माईजोगमाई गाउँपालिका : गाडी, स्क्याभेटर, डोजर र ट्रिपर खरिदमा दुई करोड ५० लाख खर्च

६ महिना अगाडि ७६१ खबर डटकम

नयाँबजार, ३ पुस - इलामको माईजोगमाई गाउँपालिकाले दुई करोड ५० लाखका गाडी, स्क्याभेटर, डोजर र ट्रिपर खरिद गरेको छ ।
गाउँपालिकाले एक करोड १४ लाख ९७ हजार रुपैयाँको चेनसहितको स्क्याभेटर, ५९ लाख पाँच हजार ४६० रुपैयाँको स्कोरपियो जीप, ३८ लाख ९७ हजार रुपैयाँको डोजर र ३७ लाख पाँच हजार रुपैयाँको ट्रिपर खरिद गरेको हो । स्कोरपियो जीप एक हप्ताअघि नै गाउँपालिकामा आएर चलाउन थालिएको छ भने स्क्याभेटर र डोजर मेशिनको पूजाआजा गरिएको छ ।



गाउँपालिका प्रमुख जीतबहादुर राई, चार नम्बर वडाका वडाध्यक्ष गणेश राई, अन्य जनप्रतिनिधी तथा कर्मचारीले लामा, ब्राह्मण र धामीको विधिबाट मेशिनको पूजा गरेका छन् ।गाउँ कार्यपालिकाले ती मेशिनहरु प्रयोग गर्ने कार्यविधी बनाएर प्रयोग थालिने जनाइएको छ । स्कोरपियो जीप कार्यालयको कामका लागि जनप्रतिनिधी र कर्मचारीले प्रयोग गर्नेछन् भने स्क्याभेटर, डोजर र ट्रिपर गाउँपालिका क्षेत्रभित्र पूर्वाधार निर्माणमा प्रयोग गरिनेछ । अब पूर्वाधार निर्माणका लागि गाउँपालिकालाई धेरै सहज भएको प्रमुख राईको भनाई छ ।