कोशी गाउँपालीकाले सामूहिक विवाह गराउन बजेट छुट्टयाउने

१० महिना अगाडि ७६१ खबर डटकम

लौकही, ९ पुस । सुनसरीको कोशी गाउँपालीकाले आगामी वर्षको बजेटमा सामूहिक विवाह गराउन बजेट छुट्टयाउने भएको छ । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ३ स्थित नहर चौकमा आयोजित दाईजो विरुद्धको कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले आगामी वर्षको बजेटमा सामूहिक विवाह गराउनका लागि छुट्टै बजेट ल्याउने बताएका छन् ।

दिनहुँजसो गाउँपालीका क्षेत्रका दैनिक जन मजदुरी गरी जीविकोपार्जन गर्दै आएको निम्न आएका भएका परिवारले छोराछोरीको बिहेको लागि भन्दै सहयोग माग्न आउने क्रम बढेको भन्दै अन्सारीले सो कुरा बताएका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले भने १० जोडीलाई सामूहिक बिहेको भोज गराउने गरी तयारी थालेको छु । दाइजो समाजकै लागि ठुलो समस्या रहेकोअध्यक्ष अन्सारीले बताए ।


इस्लामी संघ नेपालले कोशी गाउँपालीकाको सहयोगमा आयोजना गरेको दाइजो विरुद्धको अभियानमा बोल्दै सुनसरी प्रहरीका प्रहरी निरीक्षक सुनिल दाहालले दाईजो लिनु र दिनु अपराध भएको बताउदै दाइजो सम्बन्धि नेपाल तथा अन्तर्रा्ष्ट्रिय कानुनको बारेमा जानकारी गराएका थिए । सोही कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी चुन्नी खातुनले समाजमा दाइजो ठुलो कलह रूपमा रहेको बताइन् । कार्यक्रम मानवअधिकारकर्मी रमेश भट्टराई,प्रहरी निरीक्षक सुनिल दाहाल,अब्दुल वासिक,हरेकृष्ण राउत,अशोक यादव,अनिलकुमार यादव,प्रहरी नायब निरीक्षक शिवकुमार शर्मा लगायतले बोलेका थिए ।