बाराको सुबर्ण गाउँपालिका : योजना अनुसारका ९० प्रतिशत काम सम्पन्न

८ महिना अगाडि किरण ढकाल

बारा – प्रदेश नम्वर २ अन्र्तगत बाराको सुवर्ण गाउँपालिकाले गत आर्थिक बर्षमा तयार गरेका योजना मध्ये ९० प्रतिशत योजना सम्पन्न गरेको छ ।
गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि विकास निमार्ण, सामिाजिक तथा शैक्षिक क्षेत्रको काम दुत्र गतिमा भएको हो । गाउँपालिकाले गत आर्थिक बर्षमा सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई विषेश प्राथमिकता दिदै २९ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । सो बजेटमा हाल सम्म ९० प्रतिशत प्रगति हासिल भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले बताउँनुभयो ।




‘हामीले गत आवमा ९० करोडको बजेट विनियोजन गरेका थियौ’, उहाँले ७६१ खवरसँगको कुराकानीमा भन्नुभयो, ‘त्यो बजेटमा राखिएका योजना मध्ये करिव ९० प्रतिशत काम भइसकेका छन् ।’ उहाँका अनुसार गाउँपालिकाले संघीय, प्रदेश सरकार लगायतवाट पाएको शर्शत तथा निसर्त बजेट, राजश्व बाँडफाँड तथा स्थानीय सरकारको आम्दानीलाई लिएर बजेट निमार्ण गरेको थियो । सो योजनामा राम्रो काम भएको पनि उहाँले बताउँनुभयो ।




अध्यक्ष यादवले आफ्नो गाउँपालिकामा कर्मचारीको समस्या नरहेको, र जननिर्वाचित प्रतिनिधि र प्रतिपक्ष दलको तर्फवाट पनि गाउँपालिकाको विकासमा सहयोग भइरहेको जानकारी दिनुभयो । सो गाउँपालिकाले गत आर्थिक वर्ष र चालु आवमा विनियोजन गरेको बजेटवाट सडक कालोपत्रे, ढलनाला, विद्यालय भवन निमार्ण, लगायतका काम गरकेो छ ।

के काम भयो गाउँपालिकामा ?


गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा विनियोजन भएको बजेटमा निमार्ण गरिउका योजना मध्ये गाउँपालिकाले हालसम्म १० किलोमिटर सडक ग्राभेल गरेको छ । यस्तै, ५ किमी ढलान, ८ वटै वडामा विद्यालय भवन निमार्णका काम गरेको गाउँपालिका अध्यक्ष यादवले वताउँनुभयो । अहिलेसम्म १० वटा भवन निमार्ण भएको र ५० लाख खर्च भएको उहाँको भनाइ छ ।



यस्तै, ३५ लाख रुपैयाँ लागतमा गाउँपालिकामा वर्थिङ सेन्टर निमार्ण गरेको गाउँपालिकाले जनाएको छ । सिंचाइ असुविधा भउकालाई एक सय १० वटा वोरिङ वितरण पनि गाउँपालिकाले गरेको छ । यस्तै, वडा कार्यालयलाई गत आवमा १० लाखका दरले वजेट विनियोजन गर्दै वडागत रुपमा समेत विकासका काम भइरहेको उहाँले जनाकारी दिनुभएको छ ।




यस्तै, गाउँपालिकाले आफ्नो स्वासिमत्तवमा रहेको पोखरीको निमार्णका लागि ठेक्का लगाउने काम पनि गरेको छ । गाउँस्तरमै आम्दानीका लागि पोखरी ठेक्का लगाउने तथा स्वास्थ्य क्षेत्रको विकासका लागि महिला स्वयमं सेविकालाई सहयोगी सामाग्रि वितरणको काम पनि गाउँपालिकाले गरेको छ ।



स्वास्थ्यका लागि बजेटमै व्यवस्था गरेर सो कार्यक्रम लागु गरेको जनायएको छ । यस्तै, किसानलाई हरियो मल वितरण लगायतका काम पनि गाउँपालिकाले गरिरहेको छ ।