त्रिपुरासुन्दरीबासीको मुहारमा परिवर्तनको आभास दिलाउन खोज्दैछौ

९ महिना अगाडि ७६१ खवर डटकम

भूपेन्द्र श्रेष्ठ, अध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चाेक

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका पछिल्लो समय विकास निर्माणामा निकै सक्रियतापूर्वक लागिपरेको छ । गाउँपालिकालाई कसरी सम्मृद्ध बनाउने भन्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठ निकै खटिरहनु भएको छ । स्थानीय तहको शक्तीशाली गाउँपालिका बनेपछि अध्यक्षमा निर्वाचीत श्रेष्ठको सक्रियताकै कारण गाउँपालिकाको मुहारमा परिवर्तनको आभास देखिन थालेको छ । ७६१ खवर डटकमका लागि दिनेश दुलालले उनै अध्यक्ष श्रेष्ठसँग गाउँपालिकाको विकास निर्माण, गतिविधी, आगामी योजना तथा कार्यक्रमलगायत समग्र गाउँपालिकाको विषयमा केन्द्रित भएर कुराकानी गरेका छन्। प्रस्तुत छ, गाउँपालिका अध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादीत अंश;

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षको हौसियतमा अहिलेसम्म विकास निर्माणका लागि के कस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढिरहनु भएको छ ?

समग्रमा भन्नुपर्दा अहिले सम्मको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलाई बढी केन्द्रित गरेका छौ । जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै योजना छनौट गरेर अगाडि बढिरहेका छौ ।

तपाईले अगाडि सार्नुभएको योजनाहरु के कत्ति पूरा भए ?

हामी अत्यन्त उत्साहित भएर लागिपरेका छौ । १९ बर्षसम्म जनप्रतिनिधि नभएको अबस्थामा जनतामा धेरै अपेक्षा थिए । जनताको अपेक्षालाई व्यवस्थीत गर्न भनेर अहिले हामी जोडतोडले लागिपरेका छौ । तर सुरुमा निर्वाचित हुने बित्तिकै गाउँपालिका चलाउने भवन बिशेष गरी ठाउँकै अभाव रह्यो । त्यसैगरी सरसर्ती काम गर्ने क्रममा कानुन निर्माण बाधाक बन्यो । हामीलाई छ महिनादेखि आठ महिनासम्म काुनुन निर्माणमै समय ब्यत्तित भयो । हामीले गाउँपालिकालाई व्यवस्थीत ढङगले चलाउनका निम्ति अस्थायी रुपमा भए पनि कोठाहरुको निर्माण गर्ने, व्यवस्थापन गर्ने क्रममा १ बर्ष समय त्यतै बित्यो । पहिलो बर्ष जनताका काम गर्न गाह्रो भएको छ । त्यसकारण जनताका अपेक्षाहरु पुरा हुन सकिरहेका छैनन । दोस्रो बर्ष प्रवेश गरीसकेपछि हाम्रा विकास निर्माणका एजेन्डा सूचारु गर्ने तरखरमा छौ । जस्तो स्वास्थ्यका कुरामा, सडकका कुरा, खानेपानीका कुरा र शिक्षा क्षेत्रलगायतका बिभिन्न क्षेत्रमा हामीले के के सुधार गर्नुपर्ने हो त्यसका निम्ति हामी तयारी अबस्थामा छौं । आगमी दिनहरुमा यस्ता योजनहरुलाई व्यवस्थीत ढङ्गले अगाडी बढाउनेछौ । व्यवस्थापनका निम्ति पनि बजेट बिनियोजन गरि अगाडि बढिरहेका छौ ।

तपाईंको स्थानीय तहका ठूला आयोजनाहरुलाई कत्तिको प्राथमिकतामा राखेको छ ?

खाँसगरी त्रिरपुरसुन्दरी गाउँपालिकाभित्र संघीय आयोजनाहरु खाँसै त्यस्तो परेको छैन । संसद विकास कोषबाट चाँहि केहि थोरै रकमहरु विनियोजन भएको छ । प्रदेश सरकारबाट भने ठिकै खालको बजेट विनियोजन भएको छ । एउटा चाहीँ सुनकोशीे माथि पार्टी तिर हाजारी भन्ने ठाउँमा बुद्धा पार्क स्थापनाको निम्ति हामीले संघिय सरकार र प्रदेश सरकारको निर्वाचन भनेका थियौं, जसका लागि प्रदेशबाट डेढ करोड रकम विनियोजन भएको छ । त्यसैगरी त्रिरपुरसुन्दरी गाउँपालिका केन्द रहेको पिसकर्ममा शौलु पार्क निर्मणको लागि २० लाख विनियोजन भएको छ । तौथलीमा खानेपानीका निम्ति भनेर ५० लाख छुटीएको छ । त्यस्तै, सडक निर्माणमा निम्ति १ करोड रुपैयाँ छुट्याएको छ ।
मूलत जनतालाई कृषी क्षेत्रमा केन्द्रित गर्ने सकियो भने अलिकति विकासतर्फ लगाउन सकिन्छ । विकासको महत्वपूर्ण पिलर भनेको सहकारी हो जसबाट जनतालाई परिचालीत गरेर जुनसुकै क्षेत्रमा पनि अगाडी लैजान सकिन्छ । त्यसकारण हामी सहकारी विकास र प्रबद्र्धन पनि योजना बनाउँदै छौ ।

