धरान उपमहानगरको विकास योजना : बहुसाँस्कृतिक, आवासीय समृद्ध शहर निमार्णमा प्राथमिकता

१० महिना अगाडि किरण ढकाल

धरान - ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यपारिक पूर्वाधार : बहुसाँस्कृतिक, आवासीय समृद्ध शहर’ को दुरदृष्टि अनुसार सामाजिक तथा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सुन्दर नगरी धरानलाई शैक्षिक, आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउने नीति अनुसार धरान उपमहानगरपालिकाले अहिले आफ्ना विकास योजना अघि बढाइरहेको छ ।





लामो समयसम्म निर्वाचित जनप्रतिनिधिको अभावमा विकासका कामले गति लिन नसकिरहेको अवस्थामा निर्वाचित जनप्रतिनिधि आएसँगै अहिले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उपमहानगरका काम केन्द्रित छन् । दिर्घकालिन र बहुआयामिक तथा बहुक्षेत्रीय विकासका योजना उपमहानगरमा सञ्चालन भइरहेका छन् । पूर्वको सुन्दर र पर्यटकीय शहरका रुपमा धरानलाई विकास गर्दै लैजाने नीति उपमहानगरले लिएको छ ।





उपमहानगरमा अहिले दीर्घकालीन महत्व र नमूना सडक तथा आयोजनाहरुको निर्माण प्रारम्भ भएको छ । उपमहानगरले खासगरि, जनपथ सडक निर्माण, विजयपुर सडक निर्माण, कार्यालय भवन निर्माण, नयाँ बसपार्क निर्माण र फोहोर मैला व्यवस्थापनका लागि उपप्रमुखको संयोजकत्वमा समिति निर्माण भई कार्य गरिरहेको उपमहानगरका शाखा अधिकृत तथा उपमहानगरका सूचना अधिकारी सौगात सम्वाहाम्फे बताउँनुहुन्छ । उपमहानगरले वडागत रुपमा आवश्यकता अनुसार विकास र सामाजिक क्षेत्रका काम पनि सँगै अघि वढाइरहेको उहाँको भनाइ छ । यस्तै, संघ, प्रदेश तथा विकास साझेदारहरुसँगको सहकार्यमा स्रोत अभिवृद्धि गर्दै समृद्ध नेपाल, सुखी नेपाली र खुशी धरान वनाउने लक्ष्यका साथ उपमहानगलेआफ्ना योजना अघि वढाइरहेको जनाएको छ ।

वडागत रुपमा भइरहेका काम




नगर स्तरिय योजना निर्माणका लागि वडा योजना छनौटमा सहजिकरण गरेको साथैस्थानीययोजनालाई वडाकै पहलमा सम्पन्न गर्ने काम भइरहेको छ ।

खेलकुद सामाग्री वितरण, जेष्ठ नागरिक सम्मान, नगर सरसफाइ कार्यमा उपमहानगरपालिकासँग समन्वय, विपद् जोखिम न्युनिकरणका लागि कोष स्थापना, वेवारिसे लास दाह संस्कारका लागि व्यवस्थापन, सार्वजनिक सम्पत्ति तथा साँस्कृतिक सम्पदा संरक्षणमा सहयोग गर्दैस्थानीयमुद्दा तथा झैझगडालाई स्थानीय रुपमै सहजीकरण गरी मिलाउन पहल गरेको तथा सडक बत्ती व्यवस्थापन लगायतका काम पनि भइरहेका छन् ।




यस्तै, उपमहानगरले नगरभित्रका सडक निमार्ण, मर्मत तथा नयाँ र पुराना सडकमा ग्राभेलिङ, ढलान, ढल तथा पेटी निमार्णका काम गरिरहेको शाखा अधिकृत सम्बाहाम्फेले जानकारी दिनु भयो । वडागत रुपमा विनियोजित बजेटवाट नगरबासीको आवश्यकता र समस्यालाई अध्ययन गरि त्यही अनुसारका काम भइरहेको उहाँको भनाइ छ ।
उपमहानगरले लक्षित वर्गमा गरेको वडागत काम र खर्च ( तालिकामा)


उपमहानगरका काम र प्रगती

जनप्रतिनिधि आएपछि नगरमा विभिन्न ८ वटा ऐन तथा नियमावलीहरुको निर्माण गरी लागु गरिएको छ । संघीय सरकार मन्त्रिपरिषदबाट नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति तथा दायित्व धरान खानेपानी बोर्डमा हस्तान्तरण हुने निर्णय भएको र विजयपुर उपप्रणाली बाहेक अन्य सम्पुर्ण उपप्रणालिहरु अन्तिम चरणमा रहेको र छिट्टै खानेपानी वितरण गरिने उपमहानगरले जनाकारी दिएको छ ।



