जनकपुरधाम उपमहानगरको अभियान : मिथिला साँस्कृतिक शहर निमार्ण

९ महिना अगाडि किरण ढकाल

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले मिथिला साँस्कृतिक शहर निमार्णको अभियान नै सुरु गरेको छ । साँस्कृतिक नगरीका रुपमा परिचित जनकपुरधाम उपमहानगरले नगरभित्र मिथिला सँस्कृति झल्कने एकै किसिमका घर निमार्णमा जोड दिएको हो ।



उपमहानगरले २ प्रकारका स्थानीय सरकारको लोगो सहितका घरका डिजाइन स्वीकृत गरि सोही अनुसार घर निमार्ण गर्न नगरबासीलाई आब्हान समेत गरेको छ । उपमहानगरले तयार गरेको डिजाइन अनुसारको डिजाइनमा घर निमार्ण गर्नेलाई नक्सापासको दस्तुर समेत छुट दिने भएको छ ।



उपमहानगरले तोकेको डिजाइनमा भवन निमार्ण गर्ने व्यक्तिले नक्सा परिवर्तन गर्दा लाग्ने दस्तुर पूर्ण छुट पाउने जनाएको छ । यस्तै, उपमहानगरको डिजाइनमा नयाँ नक्सा पास गर्दा लाग्ने शुल्कमा भने ५० प्रतिशत छुट दिने अभियान चलाएको हो ।

उपमहानगरका कर्मचारी दिपेश साहले नगरभित्र एकै प्रकारको भवन निमार्णले सौन्दर्यता वढ्ने भएकाले यस्तो अभियान सुरु भएको जनाउनुभयो । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान, सँस्कृति संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ उपमहानगरले मिथिला साँस्कृतिक शहर निमार्ण सुरु गरेको उहाँले बताउनुभयो ।



उपमहानगरले अहिले यी डिजाइन तयारगरि नगरबासीलाई देखाइ सकेको छ । उपमहानगरले सबै नगरबासीलाई आफ्नो डिजाइन अनुसार घर भवन बनाउन र त्सको अग्र भागमा केशरिया रंग लगाउन पनि आग्रह गरेको छ । साँकृतिक नगरको संरक्षणमा जुटेको महानगरले यो अभियान सवैका लागि महत्वपूर्ण रहेको जनाएको छ ।