जनकपुरधाम उपमहानगरको अभियान : भौतिक पूर्वाधारको विकास र मिथिला साँस्कृतिक शहर निमार्ण

१० महिना अगाडि किरण ढकाल

प्रदेश नम्वर २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले जननिर्वाचित प्रतिनिधि पाएसँगै एक बर्षयता नगरको भौतिक पूर्वाधार निमार्ण तथा सामाजिक क्षेत्रको विकासमा तिव्रता दिएको छ । साँस्कृतिक नगरीका रुपमा समेत परिचित जनकपुरधाम उपमहानगरले नगरभित्र सडक विस्तार, सडक पीसीसी गर्ने, नाला तथा ढल निमार्ण, वाटो ग्राभेलिङ गर्ने मात्र नभई ‘मिथिला साँस्कृतिक शहर’ निमार्णको अभियानलाई समेत तिव्र वनाएको हो ।



उपमहानगरमा निर्वाचित भएपछि मेयर लालकिशोर साह तथा उपमेयर रिताकुमारी मिश्रले समग्र नगर क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा पर्यटकीय विकासलाई तिव्रता दिने प्रतिवद्धता जनाउनुभएको थियो । मेयर र उपमेयरको यो प्रतिवद्धा अनुसार अहिले नगरभित्र भौतिक संरचनाको निमार्ण, मर्मत तथा साँस्कृतिक शहरको विकासमा उत्साहजनक प्रगति देखिएको छ । मुलुकका अन्य उपमहानगर भन्दा सफा, सुन्दर र पर्यटकीय शहर निमार्ण गर्न योजनावद्ध रुपमा काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

एक बर्षमा के भयो भौतिक प्रगति ?



जनकपुरधाम उपमहानगरपालिकाले एक बर्षमा सञ्चालन गरेका योजनामा भौतिक क्षेत्रको प्रगति उत्साहजनक छ । उपमहानगरले गत आवदेखि अहिलेसम्म सञ्चालन गरेका वडागत योजनामा कार्य सफलता प्राप्त गरेको छ । उपमहानगरका उपसचिव प्रदिप साहका अनुसार वडागत रुपमा उपमहानगरले गत आवमा सञ्चालन गरेको योजनामा कूल ४ हजार ७ सय ९७ मिटर सडक पिसीसी, ५ हजार ३ सय २४ मिटर नाला निमार्ण, २२ हजार ५ सय २८ मिटर सडक ग्राभेल तथा माटो भरेको, ३ हजार ४ सय ६९ मिटर सडक मर्मत र ९ वटा वडा कार्यालय भवन मर्मत भएका छन् ।

कुन वडामा के कति काम भयो ?



वडा १
११० मिटर सडक पिसीसी ढलान, ९५ मिटर नाला, ८९४ मिटर सडक माटो तथा ग्राभेल र ३५ मिटर प्रोटेक्सन वाल निमार्ण गरेको छ । जसका लागि २९ लाख ८२ हजार ५ सय ३० रुपैयाँ खर्च भएको छ ।
वडा २
३९१ मिटर सडक पिसीसी, २२३ मिटर नाला निमार्ण, कन्टेनर १८ चापा कल १ लागत खर्च ३५ लाख २० हजार ६ सय ९५ रुपैयाँ खर्च भएको छ ।
वडा ३
१७३ मिटर सडक पिसीसी, एउटा वडा कार्यालय मर्मत लागत खर्च १२ लाख ५७ हजार ८ सय ९० रुपैयाँ ।
वडा ४
६५९ मिटर सडक पिसीसी, ६४७ मिटर नाला निमार्ण, ५१२ मिटर सडक मर्मत एउटा कल्भर्ट निमार्ण लागत रकम ७२ लाख ८१ हजार ९ सय १९ रुपैयाँ ।
वडा ५
१३० सडक पिसीसी, ६० मिटर नाला निमार्ण, ३ वटा चापा कल निमार्ण लागत रकम १३ लाख ८ हजार १ सय ९२ रुपैयाँ ।
वडा ६
२७८ मिटर पिसीसी ढलान लागत रकम २४ लाख २१ हजार ८ सय २२ रुपैयाँ ।
वडा ७
५४४ सडक पिसीसी, ११७ मिटर नाला निमार्ण, ५९३ मिटर माटो ग्राभेल, पर्खात ३५ मिटर, सोलार जडान ३ वटा लागत रकम ८५ लाख ८५ हजार १७३ रुपैयाँ ।



