चाँगुनारायण नगरपालिकामा आपतकालिन अवस्थाको प्रतिकार्य योजना अभ्यास सम्पन्न

६ महिना अगाडि ७६१ खबर डटकम

भक्तपुर -भक्तपुरको चाँगुनारायण नगरपालिकाले बिहीबार आपतकालिन अवस्थाको पूर्व तयारी तथा प्रतिकार्य योजना कृतिम अभ्यासको कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाको आयोजनामा प्रगती परियोजनाको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरस्तरिय ९ वटा समूहले आफुले तयार गरेको प्रतिकार्य योजना अभ्यास गरेका थिए ।



विपद् व्यवस्थापको क्षेत्रमा थुप्रै काम गर्दै आएको चाँगुनारायण नगरपालिकाले त्यस्तो विपद् तथा आपतकालिन अवस्था आएमा त्यसवाट कसरी वच्ने भन्ने अभ्यास सञ्चालन गरेको हो । आपतकालिन अवस्था आएमा त्यसवाट बच्न र अरुलाई समेत सुरक्षित बनाउन पूर्व तयारी अभ्यास तथा प्रतिकार्य योजना सञ्चालन गरिएको नगरपालिकाका सूचना अधिकृत सिद्धान्त न्यौपानेले बताउँनुभयो ।



प्रतिकार्य अभ्यासमा राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणका शंकरहरी आचार्यले सहजीकरण गर्नुभएको थियो । नगरपालिकाकी उपमेयर विना बाँस्तोला, अधिकृत शारदा रजौरे, राजकुमार लामिछाने,विभिन्न ९ वटा नगरस्तरिय समितिका सदस्य, प्रगती परियोजनाकी शक्ति गुरुङ लगायतको उपस्थिती रहेको थियो ।



नगरपालिका आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधिको कृतिम अभ्यास कार्यक्रम प्रगती परियोजनाको सहयोगमा भएकाले यसले थप सहयोग पुग्ने परियोजनाकी शक्ति गुरुङले बताउँनुभयो ।कार्यक्रममा ९ वटा समूहले वनाएको योजनाको अभ्यास र तयारीको प्रस्तुती समेत गरिएको छ ।