सूर्यविनायकका प्रधानले गरे शववाहन सहयोग

९ महिना अगाडि ७६१ खबर डटकम

भक्तपुर– सूर्यविनायक नगरपालिका निवासी अजय प्रधानले भक्तपुर ख्रीष्टियन समाजलाई शव वाहन सहयोग गरेका छन् ।भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानले पूर्वमन्त्री एवं भक्तपुर– २ का सांसद महेश बस्नेतको उपस्थितिमा शव वाहन सहयोग गरेका छन् । उक्त शव वाहको मूल्य झण्डै १६ लाख रुपैयाँ पर्ने उनले जानकारी दिए ।

सूर्यविनायक चौक नजिकै जेबी कस्मेटिक सञ्चालन गर्दै आएका प्रधानले आफूले सम्पन्न भएर दान नगरेको बताए । ‘मैले धेरै सम्पत्ति भएर सहयोग गरेको होइन,’ उनले भने, ‘समाजबाट कमाएको केही नाफा समाजलाई नै फिर्ता गर्नमात्रै खोजेको हुँ ।’प्रधानले शव वाहन सबै धर्मप्रति आस्था राख्नेहरुका लागि प्रयोग गरिने जानकारी दिए ।

पूर्वमन्त्री एवं भक्तपुर– २ का सांसद महेश बस्नेतले प्रधानले गरेको सत्कर्म सबैका लागि प्रेरणा भएको बताए । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व वहन गर्न अपिल गरे ।