महानगरभित्र सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था लागु

९ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं - काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा आइतबारवाट सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था लागु गरेको छ ।
एउटै स्थानमा लामो समय सवारी रोकेर राख्दा ट्राफिक जाम हुने भन्दै महानगरले यस्तो व्यवस्था लागू गरेको हो । महानगरपालिकाले पहिलो चरणमा टुडिखेल आशपासमा क्षेत्रमा यो व्यवस्था लागु गरेको छ भने केही समयपछि सवै वडामा लागु गर्ने जनाएको छ ।
महानगरका अनुसार पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एक सवारी साधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउने छन् । यो व्यवस्था लागु नगर्नेलाई महानगरले कारवाही गर्ने जनाएको छ ।