‘सबैको सहयोगमा जलवायु सम्मेलन भव्यरुपमा सम्पन्न हुनेछ’

११ महिना अगाडि

डम्बरबहादुर अर्याल (मेयर)

मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक
मेलम्ची नगरपालिकाको वडा नं ९को गुफाडाँडामा पौष १५देखि १७गते सम्म हुन गइरहेको जलवायु परिवर्तन सम्बधि प्रथम राष्ट्रिय जलवायु सम्मेलन जिल्ला समन्वय महासंघको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको व्यवस्थापनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदैछ । मेलम्ची नगरपालिका अन्तर्गत ज्यामिरेको गुफाडाँडामा हुने उक्त सम्मेलन हुँदा सो क्षेत्रको विकासमा कतिको टेवा पुग्ला लगायत कार्यक्रमको प्रभाव र सन्देशको बारेमा पूर्व जिविस उप सभापति एवं मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालसँग ७६१ खबरडटकमले गरेको छोटो कुराकानीको सम्पादित अंश–

जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन आफ्नो यहाँहरुको नगरपालिकामा हुँदैछ सम्मेलन सफल बनाउन यहाँहरुको पनि दायित्व बढ्यो नि ?
अवश्य । मेलम्ची नगरपालिकाको तिन खम्बे नीति कृषि, पर्यटन, उद्याग र जलाधार विकासलाइ सुरुदेखि नै प्राथमिकता दिइएको छ । गुफा चाङ्घखुबाट नगरपालिकाको सम्पूर्ण भुगोल भ्यु प्वाइन्टको रुपमा देख्न सकिन्छ । उक्त ठाँउ उचाई दुईहजार पाचसय भन्दा माथि छ । तथापि जुगल, लाक्पादोर्जे, विभिन्न हिमशिृखर लगाएत दृश्यहरु स्पस्ट रुपमा देख्ने भूगोल गुफाडाँडा हो । जलवायु परिवर्तनका विभिन्न सबालहरुलाई त्यही भूगोलमा छलफल गर्ने हाम्रो उद्देश्य छ । जसले मेलम्ची नगरपालिकालाई नेपालमा मात्र होइन, विश्वमा नै परिचय गराउने हाम्रो लक्ष्य रहेको छ ।

मेलम्ची नगरपालिकाको बारेमा बताइदिनु न ? यहाँहरुकै क्षेत्रमा राष्ट्रिय सम्मेलन हुँदेछ यसको तयारी कस्तो हुँदै छ ?



मेलम्ची नगरपालिका ०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णयमा नगरपालिका घोषण भएको हो । ०७३ फाल्गुन २६ गते राज्यको पुन.संरचना पश्चात ४ वटा गाविस थपेर ११ वटा साविकको गाविस मिलाएर बनेको नगरपालिकाको हो । यसमा १३ वटा वडाहरु रहेका छन् भने १५८.१७ वर्ग क्षेत्रफलमा ४५,३,४३ जनसंख्या रहेको छ । भने ९,९,९२ घरधुरी बसोबास गरेका छन । नगर पालिकाको भुकम्प पछाडि पुनःनिर्माणको काम ९० प्रतिशत भन्दा माथि लागको छ । अब हाम्रै नगरपालिका भित्र हुन लागेको सम्मेलनको तयारीका कुरा गर्दा विभिन्न उप समितिहरु जिम्मेवारीका साथ लागिरहेका छन् । तयारी पुरा भइसकेको अवस्था हो ।

जलवायु परिबर्तन सम्बन्धि यो कार्यक्रमले के प्रभाव पार्छ भन्ने सोच्नु भएको छ ?

यो समस्या राष्ट्रिय समस्या हो । त्यसैले हामी अछुतो कसरी हुन सक्छौं र ? समस्या निराकरणका लागि हामी पनि लाग्नु हाम्रो दायित्व हो । तर भौगोलिक विविधता, पर्यटन आकर्षणको अवसरका रुपमा लिएका छौं । नेपालको जलवायु अनुकुलनतालाई राष्ट्रिय एजेन्डाका रुपमा हाम्रै भुगोलमा छलफल हुनु हामीले अवसरका रुपमा हेरेका छौं । जलवायु परिवर्तनका कारण कृषि तथा खाद्यन्न, जलश्रोत, बनजङ्गल, जैबिक विविधता, स्वास्थ्य र पर्यटन तथा पूर्वाधारमा ठुलो असर पर्न थालेको छ । जसका असरले मुल सुक्ने, सुख्खा पहिरो, हिमको मात्रामा कमि हुने, हिमनदीहरु सुक्दै जाने समस्याहरु हाम्रा चुनौतिहरु भएका छन् । यी सबै बिषयमा गम्भिरताका साथ छलफल गर्ने छौं । भने नेपालमा कार्बन ब्यपारबाट हुने आर्थिक उन्नति, जलवायु परिवर्तन कार्यक्रम, विपन्न वर्गको आर्थिक स्थितिमा सुधार र गरिबी निवारणमा सहयोग पुग्ने हाम्रो उद्देश्य रहेको छ ।

कार्यक्रम सफलताका लागि नगरपालिकाको तयारी नि ?

