पर्साको जिराभवानी गाउँपालिका : भौतिक पूर्वाधारलाई दिँदैछ प्राथमिकता

६ महिना अगाडि किरण ढकाल

पर्सा - जिराभवानी गाउँपालिका प्रदेश २ अन्र्तगतको पर्सा जिल्लाको स्थानीय तह हो । यो गाउँपालिकाले भौतिक पूर्वाधार निमार्णलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि बनाइएको सबैजसो योजनामा सडक, ढल, नाला, खानेपानी, विद्यालय तथा स्वास्थ्य चौकी भवन निमार्ण, विजुली तथा कृषि यान्त्रिकरणका क्षेत्रलाई विषेश प्राथमिकतामा राखिएको हो ।





गाउँपालिकाले गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा पनि भौतिक पूर्वाधार क्षेत्रको विकासनै प्राथमिकतामा परेका छन् । गाउँपालिका अध्यक्ष रामपृत महतो नयाँ तथा पुराना मुख्य र शाखा सडककको निमार्ण तथा मर्मत, बर्थिङ सेन्टर निमार्ण, सामुदायीक भवन निमार्ण, कृषि वोरिङ, विजुलीको पोल व्यवस्थापन तथा खानेपानी व्यवस्था लगायतका काममा गाउँपालिकाको बजेट खर्च भएको बताउँनुहुन्छ । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पशुपालन लगायतका क्षेत्रलाई समेत योजनावद्ध रुपमा सञ्चालन गरिरहेको गाउँपालिकाले आफ्ना ५ वटै वडामा समानुपातिक रुपमा विकासका काम गरिरहेको छ ।




‘हामीले गत आर्थिक बर्षमा २४ करोड रुपैयाँ र चालु आर्थिक बर्षमा २५ करोड रुपैयाँको बार्षिक बजेट विनियोजन गरेका छौ’, ७६१ खबरसँग कुरागर्दै अध्यक्ष महतोले भन्नुभयो, ‘सडक, विजुली, भवन निमार्ण, खानेपानी लगायत शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकतामा राखेका छौ ।’ सामाजिक सुरक्षा अन्र्तगत वृद्धावृद्धा सेवा भवन तथा एम्वुलेन्स खरिद जस्ता काम पनि गाउँपालिकाले गरको उहाँले बताउँनुभयो ।

अहिलेसम्म के के काम भए ?




गाउँपालिकामा जनप्रतिनिधि आएपछि पूर्वाधार निमार्णसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा समेत काम भएका छन् । गाउँपालिकाले ३ किलोमिटर सडक ढलान, ४० लाख रुपैयाँ लागतमा मुख्य सडक ग्राभेल, पुरानो वाटो मर्मतको काम यो एक बर्षमा सम्पन्न गरेको छ । सडक ढलान, नाला निमार्णको काममा एक करोड रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, २ वटा बर्थिङ सेन्टर निमार्ण भएका छन् । एम्बुलेन्स खरिद, औषधी खरिद, सामुदायीक भवन निमार्णको काम पनि एक बर्ष अवधीको प्रगती हो । यो काममा गाउँपालिकाले एक करोड रुपैयाँ खर्च गरेको छ ।



कृषि क्षेत्रको विकासका लागि ४० लाखको वोरिङ निमार्ण गरेको छ । कृषि विद्युतिकरणका लागि विजुलीको तार र पोल खरिद गरेको छ । यो काममा उक करोड ५० लाख रुपैयाँ खर्च भएको जनाइएको छ । पशु सेवाका लागि सेवा केन्द्रमा जम्मा गरेर सवै कृषकको पशु चौपाय निशुल्क स्वास्थ्य परिक्षण र औषधोपचार पनि गाउँपालिकावाट भएको छ ।

हुलाकी राजमार्गसँग छोएको सडकमा ५ बर्षमा नाला व्यवस्थापनको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको गाउँपालिकाले साना तिना पुल निमार्ण गर्ने काम पनि गरिरहेको अध्यक्ष महतोले जानकारी दिनुभयो । उहाँका अनुसार इमिर्ति खोलामा २ वटा पुल निमार्ण भएका छन् भने ओरिया, भलवाई लगायतका खोलामा माग भइरहेको छ ।

गाउँपालिकामा सवैका लागि खानेपानी व्यवस्था गर्ने योजना अनुसार धारा जडानलाई उच्च प्राथमिकतामा राखेको जनाइएको छ । जसका लागि अहिलेसम्म २५ वटा धारा जडानको काम सम्पन्न भएको छ । खानेपानीका लागि ४० लाख बजेट व्यवस्थापन गरेको गाउँपालिकाले सवैलाई शुद्ध खानेपानी पुर्उाने नीति अवलम्वन गरेको जनाएको छ ।

शिक्षा र स्वास्थ्यमा गाउँपालिका




जिराभवानी गाउँपालिकाले सामाजिक कामलाई निरन्तर अगाडी वढाउँदै लैजाने अभियान स्वरुप निशुल्क रुपमा कक्षा ८ को छात्राहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिका अध्यक्ष महतोले सो सायकल वितरण गर्नुभएको हो । यस्तै, गाउँपालिकाद्वारा कक्षा १० का विद्यार्थीलाई ११ हजार उपहार प्रदान गरेको छ ।स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालाई पनिसँगै उत्तिकै प्राथमिकतामा दिइरहेको गाउँपालिकाले औषधी खरिद, सुत्केरी तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लगायतका काम पनि गरिरहेको छ ।



शिक्षामा मात्र ४ वटा विद्यालयको भवन निमार्ण तथा बार्षिक २५ लाख सञ्चालन गर्ख गाउँपालिकाले वेहोर्ने गरेको जनाएको छ । विदालय शिक्षालाई निरन्तर जोड दिदै आएको गाउँपालिकाले आफ्नो क्षेत्रका सवै बालबालिकालाई विदालय शिक्षावाट बञ्चित हुन नदिने रणनीति समेत लिएको जनाएको छ ।यस्तै, गाउँपालिकालेनिशुल्कआँखा शिविर सञ्चालन रनिशुल्कसुधारिएको चुल्हो वितरण गरेको छ ।





खेलकुदमा जिराभवानी




गाउँपालिकाले अन्य क्षेत्रलाई जस्तै खेलकुदलाई पनि प्राथमिकतामा राखेको छ । यसैसन्दभमा पर्सवा गोल्ड कप सम्पन्न भएको छ भने यसका लागि पहिलो किस्ता वापत ४ लाख ५० हजारको चेक गाउँपालिका अध्यक्ष रामप्रित महतोले प्रदान गर्नुभएको छ ।