जुन राजनीतिक दलहरुबाट आए पनि कुनेै किसिमको मतभेद भएको छैन । हामी एकघरका परिवार जसरी मिलेर काम गरेका छौ । विकासको एउटा अवधारण लिएर अगाडी बढिरहेका छौ । कर्मचारी संयन्त्रमा पनि नीति नियम यो भएन त्यो भएन भन्ने छैन ।

तपाईंको स्थानीय तहमा अहिले सम्मका मुख्य आवश्यकताहरु के कस्ता छन ? विकास निर्माणमा योजना छनौट कसरी गरिरहनु भएको हो ?

विशेष गरेर भोटेकोशी गाउँपालिका भूकम्पले तहसनहस भएको ठाउँ हो । सिन्धुपाल्चोक जिल्लाको स्थानीय तहहरुको तुलनामा यस गाउँपालिकामा बढि भूकम्पले क्षेति पु¥याएको हुनाले पनि बढि विकासका कामहरु गर्नुपर्ने देखिन्छ । भवन लगाएत बाटोघाटो निर्माणका कामहरु गर्नुपर्ने देखिन्छ । कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रहरुमा विकास गर्ने विशेष आवश्यकता रहेको छ । भौतिक संरचना बनाउने कुराहरु, मठमन्दिर, विभिन्न चर्च बनिरहेका छन, हामीले विशेष ध्यानका साथ काम गरेका छौं ।

पाँच वर्षमा अरु केही महत्वकांक्षी योजना पनि छन् कि ?

विशेष हामी कृषि र पयर्टन विस्तारलाई महत्वकांक्षी योजनामा राखेका छौ । जनु चुनावको बेला विकास निर्माणको निम्ति १२ र १३ वटा घोषण मैले आफै गरेका थिए । त्यसमा हामी तहसनहस भएको तातोपानी धारालाई पहिलो प्राथमिकतामा राखेका छौ, र तातोपानी धारालाई व्यवस्थीत गर्ने सकियो भने हामीले भनेको पहिलो उद्देश्य पुरा हुनेछ । त्यसपछि पुराना गुम्बाहरु निमार्ण गर्ने, भैराव कुण्डामा एउटा ताल छ, त्यहाँ हामीले मोटर बाटो लैजान बाटो निर्माणकोे सुरुवात पनि गरेका छौ, बुद्व स्तुप बनाउनका लागि पहल गरिसकेका छौ, विभिन्न ठाउँमा केवलकारको सम्भावना पनि छन । त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर अगाडी बढाएका छौ । त्यहाँ भएका संरचनाहरुलाई कसरी पर्यटकीय स्थल बनाउने कुरामा अगाडी बढ्न सक्छौ भनेर लागिराखेका छौं । महत्वकांक्षी योजनाहरु त धेरै छन् तर सबै विकास निर्माणका कामहरु एकैचोटी गर्ने सहज हुदैंन, विस्तारै हामी पुरा गर्न सकिन्छ कि भन्ने आशामा छौं ।

गाउँपालिकामा बजेट खर्चको अबस्था कस्तो छ ?

हामीलाई पहिलो बर्ष लगभाग १९ करोड बजेट बाडफाँड गरेका थियो । त्यो बजेट हामीले जनताको आवश्कतालाई मध्यनजर गरेर खर्च गरियो र यो आर्थिक बर्षमा ३४ करोड १३ लाखको बजेट विनियोजन गरियो । जुनबजेटलाई दशौ पछि काम सुरु ग¥यौं र बैशाख सम्म काम सक्ने गरी लागेका छौ । त्यसकारण बजेट खर्चमा कुनै किसिमको अन्योलता छैन । हाम्रो काम एकदम तीव्र रुपले अगडि बढेका छन् ।

जनताका आयआर्जनका लागि गरेका काम के के छन् ?

जनतासँग पत्यक्ष सम्र्पकमा रहेको हुनाले आयआर्जनका निम्ति पहिलो कुरा हामीले कृषि र पशुपालनलाई राखेका छौं । उन्नत जातको पशुपालन तथा आधुनिक कृषि उपजको निम्ति कृषकहरुलाई विभिन्न अनुदान दिएका छौ । जसबाट जनतालाई आयआर्जन गर्ने सहज हुन्छ भन्ने आशा गरेका छौ


विकास निर्माणको क्रममा के कस्ता चुनौती र सम्भावना छन ?

