सुर्खेतमा श्रम तथा रोजगार कार्यालय स्थापना

८ महिना अगाडि

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको छ ।

कार्यालयको बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उद्घाटन गरेका हुन् । कार्यालयमा १४ जनाको दरबन्दी छ ।

प्रदेशभर कार्यालयको कार्य क्षेत्र रहने छ । अहिले कार्यालयमा ३ जना अधिकृत, एकजना ईन्जिनियर, एकजना नायव सुब्बा र एकजना लेखापाल गरी ६ जना कर्मचारी खटाइएको छ ।