केन्द्र सरकारले पैसा पठाएनः बलेफी गाउँपालिका अध्यक्ष

१ वर्ष अगाडि

बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीसँग ७६१खबर डट कमका संवाददाता दिनेश दुलालले गाउँपालिकाका योजनालगायतका विषयमा गर्नुभएको कुराकानीको सम्पादित अंश-

बलेफी गाउँपालिका अध्यक्षको हौसियतले अहिले सम्म विकासका लागि के कस्ता कुरामा प्राथमिकता दिनु भएको छ ?

हाम्रो स्थानीय तहको पहिलो प्राथमिकतामा शिक्षालाई दिइएको हो । शिक्षाको समुन्नत विकास बिना भौतिक पूर्र्वाधारले मात्र दिगो विकास हुँदैन । त्यसैले हामीले पहिलो प्राथमिकता शिक्षालाई दिएका छौं ।

काम गर्ने जुन अपेक्षा गरेर यहाँ आउनु भएको थियो, ५ वर्षमा तपाईंले अघि सार्नुभएका योजनाहरु पूरा गर्न सहज/असहज कस्तो महसुस गर्नुभएको छ ?

हामीले परिवर्तनका कामहरुदेखि लिएर विकासका कामहरु गरेका छौं । पर्याप्त बजेट बिनाको काम हो, यसले गर्दा पूर्णरुपमा सन्तुष्ट लिने ठाउँ चाँही छैन । आगामी वर्ष पर्याप्त बजेट हुन्छ र हामी थप काम गर्छौं ।

संघीय सरकार र प्रदेश सरकारले तपाईंको स्थानीय तहका ठूला आयोजनाहरुलाई कत्तिको प्राथमिकतामा राखेको छ ?

अहिले संघको तर्फबाट कुनै योजनहरु चाँही छैनन् । प्रदेश सरकारले केही ठूला आयोजनाहरुलाई प्राथमिकतामा राखेको छ ।

यो गाउँपालिकाले गरिहाल्नुपर्ने काम के के छन् ?

युवाहरु बाहिर जाने गाउँका जग्गा बाँझो रहने एउटा यस्तो खालको समस्या आएको छ । यसलाई तत्काल व्यवस्थापन गर्नुपर्ने भएको छ । यहि छ तत्कालको काम ।

५ बर्षमा अरु केही महत्वकांक्षी योजना पनि छन् कि ?

छन् । कटुन्जेल–धुसकोटको बाटो छ यसलाई पिच गर्ने भनेका छौं र एउटा ठूलो सिमानखन खानेपानी आयोजना पनि छ । यसले ४÷५ वटा वडालाई प्रसस्त रुपमा पानी पुग्छ ।

बजेट खर्चको अवस्था कस्तो छ ?

बजेट खर्च राम्रो छ । योजनहरुको काम धमाधम भइरहेको छ ।

यो गाउँपालिकामा चुनौती र सम्भवनाहरु के के छन् ?

यो सानो गाउँपालिका पनि हो । विकासको हिसाबले एकातिर अरनिको राजमार्ग अर्कोतिर बलेफीथुन राजमार्ग बीचमा थुप्रै बाटा छन् । त्यसकारणले यसलाई थप विकसित बनाउने चुनौती छन् । हामीसँग दुइटा खोला छन् । जहाँबाट बिजुली उत्पादन गर्ने सम्भावना देखिन्छ ।

कर्मचारी संयन्त्रबाट सहयोग कत्तिको मिलेको छ ?

कर्मचारी संयन्त्रबाट राम्रो खालको सहयोग मिलेको छ । तर, प्राविधिक कर्मचारीको अभाव भने उत्तिकै छ ।

सेवा प्रवाहको अवस्था कस्तो छ ?

सेवाग्राहीलाई मेरो यो काम भएन भन्ने अवस्था सिर्जना गरेका छैनौं ।