'जलवायु परिवर्तन सम्बन्धी साझा प्रतिबद्धता पत्र घोषणा गर्ने छौं'

११ महिना अगाडि दिनेश दुलाल

कृष्णगोपाल तामाङ (प्रमुख) जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक

यतिबेला जलवायु परिवर्तनले मानव जीवनमा पारेका गम्भिर असरहरुको सन्दर्भमा उक्त समस्या र असरउपर छलफल गर्न भन्दै देशभरका जिल्ला समन्वय प्रमुख सिन्धुपाल्चोको गुफा डाँडामा भेला हुने भएका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन सम्वन्धि राष्ट्रिय सम्मेलन गरेर जुन अवसर जुराउन लागेको छ । जसको दृघकालिन महत्वको सन्दर्भमा सिन्धुपाल्चोकलाई कति फाईदा होला भनेर ७६१ खबर डटकमका संवाददता दिनेश दुलालले । जिसस सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ गरिएको छोटो कुराकानीको सम्पादित अंश

जिसस सिन्धुपाल्चोकको अगुवाइमा आगामी पुस १५,१६ र १७ गते ७७ वटै जिल्लाका जिल्ला समन्वय प्रमुख भेला गराएर जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन गर्दै हुनुहन्छ कस्तो तयारी गर्दै हुनुहन्छ ?

यथार्त हो, सिन्धुपाल्चोक जिल्लाको एवं स्थानिय तहवाट निर्वाचित सिन्धुपाल्चोकको सम्पुर्ण जन प्रतिनिधिहरुको साझा अवधारण पनि हो । विगत केहि समय अगाडी जिल्लावाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुको विचमा छलफल भए मुताविक नै जिल्लाको साझा मुद्वालाई बोकेर हिँडेका हौं । यसकारण आवश्यक चिजहरुको तयारी हुँदैछ । टेन्ट, पार्किङ, सभा सेमिनर हलको देखि लिएर हामीले विषयगत रुपमा हामीले खास–खास साथीहरुलाई जिम्मा दिईसकेका छौं । जस्तोकी मेलम्ची नगरपालिकाले यहाँको जग्गा खार्ने तथा सम्याउने र बाटो सफा गर्ने काम गर्छ । नेपाली सेना तथा नेपाल प्रहरीले टेण्ट, सभाहल तथा सरसफाई गर्ने काम गर्छ । खानेपानी कार्यलयले खानेपानी र विद्युत प्राधिकरणले विद्युत जोड्ने काम गर्छ । त्यस्तै स्वागत गेट सम्बन्धित कार्यालयहरुले आ–आफ्नो ठाउँमा गर्नेछन् । यसकारण जस जसले जे कामको जिम्मेवारी लिनुभएको छ त्यो काम पुरा गर्न साथ लगभग हाम्रो तयारी पुरा हुन्छ भन्ने लाग्छ ।

समय त नजिकै आईसक्यो यति छोटो समयमा पूर्वाधारको काम कति दिनमा सक्नुहुन्छ ?

सेमिनार हल तथा स्टलहरु लगाएत पूर्वाधारको काम लगभग १२ सम्म सक्ने छौं । त्यसपछि १३ गते पत्रकार सम्मेलन गरेर अन्तिम तयारीको जानकारी गराउने छौं ।

जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असर उपर छलफल गर्ने भनियो त्यसैको लागि देशभरका जिल्ला समन्वय प्रमुख सिन्धुपाल्चोकमा भेला गराउँदै हुनुहुन्छ । यसको खास उद्देश्य केहो ?

जिल्ला समन्वय समिति कुनै कार्यकारी निकाय नभै समन्वयकारी निकाय भएकोले स्थानीय तहहरुलाई समन्वय गर्ने र पालिकाहरुको सन्तुलित विकासमा मद्दत समेत गर्ने भएको हुँदा जलवायू परिवर्तनको असर र प्रभावको बारेमा हरेक जिल्ला समन्वय समितिहरुले आफु माताहतको पालिकाहरुमा जलवायू परिवर्तनको अनुकुलनको योजना निर्माण गर्न सहजिकरण गर्ने र जिल्ला समन्वय समितिले आम सचेत नागरिकहरु एवं समुदायहरुको विचमा जसको बारेमा सचेतनाको कार्यक्रम समेत सञ्चालन गर्न सकिने हुँदा जिल्ला प्रमुख र उप प्रमुखहरुलाई नै मानसिक तयारी गर्नू पर्छ भन्ने लाग्छ । खास गरि सिन्धुपाल्चोकलाई मुलुकभरि सकरात्मक पहिचान दिउँ भन्ने हेतुले यो कार्यक्रम सिन्धुपाल्चोकमै गर्न खोजिएको हो ।

जलवायु परिवर्तन सम्मेलन सिन्धुपाल्चोकमा चाँही किन ?