नगरलाई पुर्ण रुपमा वालमैत्री घोषणा गर्ने अभियान अन्तर्गत वडा नं. १३ र १४ लाई वाल मैत्री घोषणा गरिएको, धरान राजपत्र प्रकाशन गरिएको, तीन वटा नगरसभा सम्पन्न गरिसकेको जनाइएको छ ।

२० वटै वडामा अनलाइन व्यक्तिगत घटना दर्ता सुरु, धरान र इलाम भगिनी सम्बन्ध विस्तार, नगर मेयर स्कुल प्रतियोगिता संचालन सुरुवात भएको छ ।



दीर्घकालीन महत्वका र नमूना सडक तथा आयोजनाहरुको निर्माण प्रारम्भ, जनपथ सडक निर्माण, विजयपुर सडक निर्माण, कार्यालय भवन निर्माण, नयाँ बसपार्क निर्माण र फोहोर मैला व्यवस्थापनका लागि उपप्रमुखको संयोजकत्वमा समिति निर्माण भई कार्य गरिरहेको, धरानको पर्यटन प्रबद्र्धनका लागि बिहार निर्माणको सहमति, धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६, १७ र २० लाई कृषि क्षेत्र घोषणा उपमहानगरका प्रगतकिा काम हुन् ।

धरानलाई खेलकुदका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले विभिन्न खेलकुद पूर्वाधारको विकास, खेलकुद प्रतियोगिता र धरानको गौरवको रुपमा मेयरकप स्कुल ओलम्पिक खेलको प्रारम्भ गर्नु, वडा कार्यालयहरुमा विधुत्तीय प्रणाली लागु गर्न नेट वर्किङ्ग गर्ने कार्य भइरहेको र सुकुम्बासी समस्या समाधानका लागि समिति गठन घर नम्बरिङ्ग लगायतका कार्य सम्पन्न भएको तथा नियमावली तयारी भैरहेको जनाइएको छ ।

उपमहानगरले भौतिक पूर्वा
धार क्षेत्रमा गरेको काम ( तालिकामा)




खेलकुदमा उपमहानगर

नगर खेलकुद विकास समिति गठन भएको

विद्ययालय स्तरमा खेलकुदका पूर्वाधार विकास गर्न ४ वटा विध्यालयमा बहु उद्देश्यीय बास्केटबल कोर्ट र १ वटामा टेबुल टेनीस कोर्ट निर्माण सम्पन्न

धरान ६ मा १ भलिबल कोर्ट निर्माण र १ फूटबल ग्राउण्ड स्तर उन्नतीको काम सम्पन्न

धरान १७ को पटनाली फूटबल ग्राउण्ड लेबल मिलाउने काम सम्पन्न



धरान १५ मा क्रिकेट मैदानको विस्तार र लेवल मिलाउने काम सम्पन्न

२०७४।१०।२९ देखि ११।०७ सम्म विभिन्न १० वटा खेलहरु समावेस गरी मेयरकप स्कूल ओलम्पीक सम्पन्नधरान ११ सेतोगुराँस बाल विकास केन्द्रको फूटबल ग्राउण्ड घेरा वारा सम्पन्न

बक्सिङ्ग उसु तेक्वान्दो र कराँते खेलका लागि ४ लाख ३१ हजारका विभिन्न खेल सामाग्री वितरण

खेलकुदको वर्ष खेलाडी छनौट गरी सम्मान सहित नगद पुरस्कार वितरण

बालवालिका लक्षित कार्यक्रम

बाल कोषको स्थापना, सरोकारवाला हरुको अभिमुखीकरण, बालमैत्री आचार संहिता तयार गरी वितरण, १७ जना सडक बालबालिकाको व्यबस्थापन उपमहानगरले गरेको छ ।



यस्तै, १०५ समुदाय र ८० विद्यालयमा आधारित गरी १८५ वटा बालक्लव गठन पुर्नगठन र परिचालन, नगर तहमा स्वीकृत कार्यक्रम जम्मा २२ वटा छन् भने संम्पन्न भएका कार्यक्रम १९ वटा रहेको उपमहानगरेले जनाएको छ । यसका लागि विनियोजन भएको रकम रु २७ लाख ५० हजारमा रु १७ लाख ९० हजार खर्च भएको छ ।