हामी हाम्रो तर्फबाट सबैलाई स्वागत गर्दैछौं । वास्तवमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍ याउने हो । हामी हाम्रो तर्फबाट बाटो, विद्युतिकरण, खानेपानी, होटल व्यवस्थापनमा लागेका छौं । सबैको सहयोगमा कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेछ ।

नगरपालिकाको अन्य विकासका गतिविधि के छन् ?

थोरै श्रोत र साधनले धेरै विकास गर्ने हाम्रो मुल ध्येय हो । स्थानीय सरकार अन्र्तगत धेरै ऐन कानुन बनिसकेका छन । हामी हरित स्मार्ट नगर बनाउने कुनेै कसर नराखि काम गरिरहेका छौं । अझ प्राकृतिक रुपमा पनि अत्यन्तै धनि छौं । परिचालन र उपयोग हाम्रो दायित्व नै हो । इन्द्रावती र मेलम्ची नदीलाई जलाधार क्षेत्रका रुपमा विकास गर्न काम अगाडि बढिरहेकै छ । हिमाल, पहाडको मूल्य बढाई पर्यटन विकास गर्नु आजको आवश्यकता हो । वन, बनस्पति तथा बन्यजन्तुहरु, सिचाइ, कृषि उद्योग, व्यवसायबाट आर्थिक उन्नति गर्ने कार्यक्रमहरु हामीले ल्याइरहेका छौं । त्यसैगरी खानेपानी सरसफाईका कार्यक्रमहरु अगाडी बढेका छन् । नगरपालिको भवन निर्माण सम्पन्न हुने क्रममा छ । सूचना तथा संञ्चारका क्षेत्रमा पनि हामी विभिन्न माध्यम मार्फत सेवा प्रदान गरिरहेका छौं । स्वास्थ्य, शिक्षा, सामुदायिक संस्थाहरुको विकासमा विषयगत समिति मार्फत कार्यक्रमहरु अगाडि बढिरहेकै छ ।

तपाई पहिले पनि जिविस उपसभापति भएर कार्य गरिसक्नु भएको अनुभबका आधारमा कामको उपलब्धी देखिएको छैन भन्ने आरोप छ त ?

मलाई विकासका विरुद्घ कुनै साथीहरुले कुरा काट्छन जस्तो त लाग्दैन । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनको अधिनमा रहि मेलम्ची नगरसभा र नगरकार्यपालिकाबाट २२ वटा भन्दा बढी कानुन, नियमवली, कार्य विधि पारित भई लागु भइसकेको अवस्था छ । पूर्वाधार निर्माण, बजार अनुगमन, विपद् व्यबस्थापन, न्यायिक सम्पादन, नियमन, संघीयता कार्यन्यवन, नगरको सबै किसिमको बिकास निर्माणलाई पारदर्शी र प्रभावकारी बनाइएको छ । सत्यतथ्य नबुझी चोक–चोक र फेसबुकमा विरोधका लागि विरोध गर्नेहरु आफैँमा खराब हुन् । हामी मेलम्ची समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र जलाधारको नीतिसँग हामी संधै एकताबद्व र कटिबद्व छौं ।

ठुला लगानीका उल्लेख्य विकासका नमुनाहरु चाँहि के छ ?

साहित्य र कलाको क्षेत्रमा राष्ट्रिय नाट्य कला प्रतिष्ठानको आयोजनामा नगरपालिकाको सहयोगमा भब्य कार्यक्रम सम्पन्न गरिएको तपाईंहरुलाई थाहा नै छ । मेलम्चीमा ग्रिनसिटी पार्क बनिरहेको छ । केहि समय पछि आम्दानी दिने छ । नगरको कार्यालय, वडा कार्यलयहरु बनिरहेकै छ । कर्मचारीहरुको क्षमता अभिबृद्वि गरेका छौं । भूकम्पले क्षतविक्षत भएका जनताका घरहरु सहज रुपमा बनाउन हामी लागेका छौं । नगरपालिकासम्म कालोपत्रे गर्ने कार्य तिब्रताका साथ भैरहेकै छ । नगरभित्र ९वटा एकृकित बस्ति विभिन्न संघ संस्थाको सहयोगमा बनिनै रहेको छ । सामाजिक सुरक्षा एंव महिला तथा बालबालिका सम्बन्धि अधिकारमुखी विभिन्न कार्यहरु भैरहेका छन । जसले सामाजिक न्याय र समुन्नतिमा पहुँच पु‍र्‍याइ रहेको छ भने नगरभित्र रहेका सार्वजनिक जग्गाहरुको खोज, तथा नाप नक्साकंन र संरक्षमा हामी लागि परेका छौं । काठमाडौंसँग जोड्ने बाटोहरु सुधार प्रकृयामा लागेका छौं ।

