मोनोरेल सञ्चालनका लागि निमार्ण कम्पनीसँग दुई महानगरको सम्झौता

८ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं, ४ पुस - उपत्यकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने बिषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं र ललिपुर महानगरपालिकाले चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) लाई डीपीआर तयार पार्ने जिम्मा दिनेगरि बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्झौता गरेका हुन् ।


बुधबार आयोजित कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र निमार्ण कम्पनी चाइना रेलवे २५ औं ब्युरो ग्रुप कम्पनीका अधिकारीले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरकी उपमेयर हरीप्रभा खड्गी श्रेष्ठ तथा ललितपुर महानगरकी उपमेयर गीता सत्याल लगायत महानगरका जनप्रतिनिधि र कर्मचारी समेतको उपस्थित रहेको थियो ।चक्रपथमा मोनोरेल निर्माण गर्न १ खर्ब १६ अर्ब लागत अनुमान गरिएको छ । दुई महानगरको सक्रियतामा चिनियाँ कम्पनीले यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न लागेको हो ।
चक्रपथमा ईपीसीएफ मोडलबाट सञ्चालन हुने भनिएको मोनोरेल दुई वा पाँच वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सञ्चालन निर्माण कम्पनीले नै गर्ने प्रस्ताव गरेको छ ।