साँस्कृतिक महानगर ललितपुरमा यस्तो छ विकास मोडल

७ महिना अगाडि किरण ढकाल

ललितपुर, १६ मंसिर – ललितपुर महानगरपालिका मुलुकका अन्य महानगरभन्दा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राचीन नगरका रुपमा परिचित छ । २०७३ चैत १० गतेवाट महानगर बनेको ललितपुर नेपालकै सबैभन्दा जेठो नगरपालिका समेत हो ।

मुलुक संघीय संरचनामा गएसँगै अहिले ७५३ वटा स्थानीय तह कायम भएका छन् । यी स्थानीय तहमा २० औं बर्षपछि जननिर्वाचित प्रतिनिधि आएसँगै विकासका कामले पनि तिव्रता पाइरहेका छन् । ललितपुर महानगरमा पनि करिव डेढ बर्ष अघि सम्पन्न निर्बाचनवाट चुनिएका जनप्रतिनिधिले लामो समयदेखि अवरुद्धजस्तै बनेको विकासको कामलाई योजनावद्ध गर्दै आफ्नो स्थानीय तहलाई अब्बल सावित गराउने काम गरिरहेका छन् ।



मुलुककै ऐतिहासिक एवं पुरानो नगर ललितपुर महानगरमा मेयर निर्वाचित भएसँगै चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालसहितको निर्वाचित टीम अहिले महानगरको समग्र विकास योजनालाई आफ्नो कार्यकाल भित्र सफल वनाउन लागिपरेको छ । मेयर र उपमेयरमा निर्वाचित हुनुपूर्व महर्जन र सत्यालले महानगरबासीसामु व्यक्त गर्नु भएको प्रतिवद्धता कामले नै देखाउन लागि परेको बताइरहनु भएको छ । महानगरका २९ वटै वडामा सहभागिता तथा समानुपातिक रुपमा विकासका योजना सञ्चालन गर्दै देशकै अब्बल महानगर बनाउन अहिले ललितपुरमा तिव्र रुपमा काम समेत भइरहेका छन् ।धार्मिक, साँस्कृतीक, पर्यटकीय एवं प्राचीन हिसावले महत्वपूर्ण महानगरमा त्यस्ता सम्पदाको संरक्षण, मर्मत तथा जिर्णोद्वारसँगै स्मार्ट सिटी निमार्णमा समेत तिव्र गतिमा काम भइरहेको छ । महानगरको आर्थिक, सामाजिक तथा साँस्कृतीक विकास र रुपान्तरणमै अहिले अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन हिसावका योजनाको काम भइरहेको महानगरले जनाएको छ ।

कस्ता काम हुदैछन् महानगरमा

ललितपुर महानगरमा जननिर्वाचित प्रतिनिधि आएसँगै भूकम्पवाट ध्वस्त भएका संरचनाको पूर्न निमार्णको कामले तिव्रता पाएको छ । महानगरकै पहलमा अमुर्त सम्पदालाई जर्गेना गर्ने कामको थालनी भएको छ । महानगरभित्र विभिन्न सडको निमार्ण, मर्मत तथा ट्राफिक व्यवस्था सुधार, सडकमा ट्राफिक लाइट राख्ने काम भइरहेको छ । यस्तै, महानगरभित्र स्मार्ट स्ट्रिट लाइट जडानको काम समेत करिव अन्तिम अवस्थामा पुगेको महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