वडा ८
१३७ मिटर सडक पिसीसी, २३७ मिटर नाला निमार्ण, १२४८ मिटर ग्राभेल, ६०२ मिटर सडक मर्मत एउटा वडा कार्यालय मर्मत, बाल आश्रमको काम लागत ६७ लाख ४० हजार ६ सय रुपैयाँ ।
वडा ९
१८३ मिटर पिसीसी, ३५६ मिटर नाला निमार्ण, ८७ मिटर सडक ग्राभेल, कन्टेनर १३ र चापा कल ३ वटा लागत रकम ४८ लाख ७१ हजार ५ सय १२ रुपैयाँ ।
वडा १०
९९ मिटर सडक पिसीसी, २६४ मिटर नाला निमार्ण, २५६ मिटर ग्राभेल, नाला सफाइ कलर्भट लागत रकम २८ लाख ११ हजार ३ सय २९ रुपैयाँ ।
वडा ११
१५३ मिटर पिसीसी, ८५ मिटर नाला निमार्ण, वडा कार्याmलय र्ममत लागत खर्च १८ लाख २९ हजार ५२ रुपैयाँ ।
वडा १२
१५३ मिटर पिसीसी, ७१ मिटर नाला निमार्ण, ग्राभेल १०८५ मिटर, ५९७ मिटर सडक मर्मत, प्रोडक्सन वाल ११३ मिटर, २ वटा कल्भर्ट निमार्ण, लागत रकम ४२ लाख ८९ हजार ३२७ रुपैयाँ ।
वडा १३
६१ मिटर नाला निमार्ण, ग्राभेल ११८२ मिटर, प्रोटक्सन वाल ४२ मिटर लागत रकम ३५ लाख ९० हजार ९ सय ५० रुपैयाँ ।
वडा १४
१४१ मिटर सडक पिसीसी, ४५० मिटर नाला निमार्ण, १३११ मिटर माटो, ग्राभेल ओम शान्ति मिथिला वाटिका भवन निमार्णका लागि लागत ६५ लाख ६३ हजार २ सय १२ रुपैयाँ ।
वडा १५
१४४ मिटर नाला निमार्ण, २६६७ मिटर माटो, ग्राभेल, मन्दिर निमार्ण, कम्पाउण्ड वाल निमार्ण, धर्मशाला निमार्णका लागि कुल लागत २८ लाख ७८ हजार ४ सय ५४ रुपैयाँ ।



वडा १६
२१७ मिटर सडक पिसीसी, १८५ मिटर नाला निमार्ण, ६२४ मिटर सडक निमार्ण कूल लागत ३३ लाख ९१ हजार ९ सय २६ रुपैयाँ ।
वडा १७
२३० मिटर पिसीसी, ५४४ मिटर नाला निमार्ण, ४०६७ मिटर सडक माटो तथा ग्राभेलिङ, ६९८ मिटर सडक मर्मत, सार्वजनिक दलान मर्मत कूल लागत १ करोड ६ लाख ४८ हजार ६ सय १४ रुपैयाँ ।
वडा १८
२५० मिटर सडक पिसीसी, ४०० मिटर नाला निमार्ण, ४६० मिटर सडक ग्राभेटिङ, पर्खाल ६७ मिटर, घाट मर्मत कूल लागत ३४ लाख १३ हजार ३१ रुपैयाँ ।
वडा १९
१७४ मिटर पिसीसी, १७१ मिटर नाला निमार्ण, ७०४ मिटर वाटो ग्राभेलिङ, ८ मिटर टेवा वाल निमार्ण कूल लागत २८ लाख ७९ हजार ५ सय ४५ रुपैयाँ ।