बालमैत्री नगर बनाउन निर्वाचित जनप्रतिनिधीहरुलाई अभिमुखिकरण गरी २०७५ साल भित्रमा बालमैत्री नगर घोषणा गर्ने प्रतिबद्धता जाहेर भएको छ । बालमैत्री स्थानीय शासन नगर समितिको पुनर्गठन भएको २० वटै वडाहरुमा बालमैत्री स्थानीय शासन वडा समिति पुर्नगठन गरिएको उपमहानगरले जनाएको छ ।

महिला लक्षित कार्यक्रम



महिला तथा बालबालिका सम्बन्धी प्रोफायल बनाउन घरधुरी सर्वेको काम सम्पन्न भई कम्यूटरमा तथ्याङ्क प्रविष्ट गरी प्रोफायल तयारीको चरणमा रहेको छ । १५ वटा कार्यक्रम मध्ये १४ वटा सम्पन्न गरेको छ यसका लागि विनियोजन भएको रकम १८ लाख ७५ हजारमा १५ लाख १९ हजार खर्च भएको छ ।

सामाजिक सुरक्षा

चालु आवमो प्रथम चौमासिकसम्म उपमहानगरले सामाजिक सुरक्षामा रकम ६ करोड ९९ लाख रुपैयाँ वितरण गरेको छ ।



यसमध्ये, जेष्ठ नागरिक रु १ करोड ७७ हजार, जेष्ठ नागरिक दलित रु ३६ लाख ३० हजार , एकल महिला रु १ करोड ८ लाख ४ हजार, विधवा रु ९७ लाख ४१ हजार, लोपोन्मुख रु ८ हजार, पूर्ण अपाङ्ग रु १४ लाख ६८ हजार, अति अशक्त रु ८५ लाख ६८ हजार, बालबालिका सुरक्षा रु १० लाख ८१ हजार, जेष्ठ नागरिक औषधी खर्च रु २ करोड ४६ लाख ९ हजार रुपैयाँ वितरण भएको उपमहानगरका अधिकृत सम्वाहाम्फेले जनाउँनुभयो । यस्तै, यो अवधीमा महिला १३८८ र पुरूष १५५३ गरी जम्मा २९४१ जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ ।

पञ्जिकरण अवस्था

२० वटै वडावाट अनलाईन घटना दर्ता हुने गरेको छ भने २०७४ सालमा जन्म दर्ता बालक २३८७ र बालिका २४६७ गरिएको छ । यस्तै, मृत्यू दर्ता पुरुष ४१० र महिला ४९२ गरी जम्मा ९०२ वटा छन् । साथै, बिवाह दर्ता १६७१ वटा, बसाई सराइ दर्ता १७११ वटा रसम्बन्ध बिच्छेद दर्ता जम्मा ६० वटा भएका छन् ।

उपमहानगरको चालु आर्थिक बर्षको बजेट र आम्दानी

उपमहानगरको चालू आवको कूल बजेट १ अर्ब ८० करोड रहेको छ ।




आयतर्फ विभिन्न करहरु ६ करोड ७२ लाख ६५ हजार, विभिन्न शुल्क तथा दस्तुरहरु ७ करोड ४८ लाख, सम्पत्ति वहाल ३३ लाख ८५ हजार, अन्य आय ४५ लाख ५० हजार, स्रोत बाँडफाडवाट प्राप्त ७ करोड ३ लाख २० हजार, जनसहभागिता वापत ३ करोड, मौज्दात सार्ने १० करोड ८३ लाख १५ हजार, अनुदान तथा सहयोग १ अर्ब ४ करोड १३ लाख बजेट तथा आम्दानी रहेको छ । यस्तै, उपमहानगरपालिका तर्फको जम्मा बजेट १ अर्ब ४० करोड र एकीकृत शहरी विकास आयोजना तर्फको ४० करोड रुपैयाँ बजेट छ ।