पूर्वाधार विकासमा करोडौ लगानी



ललितपुर महानगरले पूर्वाधार विकास योजनामा करोडौ लगानी गरिरहेको छ । महानगरको पूर्वाधार निमार्ण महाखाशाका अनुसार यो बर्ष वागडोल वृद्धाश्रम भवन निमार्ण वडा नम्वर ४ मा करिव ५ करोड ५० लाखको योजना सञ्चालन भइरहेको छ । यस्तै, महानगरको परिसरभित्र रहेको अरनिको शालीक अगाडी पाटी निमार्ण गर्न करिव ५६ लाख ९१ हजार खर्च भएको छ । कार्यालय परिसर सुधार योजनामा एक करोड, खत्रीगाउदेखि मोलीफाट हुदै सिमासम्मको रिटेनिङ वाल लगाइ वाटो निमार्ण गर्न २६ लाख वजेट महानगरले व्यवस्था गरेको छ । यस्तै, चिवहालवाट अनलज्योती स्कुलसम्म वाल लगाउने वाटो निमार्ण ४९ लाख, धापाखेल तिनकुने पोखरीदेखि नागदहवाटो फराकिलो पार्न ८३ लाख, महानगरको २, ३, १२, १८, २१, २६ र २९ वडाको भवन निमार्णका लागि करिव २ करोड १० लाख, पार्क निमार्ण गर्न ५५ लाख लगानी महानगरले गर्दैछ । यस्तै, नेपाल विद्युत प्राधिकरणको सहकार्यमा कुपण्डोलदेखि लगनखेलसम्म दायाँवायाँ सडकवत्ति राख्न १ करोड र महानगरको विभिन्न स्थानमा ढल तथा मर्मतमा ९ करोड महानगरको लगानी हुदै छ ।

यस्तो छ ललितपुर महानगरको वजेट



महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि दोस्रो नगरसभाबाट पारित गरिएको वजेट ४ अर्व ६० करोड ७२ लाख ८७ हजार रुपैयाँको छ । यो वजेटमा पूँजीगत तर्फ ३ अर्ब २४ करोड २२ लाख ८७ हजार रुपैयाँ र चालु खर्चतर्फ एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।विनियोजित वजेटमा पूँजीगततर्फ नगरकार्यपालिकामा १३ करोड २० लाख, वडा समितिमा ३७ करोड ३० लाख र बिषयगत शाखामा २ अर्ब ७३ करोड ७२ लाख ८७ हजार रुपैयाँ बजेट छ । यस्तै, चालुतर्फको नगरकार्यपालिकामा एक अर्ब ३३ करोड ६० लाख र वडा समितिमा २ करोड ९० लाख वजेट विनियोजन भएको छ ।महानगरले विकास निमार्ण, सामाजिक सुरक्षा भत्ता लगायतमा पर्याप्त वजेट विनियोजन गरेको छ । महानगरपालिकाले १७ ओटा क्षेत्रलाई प्राथमिकता दिएको छ । महानगरको उच्च् प्राथमिकताको क्षेत्रमा सार्वजनिक सेवा प्रवाह, दिगो शहरी पूर्वाधार, सँस्कृति, पर्यटन, लैंगिक समानता, विषदिरहित करेसाबारी छन् । महानगरले वजेटमै शहरी सडकहरुको पिच गर्दा परामर्शदताबाट डिजाइन लिएर सुपर भिजन गर्दै गुणस्तर कायम गर्ने नीति लिइएको छ ।

महानगरलाई कहाँवाट कति वजेट व्यवस्था

संघीय तथा प्रदेश सरकार – ९२ करोड ७८ लाख ,आन्तरिक श्रोत – १ अर्ब ७७ करोड ४० लाख, बैदेशिक अनुदान – ८२ करोड १४ लाख ५० हजार, सडक बोर्ड – २ करोड, सामाजिक सुरक्षा भत्ता – ३० करोड, राजश्व बाँडफाड – १८ करोड ३४ लाख ३६ हजार, मौज्दात रकम – ३५ करोड, विविध शिर्षक – २२ करोड ९२ लाख

सडकमै करिव ५० करोड

महानगरपालिकाले सडकमा मात्र ५० करोड रकम खर्चने भएको छ । महानगरका अनुसार सडक स्तारेन्नतिमा यो सकम खर्च हुनेछ । करिव २८ किलोमिटर सडक पिच गर्ने योजना छ भने शहरी सडकहरु पिच हुदैछन् । भित्रि रकच्ची सडक मर्मत, ढल, खानेपानी लगायतको व्यवस्थापन, फोहर व्यवस्थापन, सडक पेटीमा वृक्ष रोपण जस्ता काम पनिसँगै हुनेछन् ।

