समायोजन अध्यादेशको विरोधमा काठमाडौंमा कर्मचारीको प्रदर्शन

६ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं, १० पुस - सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशको विरोधमा मंगलबार काठमाडौंमा कर्मचारीले प्रदर्शन गरेका छन् ।
देशभरका स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा भेला भई सो अध्यादेशको विरोध गरेका हुन् ।
कर्मचारीले विरोध र्यालीपछि काठमाडौं महानगर परिसरमा भेला भई कोणसभा गरेका छन । कोण सभामा अध्यादेश सच्याउन माग गर्दै सरकारलाई दवाव दिएका छन् ।
सरकारले ल्याएको समायोजन अध्यादेश व्यवहारिक नभएको उनीहरुको तर्क छ । स्थानीय तहमा अहिले पनि २५ हजारमाथि कर्मचारी रहेका छन् । उनीहरुको विरोधका कारण स्थानीय तहमा एक सातावाट कामकाज प्रभावित भएको छ ।