मेलम्ची नगरपालिकामा आम्दानी र राजश्वका श्रोतहरुको अबस्था के के छन् ?

मेलम्ची नगरपालिकामा आम्दानी र राजस्वका श्रोतहरु भनेको प्रदेश र केन्द्रीय सरकारबाट आएका अनुदान, निःशर्त, सर्शत बजेट हो भने वडा कार्यलयबाट आउने मालपोत, पन्जिकरण, सेवाशुल्क हुन् । त्यस्तै नगर पालिकाबाट नक्सा पास, सेवाशुल्क दस्तुर, ढुङा, गिटी, वालुवा, प्रभावित क्षेत्र अन्तर्गत क्रसर उद्योगबाट लिइने रकम, मालपोत, व्यवसाय दर्ता तथा नबिकरण, दण्ड जरिवाना, संघसंस्था कार्यक्रम स्वीकृत लगायत हो । दहत्तरवहत्तरका सार्वजनिक जग्गाको खोज गर्र्दै आम्दानीको श्रोतका रुपमा अगाडी बढ्ने छ ।

नगर पालिकाको आगामी गन्तब्य के छ ?

पहिलो, नगरपालिकाको दिर्घकालिन र क्षेत्रगत बिकास गर्न स्थायी प्रकृतिका पर्यटन विकासकोष, कृषि विकासकोष लगायत आवश्यकताका आधारमा अन्य बित्तिय कोषहरु खडा गरी कृषि, पर्यटन र जलश्रोत प्रवर्द्धन गर्ने कार्यक्रममा उक्त कोषबाट खर्च गरिने छ । दोस्रो, मेलम्ची समृद्धिको आधार, कृषि, पर्यटन र जलाधार को मुल भावनालाई विकासको तिन खम्बे नितिका रुपमा अबलम्बन गरिने छ । तेस्रो, नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिनमा रहि नगरपालिकाको कार्यसञ्चालन गर्न आवश्यक पर्ने ऐन, कानुन, नियम तथा कार्यविधि निर्माणमा निरन्तरता दिई छिट्टै कार्य सम्पन्न गरिने छ । चौथो, मेलम्ची बजार नगरको केन्द्रभागमा रहेको भौतिक पूर्वाधार विकास भएको मेलम्ची खानेपानी मार्ग मेलम्ची बजार हुँदै गएको र केन्द्रको सडक सञ्जालसँग जोडिएको बजार क्षेत्रलाई प्रशासनिक क्षेत्रको रुपमा विकास गरिने छ । पाँचौ, मेलम्ची नगर क्षेत्रलाई प्लास्टिक मुक्तक्षेत्र घोषण गर्न आवश्यक पहल गरिने छ । छैटौं, मेलम्ची नगरभित्रको फोहरमैला व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल्ड साइड खोजीगरी आवश्यक संरचना निर्माण गरिने छ । सातौं, मेलम्ची नगरपालिकाभित्र तरकारी किबी, अलैची, कागती र चिया उत्पादनको पकेट क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गरिने छ । आठौंं, नगरका स्थानीय सेवा ग्राहीलाइ कृषि, पशु र जनस्वास्थ सेवा एकै स्थानबाट सहज रुपमा प्रदान गर्न मेनपा काउलेदोभानमा संयुक्त सेवा केन्द्र सुचारु भइसकेको छ । नवाैं,नगर कृषि पकेट क्षेत्रको पहिचाहन गरि सो को बिस्तार गर्ने जिवन निर्बाहमुखि कृषिपेशालाई व्यवसायिकमुखि कृषिपेशाको रुपमा लैजान आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।एघारौं, आधारभुत शिक्षामा बहु कक्षा बहु शिक्षण पद्घतिलाइ प्राथमिकता दिइने निति अबल्म्बन गरिने छ । साथै शैक्षिक गुणस्तरका सुचकहरु तयार गरि सो को आधारमा विद्यालयको शैक्षिक गुणस्तर मापन गर्ने परिपाटिको विकास गदै लगिने छ । बाह्रौं, पारदर्शी एवं सुशासनका लागि नगरपालिकासँग सम्बन्धित सूचनाहरुलाई विद्युतीय एवं छापा सञ्चारमाध्यमबाट सार्वजनिककरण गरिने छ । नगरपलिकाका सबै वडामा सफ्टवेयर जडान गरी दैनिक प्रशासनिक काम काजलाइ ब्यबस्थित र पारदर्शी बनाइने छ ।