वास्तवमा जलवायु परिवर्तन सम्बन्धी मुद्वा केवल जिल्ला र राष्ट्रको मात्र नभै सिङ्गो विश्वोकै समस्या हो । सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी परियोजना जस्ता परियाजना सञ्चालन भै रहेको हूँदा जलवायू परिवर्तनको असर र प्रभाव यस्ता परियोनामा समेत परेको छ र आगामी दिनमा पर्न सक्छ । त्यसकारण सिंगो राज्यको ध्यान सिन्धुपाल्चोकबाटै आकर्षण गर्नुपर्छ भन्ने हेतुले यस जिल्लालाई सम्मेलन आयोजना गर्ने जिल्लाको रुपमा रोजेका हौ ।

राष्ट्रिय गौरवका सबाल रहेको यो सम्मेलनबाट जलवायुका असरहरु न्युनिकरण गर्न छिमेकी दुई राष्ट्रहरको ध्यानआकृष्ट गराउन सम्भव होला त ?

अवश्य पनि हुन्छ । दुई जना धुम्रपान गर्ने ठुला मान्छेहरुको विचमा सानो मान्छे राखेर धुम्रपान गर्‍यौ भने सानो मान्छेको हालत के हुन्छ अनुमान गर्नुस? हो त्यही भएको छ हाम्रो देश नेपाल दुई ठुला देशहरुले सञ्चालन गरेको ठुला ठुला कलकारखानाहरुबाट उत्सर्जन हुने प्रदुर्षणहरुबाट हामी विछिप्त छौं जस्का कारण दुई ठुला मित्र राष्ट्रका महमहिम राजदुतहरुलाई समेत ध्यान आकर्षणको निम्ति सहभागी गराउने प्रयत्न र हाम्रो अभिलाषा हो ।

यहि विषयलाई लिएर आज भन्दा सात वर्ष अगाडि तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको पालमा काला पत्थरमा क्याविनेटको बैठक नै बसेर निर्णय भएको थियो त्यो त्यतिकै ओझेलमा पर्‍यो यो पनि त्यस्तै हुने त होईन ?

शंका आशंका गर्न पाईन्छ तर हामी परिणाममा विश्वास गर्ने भएको हुँदा त्यसो नहुन पनि सक्छ ।

यति ठूलो आयोजनामा खर्च त निकै हुने भयो होईन यसको व्यवसथा पन कसरी गरिदै छ ?

कार्यक्रम अनुसारको खर्च त भै नै हाल्छ सो कार्यक्रम सम्पन्न गर्नका निम्ति जलवायू परिवर्तनको परियोजना भएका विभिन्न संग संस्थाहरु जिल्ला स्थित निजि व्यवसायिकहरु उद्योगि र पालिकाहरु अनि सम्बन्धित विषयगत कार्यलयहरु लगाएत विभिन्न सहयोगी महनुभावहरुको आर्थिक, नैतिक तथा प्राविधिक सर सहयोग र सहकार्यबाट कार्यक्रम सम्पन्न गर्ने र सुन्दर व्यवस्थापन गरिदै एवं हुँदै छ ।

यहाँहरुले जलवायु सम्मेलन चाँही गुफा डाँडा नै गर्नुको उद्देश्य छ ?

जहाँबाट हिमाली दृश्यको पूर्णरुपमा अवलोकन गर्न सकिन्छ त्यस ठाउँलाई रोज्ने सैद्वान्तिक सहमति भए अनुसार यतिखेरको लागी मेलम्ची नगर पालिकाको वडा नं ९ गुफाडाँडालाई सामन्यतय प्रस्ताव गरिएको छ । त्यो ठाउँ नै मनमोहक र उपयुक्त ठानेका छौं ।

यस सम्मेलन कस्ता कस्ता व्यक्तिहरु सहभागि रहने छन् ?

७७ जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु सम्बन्धित मन्त्रालयका मन्त्रि ज्यूहरु, सम्पुर्ण प्रदेशका मुख्य मन्त्रिहरु सिन्धुपाल्चोकबाट निर्वाचित र मनोनित माननियहरु,पालिका प्रमुख र उपप्रमुखहरु, सहयोगि संस्था र सरोकारवाला निकाय, सम्बन्धित विषय विज्ञहरुको सहभागी हुने छ ।

सम्मेलनबाट जलवायु परिवर्तनका समस्या र असर रोक्ने सामूहिक प्रतिबद्धता सहितको सिन्धुपाल्चोक घोषणापत्र जारी गरिने योजना छ की छैन ?सिन्धुपाल्चोक घोषणापत्र जारी गर्ने मात्रै कुरा होइन राष्ट्रिय जलवायु परिवर्तको असर र प्रभावको अनुकुलनको साझा प्रतिबद्धता पत्र समेत घोषणा हुन सक्छ विभिन्न विषयगत विज्ञहरुको शिर्जनात्मक प्रतुति पनि हुनेछ ।

अरु केही छ कि ?

धन्यवाद प्रश्नको लागी कार्यक्रमको जानकारी दिने अवसर दिनु भो पुन: विशेष धन्यवाद यहाँलाई पनि ।

प्रस्तुती : दिनेश दुलाल