वडा २०
१२४ मिटर पिसीसी, ११४७ मिटर सडक माटो ग्राभेलिङ, पर्खाल निमार्ण १७३ मिटर कूल लागत ३६ लाख १ हजार ९ सय ३६ रुपैयाँ ।
वडा २१
३१२ मिटर नाला निमार्ण, १३३१ मिटर सडक माटो ग्राभेलिङ कूल लागत १९ लाख २३ हजार ४ सय ७८ रुपैयाँ ।
वडा २२
१६१ मिटर पिसीसी, ५७३ मिटर सडक ग्राभेल, दलान निमार्ण २ वटा, चापा कल १, कूल लागत ४१ लाख २४ हजार १ सय ९८ रुपैयाँ ।
वडा २३
२९५ मिटर पिसीसी, २८०० मिटर माटो, ग्राभेल, ४३५ मिटर सडक मर्मत, नदी सफाइ कामको लागि ५० लाख ४९ हजार ३ सय ५६ रुपैयाँ लागत खर्च ।
वडा २४
८८ मिटर सडक पिसीसी, ७९४ मिटर नाला निमार्ण, ९६० मिटर सडक माटो तथा ग्राभेल कूल लागत ४७ लाख ७३ हजार ८ सय ९७ रुपैयाँ ।
वडा २५
४०३ मिटर सडक माटो तथा ग्राभेल लागत ८ लाख ७५ हजार २ सय ४८ रुपैयाँ खर्च भएको छ ।



अन्य काम सडक पिसीसी १०२ मिटर, १०४ मिटर नाला निमार्ण, ७५७ मिटर सडक माटो तथा ग्राभेल, पर्खाल निमार्ण ११५ मिटर, जानकी मन्दिरको पर्खाल मर्मत, वगैचाँ निमार्ण, वसपार्कमा ग्राभेल, कार्यालय परिसरमा सौचालय निमार्ण, भवन मर्मतका लागि कूल लागत १ करोड ९९ हजार ७ सय ३९ रुपैयाँ लागत खर्च भएको छ ।

मिथिला साँस्कृतिक शहर निमार्ण अभियान



जनकपुरधाम उपमहानगरपालिकाले मिथिला साँस्कृतिक शहर निमार्णको अभियान नै सुरु गरेको छ । साँस्कृतिक नगरीका रुपमा परिचित जनकपुरधाम उपमहानगरले नगरभित्र मिथिला सँस्कृति झल्कने एकै किसिमका घर निमार्णमा जोड दिएको हो । उपमहानगरले २ प्रकारका स्थानीय सरकारको लोगो सहितका घरका डिजाइन स्वीकृत गरि सोही अनुसार घर निमार्ण गर्न नगरबासीलाई आब्हान समेत गरेको छ । उपमहानगरले तयार गरेको डिजाइन अनुसारको डिजाइनमा घर निमार्ण गर्नेलाई नक्सापासको दस्तुर समेत छुट दिने भएको छ ।उपमहानगरले तोकेको डिजाइनमा भवन निमार्ण गर्ने व्यक्तिले नक्सा परिवर्तन गर्दा लाग्ने दस्तुर पूर्ण छुट पाउने जनाएको छ । यस्तै, उपमहानगरको डिजाइनमा नयाँ नक्सा पास गर्दा लाग्ने शुल्कमा भने ५० प्रतिशत छुट दिने अभियान चलाएको हो ।



उपमहानगरका कर्मचारी दिपेश साहले नगरभित्र एकै प्रकारको भवन निमार्णले सौन्दर्यता वढ्ने भएकाले यस्तो अभियान सुरु भएको जनाउनुभयो । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान, सँस्कृति संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ उपमहानगरले मिथिला साँस्कृतिक शहर निमार्ण सुरु गरेको उहाँले बताउनुभयो ।उपमहानगरले अहिले यी डिजाइन तयारगरि नगरबासीलाई देखाइ सकेको छ । उपमहानगरले सबै नगरबासीलाई आफ्नो डिजाइन अनुसार घर भवन बनाउन र त्सको अग्र भागमा केशरिया रंग लगाउन पनि आग्रह गरेको छ । साँकृतिक नगरको संरक्षणमा जुटेको महानगरले यो अभियान सवैका लागि महत्वपूर्ण रहेको जनाएको छ ।

