‘गाउँपालिकाको भवन नहुँदा अप्ठ्यारो भयो’

८ महिना अगाडि ७६१खबर डट कम संवाददाता

श्रवणकुमार जीसी

अध्यक्ष, सुनकोशी गाउँपालिका (सिन्धुपाल्चोक)

साविकको ६ वटा गा.बि.स ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी, पाग्रेंटार र थुम्पाखर समावेश गरी सिन्धुपाल्चोकमा सुनकोशी गाउँपालिका बनेको हो । यस गाउँपालिकाको वडासंख्या ७, क्षेत्रफल २३०.३६ वर्ग कि.मि छ भने जनसंख्या २०६८ को जनगणनाअनुसार १६७१३ छ । यस गाउँपालिकाको केन्द्र पाग्रेंटार हो । गाउँपालिकाको पहिलो प्रमुख निर्वाचित हुनुभएका श्रवणकुमार जीसीसँग ७६१ खवर डटकमले गरेको कुराकानीको सम्पादित अंश :

सुनकोशी गाउँपालिका अध्यक्षको हौसियतले अहिलेसम्म विकासका लागि के कस्ता कुरामा प्राथमिकता दिनु भएको छ ?

विशेष गरी शिक्षा, स्वास्थ्या, खानेपानी, खेलकुद, कृषि र सडक जस्ता कुरामा मैले प्राथकिता दिइएको छु ।

काम गर्ने जुन अपेक्षा गरेर यहाँ आउनु भएको थियो, ५ वर्षमा तपाईंले अघि सार्नुभएका योजनाहरु पूरा गर्न सहज र असहज कस्तो महसुस गर्नुभएको छ ?



मलाई चाहिँ सहज नै भएको छ । प्रदेश र संघबाट कानुन नबन्दा केही असहज भएको अवस्था छ ।

संघीय सरकार र प्रदेश सरकारले तपाईंको स्थानीय तहका ठूला आयोजनाहरुलाई कत्तिको प्राथमिकतामा राखेको छ ?

संघीय सरकारबाट यस सुनकोशी गाउँपालिकामा त्यस्तो कुनै खालको बजेट विनियोजन भएको थिएन । प्रदेश सरकारबाट चाहिँ डेढ करोड जतिको आयोजनाका लागि रकम विनियोजन भएको छ ।

कतिपय जनप्रतिनिधि सेवासुवाधको हिसावले विवादमा तानिएका छन् तपाईंले चाँही यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?

त्यस्तो थप सेवा सुविधा भनेर हामी लिएको छैन । तलब भत्ता बापत जे तोकिएको छ त्यो भन्दा बढि सेवा सुविधा लिइएको छैन । प्रदेशले तोकिदिएको सेवा सुविधा भन्दा बढि सुविधमा लिइएको छैन ।

तपाईंको स्थानीय तहमा गरिहाल्नुपर्ने काम के–के छन् ?

गाउँपालिकाको भवन नै छैन, जसले गर्दा एकदम असहज भएको छ । शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभुत आवश्यकता जनता सामू छिटो डेलिभर गर्नुपर्ने चुनौती हामीसँग छ ।

५ बर्षमा अरु केही महत्वाकांक्षी योजना पनि छन की ?

गाउँपालिकामा एउटा रंगशाला निर्माण गर्ने, ठोकर्पा र कालिकामा ज्यादै पानीको अभाव भएको हुनाले यसलाई एउटा लिफ्टिङ मार्फत पानी उपलब्ध गराउने तथा एउटा भ्यूटावर बनाउने हाम्रो महात्वाकांक्षी योजनाको हिसाबले हेरिएको छ ।

गाउँपालिकाको बजेटको अवस्था कस्तो छ ?

गाउँपालिकाको बजेटको अवस्था सीमित छ ।

जनताका आयआर्जनका लागि गरेका कामहरु के–के छन् ?

यहाँका आमा बुवा बढि कृषिमा आधरित भएको हुनले कृषिसँग सम्बन्धीत कामहरु हामीले गरेका छौं । जस अन्र्तगत बाख्रा पालान, माछा पालान, केराउ खेती, फलफुल खेती केही रकम छुट्याइएको छ । जनताका आयआर्जनका लागि कृषिलाई मुख्य स्रोत बनाइएको छ ।

यहाँका स्थानीयका चुनौती र सम्भावनाहरु बताइदिनुहोस् न ?

जनताले हामीलाई जनप्रतिधि बनाएर पठाइसकेपछि हामीबाट धेरै अपेक्षा गर्नुभएको छ । ती अपेक्षाहरु पूरा नभएसम्म हाम्रो लागि धेरै चुनौती रहन्छन् नै ।

स्थानीय तहले बढि कर उठायो भनेर मिडियामा अलि ब्यापक रुपमा आएको छ । तपाईंले यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?

मेरो गाउँपालिकामा लाग्ने सबै करहरु मिनाहा गरिएको छ । हामी हाम्रो लागि आएको होइन जनताको लागि आएको हो, यसलाई हामी मध्यनजर गरेको छौं ।

प्रस्तुतिः दिनेश दुलाल