प्रदेश २ सरकारको घोषणा : छोरी जन्मने वित्तिकै एक लाखको बीमा

७ महिना अगाडि ७६१ खबर डटकम

रौतहट – प्रदेश नम्वर २ मा छोरी जनमने वित्तिकै प्रदेश सरकारले एक लाख रुपैयाँको जीवन बीमा गरिदिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सार्थक बनाउन माघ १ देखि जन्मिने छोरीको एक लाख रुपैयाँको जीवन बीमा सरकारले गरिदिने घोषणा गर्नुभएको हो ।
मुख्यमन्त्री राउतले प्रदेश २ मा छोरीलाई बचाँउनु र पढाउनु पर्छ भन्ने प्रदेश सरकारको अभियानलाई सार्थक बनाउन यस्तो निर्णय गरिएको बताउँनुभयो । उहाँलेरौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न शनिबार आयोजित कार्यक्रममा यस्तो घोषणा गर्नुभएको हो ।
प्रदेश सरकारले यसअघिनै २ नम्वर प्रदेशमा ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियाना चलाइरहेको छ । अहिले यसलाई सार्थक बनाउन सरकार लागि परेको जनाइएको छ । २ नम्वर प्रदेशका सबै स्थानीय तहमा यो अभियान सञ्चालन गर्ने प्रदेश सरकारको नीति छ ।