गत आवको कूल बजेट तथा सम्पन्न भएका योजना

कूल बजेट १ अर्ब ६२ करोड ६७ लाख

गत आवमा विनियोजित बजेटवाट चालु तर्फ ६८ प्रतिशत र पूँजीगततर्फ ५३ प्रतिशत बजेट खर्च भएको छ ।उपमहानगरले गत आर्थिक बर्षमा शहरी पूर्वाधार निमार्णतर्फ ४.५ किमी ढल निमार्ण सम्पन्न गरेको थियो भने ४.१२ किमी ढल निर्माणधिन अवस्थामा पुर्याएको थियो । यस्तै, ४४६ मिटर सडक कालोपत्रे समपन्न गरेको थियो भने ६.३ किमी सडक कालोपत्रे हुने अवस्थामा पुर्याएको थियो । यस्तै, २.४३ किमी सडक तथा ढल निर्माणाधिन अवस्थामा र ७९४ मिटर आरसीसी सडक निमार्ण सम्पन्न भएको छ भने १.३ किमी निमार्णाधिन अवस्थामा पुर्याएको थियो । यस्तै, १.२ किमी रिटेनिंगवाल निमार्ण समपन्न गरेको छ ।



यस्तै, १.५ किमी स्ल्याव निमार्ण समपन्न, ६२६ मिटर निर्माधिन, ११.४ किमी सडक मर्मत सम्पन्न, १ किमी पैदल मार्ग निमार्ण, २६.८४ किमी ट्रयाक चौडा, १६० मिटर ग्राभेल, ९१२ थाना तारजाली लगाउने काम, ९ मिटर खानेपानी पाइप निमार्ण, ४ स्थानमा कल्भर्ट निमार्णको काम गत आवमा सम्पन्न भएका उपमहानगरका काम हुन् ।





उपमहानगरका समस्या

आबस्यक मात्रमा जनशक्तिको अभाभ, थोरै जनशक्तिले थुप्रै शाखा उपशाखाका काम हेर्नु पर्ने भएकाले भने जति काम हुन नसकेको, झन्झटिलो खरीद प्रकृया, वडागत लक्षित वर्गका कार्यक्रम व्यबस्थित हुन नसकेका, लक्षित वर्गका कार्यक्रमप्रति सहि बुझाइ नभएको, आबस्यक मात्रमा उपकरणको अभाब, नियम कानूनको समेत अभाब र नियम कानून बनाउने विषयमा अस्प्रस्टता देखिएको छ ।

सुकुम्बासीको अवस्था

यस्तै, सुकुम्बासी पहिचान र व्यवस्थापनका लागि व्यवस्थापन समिति गठन भएको, अव्यवस्थित वसोबासको लगत संकलन र घर नम्बरिङ्ग कार्य भई रहेको, व्यवस्थित आवास नमुना कार्यक्रम संचालनका लागि प्रारम्भिक कार्य भैरहेको र सुकुम्बासी व्यवस्थापनका लागि नियमावली तयार गर्ने कार्य भैरहेको उपमहानगरले जनाएको छ ।




उपमहानगरका चुनौती

कानुनी अस्पष्टता स् स्थानीय सरकार संचालन ऐन लागु भएतापनि आर्थिक कायविधि लगायत अन्य थुप्रै कानुनको अद्यावधि अभाव रहेको विषयगत कार्यालयहरुको सम्बन्धित कानुन अद्यावधी कायम रहेकोले काममा द्विविधा र अस्पष्टता रहेको छ ।

संरचनागत समस्याः कर्मचारीको संगठन संरचना दरबन्दी र पदपूर्तिको स्पष्ट खाका तयार भईनसकेको, कर्मचारी समायोजनको कार्य पूरा नभए सम्म यो समस्या रहीरहने सम्भावना रहेको छ ।



विषयगत कार्यालयको तालमेल नभएकोः कार्यक्रम नगरसभा सम्पन्न भएको धेरै लामो समय पछि मात्र प्राप्त हुन आएकोले नगर सभाबाट स्वीकृत र विषयगत कार्यालयबाट प्राप्त कार्यक्रमहरुबीच तालमेल नभएको अवस्था देखिउको छ ।

अपर्याप्त श्रोत साधन, बजेटको परिमाण बढी देखिएपनि नगरपालिकाका साविक कर्मचारी, शिक्षा, स्वास्थ्य र अन्य निकायबाट आएका कर्मचारी शिक्षकको तलबमा ठूलो बजेट राशी खर्च हुने हुँदा पुँजीगत खर्चका लागि मागको अनुपातमा बजेट अपर्याप्त भएको छ ।

अपर्याप्त बजेटका कारण आएका सबै कर्मचारीलाई साधन श्रोतको व्यवस्था गर्न नसकिएको र खानेपानी परियोजनामा अन्तर्गत पंचकन्यामा निर्माण हुने पानी टंकी निर्माण कार्यमा स्थानीय जातीय संस्थाहरुको अवरोध देखिएको छ ।