चक्रपथमा मोनोरेल निर्माणको डीपीआर तयार गर्न चिनियाँ कम्पनीसँग सम्झौता हुँदै

७ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं ३ पुस - काठमाडौं र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएका छन् । दुई महानगरले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार पार्न यो सम्झौता गर्न लागेका हुन् ।
चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) लाई डीपीआर तयार पार्ने जिम्मा दिन लागिएको ललितपुर महानगरले जनाएको छ ।
महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा बुधबार हस्ताक्षर हुने जनाइएको छ । चक्रपथमा मोनोरेल निर्माण गर्न १ खर्ब १६ अर्ब लागत अनुमान छ ।
चक्रपथमा ईपीसीएफ मोडलबाट सञ्चालन हुने भनिएको मोनोरेल दुई वा पाँच वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सञ्चालन निर्माण कम्पनीले नै गर्ने प्रस्ताव गरेको छ ।