कतिपय जनप्रतिनिधी सेवासुवाधको हिसावले विवादमा तानिएका छन तपाई चाँही यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?

हामीले चाँही प्रदेश सरकारले दिइएको ऐन मुतावीक खाँस गरी अध्यक्षलाई मासिक ३० हजार, उपाध्यक्षलाई २५ हजार, कार्यपालिकाको सदस्यहरुलाई ६ हजार र सदस्यहरुलाई ५ हजारलाई ब्यवस्था गरिएको छ । खाँस गरी गाउँपालिकाको कामले बाहिर जानुभयो भने जनप्रतिनिधि साथीहरुलाई विशेष भत्ताको ब्यवस्था गरिएको छ । त्यो भन्दा अरु कुनै खालको व्यवस्था गरेका छैन । हाम्रो स्थानीय तहमा त्यस्तो विवाद आएको छैन ।

विपक्षी राजनीतिक दल तथा कर्मचारी वृत्तसाग कसरी समन्वय गरिरहनुभएको छ ?
सगरी कर्मचारी साथीहरुसँग समन्वय गरेर अगाडी बढेका छौ । विकास निर्माणामा मितव्ययी ढङ्गले अगाडी बढेका छौ । विपक्षी भन्नेबितिकै यस गाउँपालिकामा चाँहि काङग्रेसको ३ नं. वडामा नेतृत्वमा छ । उहाँहरुसँग पनि पनि मिलेर काम गरिरहेका छौ । हामीले पक्ष विपक्ष नभनी हरेक गतिविधिमा सबैसँग सहकार्य गरेर काम गदै आएका छौ ।
तपाईंको स्थानीय तहमा अहिलेका मुख्य आवश्यकता के कस्ता छन ? विकास निर्माणमा योजना छनौट गरेर काम गरिरहनु भएको हो ?

हाम्रो स्थानीय तहमा गरिहाल्नुपर्ने काम भनेको सडक नै हो । किनभने सडक विकासको पहिलो पूर्वाधार भएको हुनाले यसलाई तत्कालपिच, ग्राभ्रेल तथा सडक बढाउने जुन हाम्रो पहिलो काम हो । त्यसपछि केही केही वडाहरुमा खानेपानीको अस्तब्यवस्थतता भएको हुनाले यसलाई व्यवस्थीत गर्नुपर्ने छ । अर्को कृषीप्रती भौगोलिक हिसावले अलीकती विकटता भएको हुनाले कृषी क्षेत्रमा आधुनिकरण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

पाँच वर्षमा अरु केही महत्वकांक्षी योजना पनि छन् कि ?

हम्रो महात्वकांक्षी योजना भनेको २ वटा वडा टेकनपुर ६ नं. वडा र वडा नम्बर २ नं. केन्द्रसँग जोड्ने सडकलाई ब्यवस्थित गर्ने योजना छ । त्यस्तै, अर्काे पर्यटकीय स्प्रोटसको लागि धुसकिनको माथि बुद्धा पार्क, तौथलीमाथि टक्सी डाँडा भन्नेमा पिकनिङ स्पोड, व्यवस्थीत गर्नुपर्ने छ । स्कूलहरुमा बिशेष गरी आधरभुत तहमा अग्रेजी मिडियम बनाउनुपर्ने भनेका छौ र स्वास्थ्य क्षेत्रमा औषधिको व्यवस्थापन गर्ने देखी जहाँ स्वास्थ्य चौकी छैन त्यहाँ ५ बर्ष भित्र निर्माण गर्ने भनेका छौ ।

गाउँपालिकामा बजेटको खर्चको अबस्था कस्तो छ ?

बजेट खर्चलाई हामीले अहिले दुत्र गतिमा अगाडि बढाइरहेका छौ । छनौट भएका योजना र बजेट परेका योजनालाई समयमै सम्पन्न गर्ने गरि अगाडि बढेको जानकारी गराउन चाहान्छु । चालु आर्थिक वर्षको कुरा गर्नुपर्दा अहिलेसम्म १५ देखि २० प्रतिशत खर्च भएको अवस्था छ । मलाई लाग्छ अहिलेको गतिमा कुनै पनि योजनामा विनियोजना गरिएको बजेट फ्रिज हुनेछैन ।
विकास निर्माणको क्रममा के कस्ता चुनौती समाना गर्नुपरिरहेको छ ?

