प्रदेश ३ को राजधानी हेटौंडा नै पक्का !

९ महिना अगाडि ७६१खबर डट कम संवाददाता

काठमाडौं– प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने पक्का भएको छ ।

साझा विवेकशील पार्टीबाट प्रतिनिधित्व गर्नु हुने शोभा शाक्यबाहेक सबै पार्टी नेतृत्वले हेटौंडामा सहमति जनाएका छन् । सबै दलको सहमति नभएकाले राजधानीको टुंगो भने मतदानबाट नै लगाइने भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सचिवालयमा आयोजना गरेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि आवश्यक प्रक्रियामा लैजाने सहमति भएको हो ।

स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले हेटौंडासहित, चितवन, काभ्रे, भक्तपुर र नुवाकोटलाई स्थायी राजधानीका लागि उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन प्रदेशसभामा पेश गरेको थियो।

सहमति नभएपछि नियमअनुसार पाँचवटै ठाउँका लागि निर्वाचन हुने जमकट्टेलले बताए।

सर्वदलीय बैठकमा सहभागी प्रदेशसभा प्रतिनिधित्व गर्ने साझा विवेकशील पार्टीबाहेक अन्य पार्टीका नेताले हेटौंडाको लागि सहमति जनाएको अध्ययन समितिका सभापति निरौलाले बताए।