रंगपेंट बितरण तथा सरसफाइ

उपमहानगरपालिकको सडक छेउमा पर्ने घरहरुलाई एउटै कलर गर्ने उद्देश्यले उपमहानगरले रंगपेंट बितरण सुरु गरेको छ । उपमहानगरपालिकाले केही दिन अघि १५ जानले रंगपेंट चाहियो भनेर दिएको निबेदन अनुसार उपमहानगर पालिकाले रंगपेंट बितरण गरेको हो ।



उपमहानगरले जनकपुरधाम नगरलाई मिथिला साँस्कृतिक नगर वनाउने अभियान तिव्र रुपमा चलाइरहेको छ । सोही अभियान अनुसार नगरका सडक छेउका घरलाई एउटै डिजाइनमा घर निमार्ण तथा रंगरोकन गर्न सहयोग पनि गरिरहेको उपमहानगरकासचिवालय सदस्य दिपेश साहले जानकारी दिनु भयो ।





उहाँका अनुसार अहिले नगरका घरहरुले उपमहानगरको अभियानमा साथ सहयोग गरिरहेका छन् भने नगरले अघि सारेको योजनामा सहकार्य गरिरहेका छन् । उपमहानगरमा जननिर्वा्चित आएपछि नै मिथिला साँस्कृतिक शहर निमार्णको अभियान तिव्र रुपमा अघि वढाइएको जनाइएको छ ।



यस्तै, उपमहानगरले रामजानकी मन्रि लगायत नगरभित्र सरसफाई अभियान समेत नियमित रुपमा सञ्चालन गरिरहेको छ । उपमहानगरका उपसचिव प्रदिप साहका अनुसार नगरलाई सुन्दर र सफा वनाउने अभियान चलिरहेको छ ।

नागरिक अभिनन्दन



उपमहानगरले जनकपुरको विषेश भ्रमणमा आउनुभएका छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई केही महिना अघि नागरिक अभिनन्दन समेत गरेको छ । उपमहानगरका मेयर लालकिशोर साहले सो अभिनन्दन गर्नुभएको थियो ।




यस्तै, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आएको अवसर पारेर उहाँलाई पनि नागरिक अभिनन्दन गरेको छ ।

उपमहानगरको चालु आवको बजेट कती ?



उपमहानगरले समग्र नगरका लागि चालु आर्थिक बर्षमा २ अर्ब २६ करोड ४७ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । कूल विनियोजित मध्ये चालु तर्फ ४१ करोड ८६ लाख ८५ हजार अर्थात १८.४९ प्रतिशत र पूँजीगत तर्फ एक अर्ब ८४ करोड ६० लाख ७६ हजार अर्थात ८१.५१ प्रतिशत बजेट छ । यसमध्ये उपमहानगरको आन्तरिक स्रोतवाट राजश्वमार्फत ३२ करोड ७ लाख ८९ हजार, राजश्व वाँडफाँडवाट १६ करोड ५६ लाख ८३ हजार, संघीय सरकारको वित्तिय हस्तान्तरणवाट ७२ करोड ३१ लाख, प्रदेश सरकारको वित्तिय हस्तान्तरणवाट २ करोड ५८ लाख ३२ हजार, एकिकृत सहरी विकास आयोजनामा हुने विनियोजन ८० करोड, सडक वोर्डवाट १ करोड वजेट व्यवस्था हुने जनाइएको छ । यस्तै, गरिवसँग विश्वेश्वर कार्यक्रमको ४ लाख २९ हजार, युनिसेफको २७ लाख र अन्य क्षेत्रवाट २० करोड ९२ लाख २८ हजार रुपैयाँ वजेट व्यवस्था भएको उपमहानगरले जनाएको छ ।

यी हुन् बजेटमा प्राथमिकता

सडक, नाला, खानेपानी, लगायतका भौतिक पूर्वाधारको विकास गर्ने, शिक्षा स्वास्थ्य, सरसफाई लगायतको सामाजिक पूर्वाधार विकास गर्ने, ऐतिहासिक, धार्मिक एवं सास्कृतिक सम्पदाको संरक्षण सम्वद्र्धन तथा सौन्दर्यीकरण गरी आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उपमहानगरको प्राथमिकता हुन् । यस्तै, महिला, बालबालिका, दलित, अपाङ, मुस्लिम, अल्पसंख्यक एवं आर्थिक र सामाजिक रुपमा पिछडिएको वर्गको सामाजिक संरक्षण गर्ने र सिपमुलक तालिम तथा उद्यमशिलताको विकास मार्फत रोजनारी सृजना गर्ने कुरा जनकपुर उपमहानगरपालिकाले चालु आर्थिक बर्षको बजेटमा प्राथमिकताका रुपमा उल्लेख गरेको छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा महानगरको बजेट