भोटेकोशी गाउँपालिका हाइड्रोपावरको हब हुने ठाउँ हो । यसमा थुप्रौ सम्भावना रहेका छन । त्यसपछि तातोपानी नाका खुलेपछि सम्भावनै सम्भावना बसेको गाउँपालिका हो । त्यस्तै हामीमा धेरै चुनौती पनि छन, खेतीयोग्य जमिनको अभाव छ, त्यसकारण व्यापर व्यवसायमा बढि निर्भर रह्नपर्ने तथा युवाहरु जति विदेशनु एउटा बाध्यता छ । त्यसैले हाम्रोमा चुनौती र सम्भावना दुवै बराबर जस्तैे छन ।

कर्मचारी संंयन्त्रबाट तपाईले के कस्तो सहयोग पाउनुभएको छ ?

सबै कुराहरु कर्मचारीतन्त्रमा समवेश भएको हुन्छन, आजसम्म हाम्रो भोटेकोशी गाउँपालिकामा कुनै कर्मचारिहरुबाट कठिनाई आएको छैन । विवाद पनि भएको छनै र सहज ढङगबाट समन्वय गरेर अगडी बढेको अवस्था छ ।

समग्रमा तपाईको स्थानीय तह कुन अवस्थामा छ र कार्यकालभित्र कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?

अहिलेको परिस्थितिलाई हेर्न हो भने भोटेकाशी गाउँपालिकाले विकासले फड्को मारिरहेको छ । हामी २९ जनाको टिम छ, जुन टिमले विकास निर्माणका कामहरुमा दु्रत गतिमा गर्नको निमित्त लागेका छौ । स्थानीय जनताहरुलाई विदेश पलायन हुनबाट रोकेर विभिन्न कृषि तथा पशुपालान तर्फ उन्मुख गराउने प्रयास गरेका छौ । रोजगारिका लागि विभिन्न किसिमका प्रयत्नहरु ग्रिरहेका छौं । मेरो कार्यकालमा यस गाउँपालिकामा रहेका स्थानीय बाँसीहरुको आवश्कतालाई मध्यनजर गरेर काम गर्ने एउटा प्रतिबद्धता लिएको छु ।

अहिले सम्म कस्ता कानुन बनाउनुभयो ?

केन्द्र सरकार र प्रदेश सरकारको नीति नियम भित्र रहेर त्यसलाई परिमार्जन गरेर १२ वटा कानुन निर्माण गरियो । त्यो कानुन भित्र हामीले छिरेर न्यायमुलक कामहरु, शिक्षाका, स्वास्थ्यको बिषयमा सहज गराउन लागि विशेष ढंगबाट कानुन निर्माण गरेका छौ ।

निर्वाचित जनप्रतिनिधिहरुबीच सामुहिक भावना कस्तो देखिएको छ ?

निर्वाचनको समयमा जुन उत्साह, उमंग थियो । सिंहदरबार घरआँगनमा आयो भन्ने एउटा जनताको र हामी जनप्रतिधिको अपेक्षा रह्यो तर त्यो पूरा हुने अवस्था रहेन । विभिन्न किसिमका तालिमहरु गोष्ठीहरुमा सहभागी हुदाँ हामीलाई थाह भयो विकास निर्माणका कामहरु कसरी गर्ने भन्नेबारे एउटा जिम्मेवरीवोध भयो । यस स्थानीय तहमा हामी सबै टिमहरु सहज र सहकार्य गरेर अगडी बढ्दै विकास निर्माणका निमित्त सहकार्य गरेर अगडी बढ्छौ ।

अल्पकालीन, मध्यकालीन र दिर्घाकालीन योजना यहाँहरुले बनाउनु भएको छ की ?

अहिले हामीले विभिन्न योजनाहरु बनाएका छौं । पाँचवटा विशेष योजनाहरुलाई हामी डी.पि.आर गरेका छौ । पहिलो सडक निर्माणका कुराहरुको डि.पि.आर, पर्यटकीय हिसावले त्यसलाई व्यवस्थित गर्ने र ५ बर्षमा नभए १० बर्षसम्म भएपनि काम गर्ने भनेर दिर्घकालीन रुपमा योजनहरु बनेका छन् । कृषि, शिक्षा स्वास्थ्य क्षेत्रमा औषधी व्यवस्थापन गर्ने जस्ता मध्यम खालका योजनहरु पूरा गर्ने क्रममा छौ ।

सेवाग्राहीको सुविधाको लागि तपाईहरुले दिने सेवालाई कसरी व्यवस्थित गर्नु भएको छ ?

