एशिया प्रशान्त शिखर सम्मेलनका पाहुनाद्वारा मंगलवजार अवलोकन

९ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं, १७ मंसिर - शनिबारदेखि काठमाडौंमा भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ मा सहभागी हुन आउनुभएका विदेशी पाहुनाद्वारा सोमबार ललितपुरको मंगलबजार दरवार अवलोकन भ्रमण गर्नुभएको छ ।
ललितपुर महानगरको समन्वय तथा व्यवस्थापनमा उहाँहरुले सो दरवारको अवलोकन गर्नुभएको हो ।
यो सम्मेलनमा भाग लिन म्यान्मारकी स्टेट काउन्सिलर आङसाङ सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोली, आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जी वास्ल लगायत आधा दर्जन मुलुकका राष्ट्ररसरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना नेपाल आउनुभएको थियो ।