विकास निर्माण गर्ने क्रमा धेरै चुनौती आउने गरेका छ । ससाना चुनौतीलाई हल गर्दै सामूहिक रुपमा सबैलाई समेटेर अगाडि बढेको खण्डामा चुनौती हल गर्न सकिने रहेछ । हामीले गाउँपालिकाभित्र चुनौती सामाना गर्न बजेटिङ गरेका छौ । त्यसको कार्यान्वयन शत प्रतिशत गर्ने ढंगले अगाडि बढेका छौ ।

कर्मचारी संयन्त्रबाट तपाईले के कस्तो सहयोग पाउनुभएको छ ?

कर्मचारी संयन्त्रबाट राम्रो सहयोग मिलेको छ । हामी जनप्रतिनिधिले कर्मचारीसँग समन्वय गरेर नै विकास निर्माण गर्ने हो । हाम्रो गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको जस्तै सम्बन्ध छ ।

समग्रमा तपाईको स्थानीय तह कुन अवस्थामा छ र कार्यकालभित्र कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?

समग्रमा भन्नुपर्दा हाम्रो स्थानीय तहको अबस्था बिकास निर्माणको दृष्टिकोणले मध्यम खालको छ । समग्रमा नेपालको विकासक्रमलाई हेर्न हो भने हाम्रो स्थानीय तह ठीकै चरणमा छ । मेरो कार्यकालमा हामीले जति भनेका छौ र प्रतिबद्धता ब्यक्त गरेका छौ त्यो आगामी ५ बर्ष भित्र पुरा गर्न सकिन्छ भन्ने लाग्छ । मलाई विश्वास छ निर्वाचनको बेला मैले ब्यक्त प्रतिबद्धता सत प्रतिशत त भन्दिन तर धेरैजसो पूरा गर्नेछु ।

अहिले सम्म कस्ता कानुन बनाउनुभयो ?

सर्वप्रथम त संविधानले आफुलाई चाहिने कानुन आफै निर्माण गर्ने भनेको छ । त्यसकारण संघीय र प्रदेशको कानुनसँग नबाजिने गरी बनाउनुपर्छ भनेर बनाएका छौ । हामीले १७ वटा ऐन पास गरेका छौ । कार्यान्वयन गर्ने क्रममा चाँहि कर्मचारी कम भएका कारणले व्यवस्थापनका कुराहरु एकदम कम भएको छ ।

निर्वाचीत जनप्रतिनिधिहरुबीच सामुहिक भावना कस्तो देखिएको छ ?

निर्वाचन जनप्रतिधिबीचको भावना उत्साहित रहेको छ । सबै जनप्रतिनिधि आफ्नो स्तरबाट बिकास निर्माणका कार्यमा रस्सा कस्साको साथ लाग्नु भएको छ ।

अल्पकालीन मध्यकालीन र दिर्घाकालीन योजना यहाँहरुले बनाउनु भएको छ ?

अहिले हामी दिर्घाकालीन योजना बनाउने क्रममा छौं । तत्काल भने हामी अल्पकालीन योजनाहरु पूरा गर्न लागिपरेका छौ । जस्तो सडकलाई पिच गर्ने, स्कूललाई अग्रेजी मिडियम लागु गर्ने, स्वास्थ्य क्षेत्रमा औषधी व्यवस्थापन गर्ने जस्ता मध्यम खालका योजनहरु पूरा भएका छन् ।

सेवाग्रहीलाई कसरी डेलिभर दिनु भएको छ ?
सेवाग्राहीलाई सकेसम्म समयमा सेवा प्रदान गर्न लागिपरेका छौ । कुनै दिन हाम्रो काम भएन भन्नि अनुभुति गराएको जस्तो लाग्दैन । यथा शिघ्र छिटो काम गराएर पठाउनुहोस भनेको छु । सिहंदरबार घर आगनमा आएको हो भन्ने खालको आवास गरेका छौ । सेवाग्राहीले सेवा लिने क्रममा विमुख हुनुनपर्ने खालको वातावरण सिर्जना गरिएको छैन ।

यो स्थानीय तहमा सिंचाई वनजङगल, वातावरणको अबस्था कस्तो छ ?

हाम्रो स्थानीय तहमा बढि मात्रमा वनजङगल र हिमालसँग जोडिएको हुनले यहाँको वातावरण चिसो छ । तर असर पुरयाउने खालको वातावरण छैन ।