काठमाडौं महानगरपालिकामा पहिलोपटक जनप्रतिनिधि भए प्रवक्ता, ईश्वरमानलाई जिम्मेवारी

९ महिना अगाडि ७६१खबर डट कम संवाददाता

काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रवक्ताको जिम्मेवारीमा हेरफेर भएको छ । कर्मचारीले सम्हाल्दै आएको प्रवक्ताको जिम्मेवारी अब जनप्रतिनिधिले पाउनुभएको छ ।

काठमाडौं महानगरपालिका स्रोतका अनुसार वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । सूचना–प्रविधि समितिका संयोजक समेत रहनु भएका डंगोल २०५४ सालमासमेत नेकपा एमालेको तर्फबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

महानगरपालिकाले यसअघि महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीलाई बिदा गरेको छ ।