नाम र राजधानीको विषयमा उच्च तहमा टुंगो लागिसक्यो : मुख्यमन्त्री राई

८ महिना अगाडि ७६१ खबर डटकम

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानीको विषयमा उच्च तहमा टुंगो लागिसकेको बताउनुभएको छ । संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले नाम र राजधानीको विषय प्रदेशसभाबाट चाँडै अनुमोदन हुने जानकारी गराउनुभयो ।

त्यस्तै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्ने समय आएको भन्दै यो महिनाभित्रमा सरकार गठन गर्ने सोचाई बनाएको बताउनुभयो । कामको चापको हिसावले पनि धेरै विभागहरूसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो हुँदै गएको कारण मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रदेशको नाम र राजधानीको विषय माथिल्लो तहमा टुंगो लागिसकेको जानकारी दिँदै मुख्यमन्त्री राईले आउँदो हिउँदे अधिवेशनका क्रममा राजधानी र नामांकरणको विषय टुंगो लाग्ने बताए। हिउँदे अधिवेशन पुसको पहिलो हप्ता बस्न र त्यो भन्दा अगाडि संसदीय दलको बैठक पनि बस्ने र सहमतिमा नाम र राजधानीको विषय टुंग्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।