कसिङ्गरमुक्त बनाउने महानगर अभियान



महानगरपालिकालाई कसिङ्गरमुक्त बन्ने अभियान पनि नगरको छ ।यो केही दिर्घकालिन योजना हो । नयाँ नेतृत्वले आफ्नो कार्यकालभित्र यो अभियान सफल वनाउने महानगरका प्रवक्ता राजु महर्जन वनाताउनुहुन्छ । यसका लागि आवश्यक अध्ययन पनि भइरहेको छ ।महानगरमा खासगरि, फोहर व्यवस्थापननै चुनौती रहेकाले पनि आवश्यक आधुनिक उपकरणको खरिद तथा व्यवस्थापन गर्दै यो अभियान पुरा गर्नेमा महानगर लागिपरेको महर्जनले बताउनुभयो ।

ट्राफिक जाममुक्त महानगर



उपत्यकाको अर्को ठूलो समस्याको रुपमा रहेको ट्राफिक जामलाई दिर्घकालिन रुपमा अन्त्य गर्न पनि महानगरले अहिले ट्राफिक जाममुक्त शहर घोषणा गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरको पहलमा ट्राफिक जाममुक्त शहर घोषणा गरिएको हो । महानगरमा निर्वाचित हुनु पूर्व मेयर चिरीबाबु महर्जनले यो अभियान चलाउने जनाउनुभएको थियो । अहिले उहाँले आफ्नो प्रतिवद्धता पुरा गरेको पनि बताउनुभएको छ । यो अभियानलाई शशक्त रुपमा लैजान र सफलता प्राप्त गर्न महानगरको पहलमा तीन ठाउँमा ट्राफिक लाइट र दुई ठाउँमा आकासे पुल निर्माण हुदैछ ।

महानगर र साझा यातायातवीच सहकार्य




ऐतिहासिक एवं प्राचिन महानगर ललितपुर र साझा यातायातबीच सार्वजनिक यातायातको भरपर्दो र व्यवस्थित सेवा प्रवाहमा सहकार्य पनि भएको छ । यो सहकार्यका लागि एक करोडको शेयर खरिद गर्दै महानगरले सहकार्यको गरेको हो । मेयर चिरीबाबु महर्जनले साझा यातायातसँगको सहकार्य सार्वजनिक यातायातको सेवा विस्तारको लागि महत्वपूर्ण रहेको बताउनुभयो । यो सहकार्यसँगै गत असोजदेखि साझा यातायातले ललितपुरको बुङ्गमतिदेखि जावलाखेल, काठमाडौंको रत्नपार्क, नारायणगोपाल चोक हुँदै बुढानिलकण्ठसम्म सेवा विस्तार गरिसकेको छ ।

मूर्त सम्पदाको पुर्ननिमार्ण



ललितपुर महानगरपालिका वडा ९ क्वय्लाछी च्यासल स्थित मूर्त सम्पदाको रुपमा रहेको ३ वटा ऐतिहासिक पाटीहरु लामपाटी, भौकिसिपाटी र होनबहाः पाटीको पुर्ननिमार्ण सहित महानगरपालिका का मेयर चिरीबाबु महर्जनबाट उद्घाटन सम्पन्न भएको छ । २०७५ कार्तिक २० गते समुद्घाटन भएको हो । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त यी सम्पदाहरु पुननिर्माण गर्न लाम्पाटीको लागी युनेस्को फोटो सर्कलबाट सहयोग प्राप्त भएको र भौकिसि फल्चा र होनबहाःपाटी ललितपुर महानगरपालिकाको सहयोगमा पुनः निर्माण भएको हो ।



आजीवन सुविधादेखि सम्मानसमेत



महानगरले संस्कृतीविद् तथा सताब्दीपुरुष सत्यमोहन जोशीलाई आजीवन सवारी, सुरक्षा र मोवाइल सुविधा प्रदान गरेको छ ।यस्तै, मेयरले खर्च गर्न पाउने बजेटवाट गत दशैंमा ७६ बर्ष पुगेका जेष्ठ नागरिकलाई दशैंमा ५ हजारका दरले भत्ता प्रदान गरेको छ । यसलाई बर्षैपिच्छे निरन्तर पाउने व्यवस्था गरेको मेयर महर्जनको भनाइ छ ।यस्तै, बाल दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाले पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम पनि गरेको छ । महानगरपालिकाद्वारा आयोजित ‘स्वच्छ, सफा र हराभरा महानगर निर्माणमा विद्यार्थी भूमिका’ विषयक निबन्ध प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