नगरभित्रका प्रत्येक सामुदायीक विद्यालयलाई प्रतिश्पर्धाका आधारमा उक जना दलित छात्रालाई विद्यालय अवधभिर छात्रवृत्ति उपलब्ध गराउने गरि ‘मेयर दलित छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गर्ने । प्रारम्भिक वाल विकास शिक्षा, आधारभूत शिक्षा, अनौपचारिक शिक्षा, पाठ्य सामग्री तथा पाठ्य पुस्तक शैक्षिक पूर्वाधार लगायतमा उपमहानगरले ३३ करोड ८० लाख रुपैयाँ चालु आवमा विनियोजन गरेको छ । ५ बर्षभित्र नगरभित्र सवै किसिमका निरक्षता उन्मुलन गर्ने र यो अभियानकालागि १५ लाख चालु आवमा विनियोजन भएको छ । वालविकास केन्द्र सञ्चालन र व्यवस्थापनमा ५ लाख विनियोजन भएको छ ।स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य तथा सरसफाइ कार्यक्रम, प्रजनन् स्वास्थ्य, पोषण, औषधी, जनचेतना, पूर्वाधार, आर्युवेद लगायतका लागि उपमहानगरले चालु आवमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि ४ करोड २५ लाख, ल्याण्ड फिल्ड साइड व्यवस्थापनका लागि २ करोड रकम व्यवस्था गरेको छ । सामाजिक सुरक्षा खर्चका लागि २० करोड बजेट उपमहानगरले विनियोजन गरेको छ ।

सडक, पूर्वाधार, कृषि तथा पर्यटनमा उपमहानगरको बजेट



उपमहानगरले चालु आर्थिक बर्षमा २५ वटै वडामा वडास्तरिय योजना सञ्चालन गर्न १२ करोड ७५ लाख, नगरस्तरिय सडक तथा नाली निमार्ण, मर्मतका लागि ९ करोड, नगरभित्र राजमार्गमा सडक वत्ति जडान गर्न २ करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ । यस्तै, नगरका मूल चोकमा ओभर हेड व्रिज निमार्ण, नगर प्रवेश विन्दुमा शहिदद्वार निमार्ण गर्न एक करोड, सोलार वत्तिका लागि ६ करोड ५० लाख, एकिकृत शहरी विकास आयोजना अन्र्तगत सडक विस्तार आयोजना पुरा गर्न पारिस्पारिक कोष समेतका लागि ८२ करोड रुपैयाँ रकम चालु आवमा विनियोजन गरेको छ ।कृषि, पशुपालन तथा सहकारी क्षेत्रको विकासका लागि चालु आवमा उपमहानगरले ३६ लाख बजेट विनियोजन गरेको छ भने साँस्कृतिक सम्पदाको जर्गेना, खेलकुदको विकास लगायतमा पनि बजेट व्यवस्था गरेको जनाएको छ । यस्तै, उपमहानगरले चालु आवमै नगर प्रोफाइल तयार पार्दैछ । यसका लागि पनि २५ लाख बजेट राखेको जानकारी दिएको छ ।

नगरस्तरका योजना



उपमहानगरपालिकाले नगरस्तरवाट वडा नम्वर ६ को भवन निमार्णका लागि २५ लाख, वडा नम्वर ७ को भवन निमार्णका लागि ४० लाख वडानम्वर ८, १३ को महेन्द्र मिट हाउसदेखि कवर्डहलसम्मको मूल सडक अधुरो योजना सम्पन्न गर्न २० लाख लगायत विभिन्न सडक तथा सामाजिक क्षेत्रका लागि ३ करोड ४ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । यस्तै उपमहानगरको २५ वटा वडामा वडागत रुपमा पनि बजेट विनियोजन भएको छ ।