तेह्रौं, नगरपालिकाको संरचनागत क्षमता अभिवृद्घि तथा मानव संसाधन विकासका लागि योजना तर्जुमा गरिने छ । चौधौं, बिपद् व्यवस्थापनकोष स्थापना गरिएकोमा सोको निरन्तरता दिदै कानुन समेत तयार भएको छ । विपद् पूर्व तयारी तथा प्रतिकार्ययोजना जोखिम न्युनिकरण कार्ययोजना तयार गरी लागु गर्ने निति अबलम्बन गरिने छ । बिपद् व्यवस्थापनमा सबै पक्षसँग सहकार्य अगाडी बढाइने छ । पन्धौं,सार्वजनिक खाली पाखो जग्गा बृक्षारोपण तथा बन व्यव्स्थापन मार्फत भु–क्षय नियन्त्रण गदै हरित क्षेत्रको प्रर्बद्वन गर्ने निति अबलम्बन गरिने छ । सोह्रौं भूकम्पका कारण भत्किएका निजि आवास तथा सरकारी भवनहरुको पुनःनिर्माण कार्यलाइ छिट्टै सम्पन्न गर्न प्रोत्साहन गरिने छ । सत्रौंं, नगर चक्रपथको निर्माण कार्यलाइ निरन्तरता दिइ क्रमशः स्तरउन्नती गरिने छ । मेलम्ची नगरपालिको इन्द्रावति नदिमा बाँधनिर्माण गरी जलाधार क्षेत्रको बिकास र संरक्षण गर्ने कार्यको सम्भाव्यता अध्यन गरी कार्यन्वयनमा पहल गरिने छ । अठारौं, मेलम्ची नगर क्षेत्रका धुसेनी, धौले, गुफाचाँखु, हैबुङ, भोटेचौर, ककनी, मेलम्ची सिटीपार्क लगायतका पर्यटकीय क्षेत्रहरुको विकास र बिस्तार गदै लगिने छ । नगरको पर्यटकीय ट्रेकिङ रुटको पहिचान गरी आन्तरिक र बाह्य पर्यटकको पर्वद्घन गरिने छ । उन्नाइसौं, कला, साहित्य, संस्किृति, मठ–मन्दिर र गुम्बाको संरक्षण, संम्बद्र्घन तथा प्रबद्र्घन गदै नगरको पर्यटन विकासमा जोड दिइने छ । बिसौं, नगरको समग्र बिकासका लागि एकिकृत नगर बिकास योजना अनुसार अगाडी बढिने छ । एकाईसौं, नगरको पर्यटन गुरुयोजना तयार गरिनेछ र उक्त गुरुयोजना अनुसार उपयुक्त स्थानमा पिक्निक स्पोर्ट, पार्क, होमस्टे, भ्युटावर निर्माण गर्ने निति लिइने छ । बाईसौं, खेलाडीका क्षमता, र खेलको स्तरवृद्वि गर्न नगरको विभिन्न ठाँउमा खेलमैदान गरिने छ । तेईसौं, सम्पतिकर, करका नयाँ श्रोतको पहिचान, राजस्व संकलन भार होइन, नगर समृद्घिको आधार हो भन्ने जनचेतना मार्फत आम नागरिकलाई कर तिर्न प्रोत्साहित गरी नगरको आम्दानी बृद्घि गरिने छ । चौबिसौं, नगरका विद्यालयहरुमा प्राविधिक तथा व्यबसायिक शिक्षा सञ्चालनमा प्राथमिकता दिदै आधुनिक पद्वति मार्फत अध्यन अध्यापन गराउन प्रोत्साहन गरिने छ ।

अन्त्यमा यहाँको भनाई केही छ कि ?

नगरमा हुनगइरहेको जलवायु परिवर्तन सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलनको व्यस्तताका बीच हामीलाइ समय दिनु भएकोमा हामी खुसि छौं । मेलम्ची नगरपालिका र जलवायु सम्मेलनका विविध विषयमा हाम्रो धारणा राख्ने अवसर दिनुभएकोमा यहाँको पत्रिका यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । धन्यवाद ।