ए, वी र सी डिभिजन फुटवल टिमलाई सहयोग



महानगरले फुटबल खेललाई व्यवस्थित गर्न महानगरस्थित ए, वी र सी डिभिजन फुटबल टिमलाई प्रोत्साहन गर्दै नगरसभाको नीति अनुसार गत असोज २६ गते ए डिभिजनलाई वार्षिक ४ लाख, वी डिभिजनलाई बार्षिक ३ लाख र सी डिभिजनलाई वार्षिक २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । ११ वटा राष्ट्रिय फुटबल खेलमध्ये ७ वटामा जीत हासिल गर्ने थ्री स्टार क्लवलाई ४ लाखका दरले २८ लाख सहयोग गर्ने निर्णय गरेको छ । साथै ललितपुरका ए डिभिजन क्लवले राष्ट्रिय खेल जितेको खण्डमा ४ लाख सम्मान स्वरुप पुरस्कार दिने निर्णय गरेको प्रवक्ता महर्जनले बताउनुभयो ।

यस्तो छ मेयरको प्रतिवद्धता

ऐतिहासिक महानगर ललितपुरका मेयर चिरीबाबु महर्जन महानगरकै लागि नयाँ नाम होइन । महानगरको मेयर हुनु अगाडी नै उहाँ तत्कालिन ललितपुर उपमहानगरको ३ पटक वडाध्यक्ष भइ नगरका जनता र त्यहाँका समस्याका बिषयसँग परिचित हुनुहुन्छ । महानगरको आवश्यकता र विकासका लागि उहाँ जानकार व्यक्तिका रुपमा चिचिनुहुन्छ । तर, हिजो र आजका समस्या तथा चुनौती भने फरक भएका छन् ।



महानगरको मेयर भएपछि उहाँले थुप्रै प्रतिवद्धता जनाउनु समेत भएको थियो । अहिले पनि तीनै प्रतिवद्धता पुरा गर्नेमा मेयर महर्जन आफुलाई क्रियाशिल वनाइरहेको बताउँनुहुन्छ । ‘म महानगरको मेयर भएदेखिनै कसरी प्रभावकारी काम गर्ने भन्नेमा चिन्तित छु’, उहाँले भन्नुभयो, ‘तर, मेयरसँग खर्च गर्ने अधिकार, कर्मचारी भर्नाजस्ता समस्याले आफ्नै कामप्रति सन्तुष्ट छैन ।’त्यसो त महानगरका २९ वडामा पर्याप्त कर्मचारी नहुनु र समयमा कामको टेण्डर नलाग्ने समस्याले पनि कामप्रभावकारी हुन नसकेको उहाँको गुनासो छ । यद्यपी, समस्याकैवीचमा पनि स्मार्ट सिटी वनाउने, सडकवत्ति राख्नेजस्ता काम अहिले भइरहेको उहाँको तर्क छ । आफ्नो कार्यकालमा वनाएका योजना भने सम्पन्न गर्ने पनि उहाँको प्रतिवद्धता छ ।

विदेश भ्रमण महानगरका लागि –मेयर



मेयर महर्जनले आफ्नो विदेश भ्रमणका विषयमा वाहिर धेरै कुरा आएको भन्दै आफ्नो ध्यानाकर्षण समेत भएको बताउनुभएको छ । ‘मेरो विदेश भ्रमणलाई लिएर थुप्रै कुरा वाहिर आएका छन्,’ उहाँले भन्नुभयो, ‘तर वाहिर आएजस्तो म ११ मुलुक गएको पनि छैन, म ९ देश गए, त्यो पनि आफ्नै खर्चमा ।’ उहाँले विदेश भ्रमणका लागि महानगरको एक रुपैयाँ पनि खर्च नगरेको भन्दै महानगरलाई आर्थिक भार पर्ने भएकाले २५/२६ वटा मुलुकको भ्रमण रद्द गरेको बताउनुभयो । उहाँले आफ्नो भ्रमण महानगरका लागि महत्वपूर्ण उपलब्धि भएको भन्दै आगामी सन् २०१९ मा आयोजना हुने सिटी नेटको ३८ औं वैठक ललितपुरमा हुने बताउनुभयो ।