यस्तो छ वडागत योजना र बजेट





वडा १ र २ मा सडक पीसीसी ढलान, नाला निमार्ण तथा ग्राभेल सडक ३० लाख
वडा ४ मा सडक निमार्ण, पिसीसी, वाल निमार्ण, धर्मशाला निमार्ण, सडक छेउको नाला निमार्ण लगायतका कामका लागि ८१ लाख
वडा ७ मा सडक पीसीसी ढलान, नाला निमार्णका लागि ५८ लाखवडामा नम्वर ८ मा सडक, ढल नाला निमार्ण ३५ लाख ५० हजार
वडा ९ मा सडक पीसीसी तथा नाला निमार्ण २५ लाख
वडा १० र १२ मा नाला, पीसीसी सडक ३४ लाख ५० हजार
वडा १३, १४, १५ र १६ मा सडक, नाला निमार्ण ५० लाख
वडा १७ मा सडक, कल्भर्ट, सार्वजनिक भवन निमार्ण, कनकपट्टी स्वास्थ्य चौकी निमार्ण, कटरैत स्वास्थ्य चौकी मर्मत ४७ लाख
वडा १८, १९ र २१ सडक, नाला मर्मत, अस्पताल मर्मत लगायत ८० लाख
वडा २३, २४ र २५ मा रामजानकी हनुमान मन्दिर पर्खाल निमार्ण, वसपार्क जाने वाटो निमार्ण, घाटमा पर्खाल, वाटो ग्राभेल, कल्र्भट धार्मिक स्थलको मर्मत समेत ४४ लाख रुपैयाँ बजेट व्यवस्था गरेको उपमहानगरले जनाएको छ ।


वहुआयामिक आफ्नै भवन निमार्ण




उपमहानगरले अहिले वहुआयामिक खालको आफ्नै कार्यालय भवन निमार्ण गरिरहेको छ । उपमहानगरले आर्थिक बर्ष ०७२÷०७३ वाट सुरु गरेको भवन निमार्णको वाहिरी भागको निमार्ण कार्य करिव सकिएको छ । उपमहानगरको काम काजमा सहजताका लागि नयाँ भवन निमार्ण भइरहेको उपसचिव प्रदिप साहले वताउँनुभयो । अहिले उपमहानगरले आफ्नो पुरानै भवनवाट कामकाज गरिरहेको छ । भवन निमार्णपछि दैनिक काम काजमा पनि सहजता हुने जनाइएको छ ।

के छ त समस्या ?




जनकपुरधाम उपमहानगरमा जनप्रतिनिधि आएपछि थुप्रै खाले दिर्घकालिन, मध्यकालिन तथा अल्पकालिन योजनाहरु वनेका र काम समेत भइरहेको भएपनि अझै जनकपुरधाम उपमहानगर व्यस्थित गर्न भने चुनौती देखिएको छ । साँस्कृतिक नगरका रुपमा देश विदेशमा परिचित जनकपुरको विकासका लागि अझै पनि उपमहानगरले विषेश दिर्घकालिन योजना निमार्णमा समय खर्चनुपर्ने देखिएको हो ।

नगरबासी पनि नगरभित्र सडक, ढल, नाला, विजुली लगायतको पर्याप्तताका लागि उपमहानगरले उत्कृष्ट काम भने अझै गर्न नसकेको गुनासो गरेका छन् । उनीहरुले नगरलाई आफ्नै पहिचान सहितको उपमहानगर वनाउने अभियान हुँदा हुँदैपनि सरोकारवाला निकाय र स्थानीयबासीसँगको समन्वय कम रहेको उनीहरुको तर्क छ । त्यहाँ स्थापित अन्य राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा नगरलाई थप व्यवस्थित वनाउन सकिने हुँदा हुँदै पनि नगरको नेतृत्व एकतर्फी रुपमा अघि वढ्न खोजेको होकी भन्ने उनीहरुको वुझाइ छ । अझैपनि नगरमा भतकाइएका संरचनाको पुर्न निमार्ण र सफाइमा जनसहभागितापनि कम देखिएको र सवारी साधन व्यवस्थापनमा पनि उपमहानगरको ध्यान कम गएको देखिएको छ ।