प्रदेश नम्वर १ : वजेट कार्यान्वयन सुरु

१० महिना अगाडि ७६१ खबर डटकम

विराटनगर, १८ मंसिर -प्रदेश १ सरकारले चालु आर्थिक बर्षको वजेट कार्यान्वयको प्रक्रिया सुरु गरेको छ । प्रदेशमा चालु आर्थिक वर्षको वजेट कार्यन्वयनको लागि २ अर्ब रुपयाँ निकासा भएको जनाइएको छ ।
प्रदेशमा कोष तथा लेखा नियन्त्रण कार्यालय स्थापना भएपछि पहिलो चरणमा स्थानीय तहहरुले कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमका लागि आवश्यक वजेट निकासा भएको हो ।

यो प्रदेशमा सरकारले आर्थिक वर्ष ०७५/७६ को पहिलो चौमासिकमा एक प्रतिशत पनि वजेट खर्च गर्न सकेको थिएन । तर, दोस्रो चौमासिकको सुरुअवस्थामै करिव ६ प्रतिशत वजेट खर्च हुने गरि पठाइएको प्रदेश सरकारले जनाएको छ । सरकारले शसर्त अनुदान वापतको पहिलो किस्ता रकम १३७ स्थानीय तहबाट प्रस्ताव भइ आएका १९२ वटा योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि वजेट पठाएको हो ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको थियो ।