जुन सेवा दिनुपर्ने त्यो हामीले सहज रुपमा दिएका छौं । जस्तै स्वास्थ्यमा विभिन्न शिविरहरु मार्फ्त समय समयमा जाँच गरिएको छ । नागरिकताको कुराहरुमा हामीले जिल्लाप्रशासन कार्यालय संग परामर्श गरेर पालिकामै व्यवस्था गर्ने सोचेका छौं । त्यस्तै असहाय, अशक्तालाई घरमै गएर सेवा प्रदान गर्ने जस्ता कामहरु भएका छन् । सेवाग्राहीलाई सकेसम्म समयमा सेवा प्रदान गर्न लागिपरेका छौ । प्रत्येक वडाहरुमा यथाशिघ्र छिटो काम गराएर पठाउनुहोस भनेका छौ ।

यहाँहरुको गाउँपालिकामा सिंचाई वन जंगल, वातावरणको अवस्था कस्तो छ ?

हाम्रो गाउँपालिकामा खेतीयोग्य जमिनको अभाव छ । बढि मात्रमा वन जंगल छ, जडीबुटिको सम्भावना बोकेको ठाउँ हो । अरु त्यस्तो केही छैन, असर पु¥याउने खालको वातावरण छैन ।

बाटोघाटो पुलपुलेसाको अवस्था नी ?

बाटोको अवस्था हेर्न हो भने पाँचै वटा वडामा जाने बाटो निर्माण भएको छ । बाटोघाटो पुल निर्माणमा व्यवस्थीत गर्ने क्रममा हामी छौ ।

जनताले तिर्ने करमा अत्यधिक वृद्घि भएको छ भन्ने गुनासो चौतर्फी आइरहेको छ । यहाँहरुको गाउँपालिकामा त्यस्तो छ कि छैन ?

जनतालाई प्रत्यक्ष असर नपुग्ने गरी हिजो गाविसले भन्दा केहीमात्रमा बढि कर उठाएका छौे । हाम्रो काम प्रति जनता धेरै ख्शी हुनुहुन्छ । त्यस्तो कुनै खालका जनताहरुबाट करको बिषमा विवाद आएका छैन । हामीले न्युनतम् रुपमै कर उठाएका छौं ।


सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई सफल पार्न तपाईंको स्थानीय तहको के भूमिका रहन्छ ?

जसरी नेपाल सरकारले समृद्व नेपाल र सुखि नेपालीको नारा तय गरको छ । यो हाम्रो पनि नारा हो । यद्यपि समृद्व नेपाल र सुखी नेपाली हुनको लागि स्थानीय तह पनि समृद्व हुनप¥यो । यहाँका जनता पनि सुखि हुनप¥यो । स्थानीय तहमा उत्पादनमुलक कुराहरु के के हुन त्यसको पहिचान गरेर स्थानीय तहका जनताको विकासमै जोड दिन सकियो भने समृद्व मुलक र सुखी नेपाली हुन सम्भव छ हामी पनि त्यसको लागि मिहिनेत पूर्व लाग्ने छौं ।

प्रदेश सरकार र संघीय सरकारलाई केही भन्नु छ ?

विशेष गरेर म संघीय सरकार र प्रदेश सरकारलाई के भन्न चाहान्छु भने जुन ठाउँमा जे आवश्यकता छ त्यसको पहिचान गरेर बजेट पु¥याउने काम गरिदिनुहोस । उहाँहरुले सहि ढंगले सबैलाई समान व्यवहार गरिदिनुभयो भने स्थानीय तहको राम्रो विकास हुन्छ । यहि कुरा भन्न चाहान्छु ।

तपाईंहरुको छाता संगठनको काम गराइ कस्तो लाग्दै छ ?

अहिले नै छाता संगठनको काम त्यति प्रभावकारी देखिने कुरा होईन । उहाँहरु पनि भर्खर काम गर्दै हुनुहुन्छ । उहाँहरु आफ्नो तरिकाले लाग्नुभएको छ । हामी आफ्नो तरिकाले लागेका छौं । गाउँपालिका समस्याहरुलाई कसरी समाधान गर्ने भनेर उहाँहरु पनि लाग्नुभएको छ । हामीले पनि सुझावहरु दिई रहेका छौं । सोचेको जस्तै तरिकाले महासंघले काम पक्कै गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।

अन्तिम तपाई के भन्न चाहनुहुन्छ
?

सर्वप्रथम म समग्र भोटेकोशी गाउँपालिका समृद्ध बनाउने नारा बोकर यहाँ आएँ । हाम्रो गाउँपालिकाको काम कारबाहीहरु के कस्तो हुँदैछ भनेर हाम्रो कुराहरु जनता सामु पु¥याउन सहयोग गर्ने ७६१ खबरलाई शुभकामना सहित धनयवाद दिन चाहन्छु ।