काठमाडौंमा पनि मनोहर जनता माविको स्वर्ण महोत्सव तयारी तीब्र

९ महिना अगाडि ७६१खबर डट कम संवाददाता

काठमाडौं– मोरङको मिक्लाजुङ– ७ स्थित मनोहर जनता उच्च माविको स्वर्ण महोत्सवको तयारी तीब्र पारिएको छ ।

काठमाडौंमा रहेका मनोहर जनता उच्च माविका पूर्वविद्यार्थीहरुले ‘मधुमल्ला मजमावि सरोकार समाज’ गठन गरेर महोत्सव भव्य बनाउने तयारी भएको छ । महोत्सवमा व्यापक सहभागिता जुटाउन गत पुस ७ गते शनिबार उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, पूर्वमन्त्री रकम चेम्जोङलगायतको उपस्थितिमा बनभोज कार्यक्रमसमेत गरिएको थियो ।



पुस ७ गते शनिबार नै नारायण परियार ‘परिश्रमी’को अध्यक्षतामा १४ सदस्यीय ‘मधुमल्ला मजमावि सरोकार समाज’ तदर्थ समिति गठन गरिएको थियो ।

‘मधुमल्ला मजमावि सरोकार समाज’को शनिबार भक्तपुरमा बसेको दोस्रो बैठकले महोत्सव सफल बनाउन आर्थिक संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी महोत्सवको योजनाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डेलिगेसन जाने, स्मारिकमा पूर्वविद्यार्थीहरुले सहभागिता जनाउने तथा काठमाडौंमा रहेका पूर्वविद्यार्थीहरुलाई महोत्सवमा सहभागी गराउन पहल गर्ने निर्णय गरेको छ ।



यस्तो छ ‘मधुमल्ला मजमावि सरोकार समाज’ तदर्थ समिति

अध्यक्ष– नारायण परियार ‘परिश्रमी’

उपाध्यक्ष– सीता श्रेष्ठ

महासचिव– होमनाथ कट्टेल ‘किशोर’

सचिव– ईश्वरराज मगर

कोषाध्यक्ष– निर्मला लामा

सदस्यहरु

गणेश विष्ट

मोहन ढुंगेल

उषा सुब्बा

एकराज आचार्य

ओम खतिवडा

दक्षमणि गौतम

धनलक्ष्मी दाहाल

रमण ढकाल


सल्लाहकार समिति

एकराज भट्टराई

विन्दुप्रसाद गुरागाईं

जवाहरलाल श्रेष्ठ

शशिधर खनाल

दशरथ मोक्तान

प्रेमराज पोखरेल