चौतारा साँगाचोकगढी नगरपालिकाको एकघर एकधारा अभियान

११ महिना अगाडि दिनेश दुलाल


चार वर्षमा १अर्ब ४ करोडको खानेपानी आयोजना


सिन्धुपाल्चोक (चौतारा)-चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगर भित्रका नागरिकलाई खानेपानीको पहुँच पु¥याउने हिसावले एकघर एकधाराको अवधारणा ल्याएको छ ।

अबको एकवर्ष भित्र नगरपालिकालाई खानेपानी अभावमुक्त नगर बनाउने उक्त नगरपालिकाका मेयर अमानसिं तामाङले ७६१ खवर डटकमलाई बताउनुभयो । ‘अब हामी एक बर्षभित्र यो नगरपालिकालाई खानेपानी अभावमूक्त बनाउँछौं, एकघर एकधारा पु¥याउने हाम्रो लक्ष्य छ’, मेयर तामाङले भन्नुभयो ।

नगरपालिकाका अनुसार उक्त नगरभित्र भूकम्प गएयता विभिन्न संघसंस्थाबाट मात्रै १ अर्ब ४ करोडको खानेपानी आयोजनाहरु सञ्चालनमा छन् ।जसमध्ये सबभन्दा बढी जापानी संस्था जाईकाको आर्थिक सहयोगमा होल्चे–चौतारा खानेपानी आयोजना ६४ करोडको रहेको छ । भूकम्प पश्चात सुरुवात भएको उक्त आयोजना सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा रहेको नगरपािलकाकी उपमेयर जानुका पराजुलीले बताउनुभयो ।उहाँका अनुसार दोस्रो ठूलो आयोजना संघीय सरकारको आर्थिक लगानीमा सोही नगरपालिकाको वडा नम्बर ११, १२ अन्र्तगत साँगाचोकमा ३४ करोडको धमाधम निर्माण हुँदै छ ।

जनहितको समन्वयमा ६ करोड २९ लाखको योजना


जनहित ग्रामिण सेवा समिति सिन्धुपाल्चोकले अक्सफाम नेपाल, वल्र्ड भिजन, कारितास जर्मनी÷कारितास नेपाल, युनिसेफ, लगायतका अन्र्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सहयोगमा चौतारा सांगाचोककढी नगरपालिकामा ६ करोड २९ लाख लगानीमा खानेपानी आयोजनाहरु निर्माण भएको जनहितका कार्यक्रम संयोजक रोहित शर्माले खवर डटकमलाई बताउनुभयो । उहाँका अनुसार जनहितको साझेदारीमा भूकम्प पश्चात खानेपानी सरसफाइ तथा स्वच्छता पुनस्र्थापना सम्बन्धि विभिन्न परियोजनाहरु मार्फत खानेपानी योजना निर्माण, सिंचाइ योजना निर्माण, जिविकोपार्जन कार्यक्रम, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन, विपद जोखिम न्युनिकरण, सुरक्षित आवास निर्माण लगाएतमा चौसागढी नगरपालिकालाई प्रत्यक्षलगानी गरेको छ । नगरपपालिका संगको समन्वय तथा बजेट साझेदारी, प्राविधिक तथा सामाजिक परिचालनको क्षेत्रमा सहयोग पुुर्‍याएको जनहितले उक्त नगरपालिकामा सञ्चालित खानेपानी आयोजनाहरु निर्माण गरि हस्तान्तरण गरिएको कार्यक्रम संयोजक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प यत नगरमा सम्पन्न भएका आयोजनाहरुमा निम्नअनुसार रहेका छन् ।





बाँकी रहेका अन्य योजनाहरु समेत नगरपालिकाको लक्षित योजनामा समावेश गरेर सञ्चालिनत गरिने कार्यक्रम संयोजक शर्माले बताउनुभयो ।यसैबीच सोही नगरपालिकाको वडा नं. १ स्याउलेको बाङ्बामा निर्मित बाङबा खानेपानी आयोजना बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । २० घनमिटरको पानी ट्याङ्की र १३ वटा सार्वजनिकधाराबाट ८३ घरधुरीका जम्मा ३९८ जनसंख्या लाभान्वित हुने उक्त योजना कार्यक्रममा प्रमुख अतिथि तथा कारितास जर्मनीका कार्यक्रम अधिकृत पुकार क्षेत्री, वडाअध्यक्ष सानुकान्छा श्रेष्ठ र कारितास नेपालका कार्यक्रम संयोजक चक्रपाणी जोशीले संयुक्त रुपमा रिबन काटेर साथै धारा खोलेर उद्घाटन गर्नुभएको थियो ।

कारितास जर्मनी र कारितास नेपालको सहयोगमा जनहित ग्रामिण सेवा समितिको साझेदारीमा सञ्चालित जीविकोपार्जन र खानेपानी, सरसफाइ तथा स्वच्छता पुनस्र्थापना परियोजना अन्तर्गत निर्मित उक्त योजनाको कुल लागत रु. २३ लाख ६ हजार १ सय रहेको थियो । जसमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ वडा कार्यालयको रु. १ लाख ५० हजार सहयोग र ३ लाख बराबरको जनश्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तोक बहादुर तामाङले जनाकारी दिनुभयो ।

योजना हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले कारितास, जनहित, वडा कार्यालय र समुदायको संयुक्तलगानी र सहकार्यमा योजना सम्पन्न भएकोमा खुशीब्यक्त गर्नुभयो । साथै समुदाय लक्षित क्रियाकलापहरुमा यसैगरी साझेदारी तथा समन्वय रहिरहे दिगो विकास हुनेमा जोड दिनुभयो ।

योजनाको दिगोपनाको लागि उपभोक्ता समिति मार्फत २५ हजार र परियोजना मार्फत २५ हजार गरि रु.५० हजार बराबरको मर्मतसंभार कोष खडा गरिएको जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जनाकारी दिनुभयो ।

जिविकोपार्जन र आवास निर्माण विपदजोखिम न्युनिकरण, खानेपानी सरसफाइ तथा स्वच्छताको क्षेत्रमा काम गरिरहेको जनहित ग्रामिण सेवा समितिका हरेक कार्यक्रम तथा क्रियाकलापहरु समन्वयात्मक, पारदर्शी र समुदायको आवश्यकतामा आधारित रहेको भन्दै वडाअध्यक्ष सानुकान्छा श्रेष्ठले आगामी दिनमा पनि थप सहयोग र सहकार्य रहिरहने अपेक्षा राखिएको बताउनुभयो ।